डिसेम्बर ५, अन्तर्राष्ट्रिय स्वयं सेवा दिवस । विगतकोे हाम्रो नारा हाम्रो साझा भविष्यका लागि स्वयं सेवा गरौं भन्ने थियो । संस्कृत शब्द स्वयंको अर्थ हुन्छ आफैं अर्थात् आफैंले गर्ने सेवा स्वयं सेवा, पर सेवा अर्काको सेवा, समाज सेवा, राष्ट्र सेवा जे भने पनि आफू खटेर गरिने अरूको सेवा हो । पूर्वीय धर्म, दर्शन, १८ पुराणको सार परोपकार पुण्याय पापाय परपीडनम् हो । सेवा नै धर्म हो, उपकार नै ईश्वर सेवा हो र त हाम्रा पुर्खाले भने : खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाई अरूलाई दिनु जहाँ छ । महाकविले भने— कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो । हाडहरूका सुन्दर खम्बा मांसपिण्डका दिबार, नसा नदीका तरल तरँग मन्दिर आफैं अपार ।
वेदलगायत शास्त्रकोे निचोड व्यासजीको मतमा परोपकार नै पुण्य हो । अंग्रेजी शब्द भोलिन्टियरबाट स्वयंसेवाको अर्थ लगाइएको मान्न सकिन्छ । सदाचारको गुण, आत्मीयता, सेवा भाव र कामलाई नै समाजसेवा वा सामाजिक सेवा भनिने हो । युगौंयुगदेखि मान्यता पाएको समाज सेवाले हाम्रो नेपालमा संस्थागत रूपमा २०२७ सालदेखि प्रवेश पाएको देखिन्छ, यद्यपि राणा शासनकालदेखि नै समाज सुधारका काम धेरै भएका हुन् विभिन्न गुठी, समुदाय, सामुहिक कार्य, भूकम्प, बाढी, पहिरो, आगलागीका घटनामा समूह, समुदायहरू सेवामा खटेका हुन् । भूक्षय, विपत्ति कार्यमा सरिक भएको पाइन्छ, जुद्ध बारुद नियन्त्रण भनौं दमकल, स्वास्थ्य सेवाका लागि वीर अस्पताल, प्रसूतिगृह, पछि संस्थागत रूपमा २०३४ सालमा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् संस्थाहरू खुलेका हुन् । मलाई चोट लाग्दा अरूलाई पनि दुख्छ भन्ने मान्यता बोकेर प्mलोरेन्स नाइटिंगलले गरेको सेवा, विश्वयुद्धका घाइतेहरूलाई पक्ष–विपक्ष नभनी रातभरि बत्ती बालेर घाइतेहरूको घाउमा मलमपट्टी लगाउने नाइटिंगलको सबैले खुलेर प्रशंसा गरेका छन् ।
नैतिकता र सदाचार नै जीवन जिउने असल कला हो । पथभ्रष्ट नेतृत्व वा समाजले सबैलाई खाल्डोमा हाल्छ । राजनीतिकर्मीहरू इमानदार भएनन् भने समाज विकृत बन्छ, कानुनले मात्रै त्यसलाई नियन्त्रण गर्न सकिन्न, व्यक्ति व्यक्तिलाई प्रहरी लगाएर सम्भव हुन्न । समाज सभ्य भएमा राज्यले ठूलो खर्च अपराध नियन्त्रणमा गर्नु पर्दैन, त्यो खर्च विकास, निर्माणमा लगाउन सकिन्छ, नागरिकमाथि ढाडै सेक्ने गरी कर उठाउनु पनि पर्दैन, अनियन्त्रित बजार पनि हुन्न । नेतृत्वले सत्ताको दाउपेच मात्रै होइन सामाजिक हुनु जरुरी छ । छाडा छोडेको साँढे र बेलगामका अगुवाहरू भएपछि देशमा रोदन सुरु हुन्छ, देशले अभिभावक नपाएको महसुस गर्छ, भीडले सत्ता ढाल्न मात्र सक्छ, बाँकी काम गर्न ब्रेन नै चाहिन्छ, विज्ञता नै चाहिन्छ ।
प्रकट गर्दा पाप घट्छ, प्रकट गर्दा धर्म पनि घट्छ, पाप भन्नु प्रदूषण हो, तन, धन र मनको प्रदूषणले व्यक्ति समाज र पूरै देश कंगाल हुन्छ । आचरणलाई त्याग गर्ने, कोरा तर्क मात्र गर्ने, देश निन्दक, देव निन्दकलाई नराधम भनिन्छ, अधमले गरेको काम कुनै पनि राम्रो हुन्न । देश, मातृभूमि, माता, पिता, वंश, गुरु, मठ, मन्दिरको निन्दा गर्नेलाई स्वयं वेदले पनि चोख्याउन सक्तैन । यज्ञबाट वातावरणअनुकूल हुन्छ, समयानुसार आकाशमा बादल जम्मा भई सन्तुलित वर्षा हुन्छ, अतिवृष्टि, अनावृष्टिले समाज मात्रै होइन देशै सखाप हुन्छ । भूmटको खेती गर्दै महात्मा बन्ने, जे पनि खाने, बेहोसी भई दुव्र्यसनमा लाग्नेको न मुख चोखो हुन्छ, न उसको बोली शुद्ध हुन्छ न उसले गरेका कामको परिणाम दिगो र सकारात्मक नै ! लडाइँ, झगडा, चुक्ली, ब्याजखोर, अर्काको सम्पत्तिमा आँखा गाड्ने, लाज हराएको, हिंस्रक राक्षसी प्रवृत्तिको मानिसबाट समाज सुधार हुन्न । लोभी र पापीको धन प्रयोग गर्दा पनि, उसको संगत गर्दा पनि लक्ष्मी प्रसन्न हुन्नन् । लक्ष्मीको बास भनेको हातको ठेलामा, मिहिनेत, पसिना र परिश्रममा हुन्छ । धन दुई प्रकारको हुन्छ, लक्ष्मी र अलक्ष्मी । गाईको गोबरले लिप्नु र लक्ष्मी पूजामा गाईको गोबर प्रयोग त्यसैले गरिएको हो । गाईका अंग अंगमा ३३ कोटी देवता बसेका हुन्छन्, त्यसैले गोहत्या ठूलो अपराध भनिएको हो । गाई, गीता, गंगाको अपमान भनेको मानिसको आप्mनै अपमान हो । गोसेवा र कृषि सेवा हुन्जेल मलको अभाव थिएन, भकारीभरि धान हुन्थ्यो, आजको जस्तो डोजरे विकास नहुँदा यत्राविधि प्राकृतिक प्रकोप खेप्नु पनि परेको थिएन ।
उद्यम, वाणिज्य, आपूर्ति, असल व्यापार, व्यवसाय, शिक्षण कुनै पनि सेवाबाट असल सेवक बन्न सकिन्छ, राष्ट्रको सेवा गर्न सकिन्छ, समाज सुधारक बन्न सकिन्छ । परोपकार दिवसको सार्थकता यही हो । राजनीतिलाई सेवाको रूपमा हेरिनुपर्छ, व्यापार वा नाफामूलक व्यवसायमा होइन
संस्कारले हीन भएको, गायत्री, दीक्षामन्त्रको उपासना नगर्ने, आप्mनो मन्त्र सिद्धि गर्न नसक्नेले गरेको समाज सेवा निरर्थक हुन्छ । ढुंगा वा मूर्तिमा देवता मान्छेले बनाउने हो, त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले उसको दिमागले सिर्जना गरेको विज्ञानको दुरुपयोग गर्नु हुन्न, विज्ञान ज्ञानको उपज हो, विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो, त्यसैले व्यक्ति सबै आस्तिक हुन जरुरी छ, आस्तिक हुँदैमा सधैं मन्दिर जानुपर्ने होइन, शरीर नै मन्दिर हो, यसभित्र रहेको आत्मा–परमात्माको निराकार रूप हो, यो रूप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ, त्यसैले सकेसम्म मांसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नू भनिएको हो, यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले आप्mनो गति छोड्न थाल्छ, बेहोसी भई । रोषपूर्वक अरूलाई दिइएको वस्तुले परिणाम राम्रो दिँदैन, देव सम्पत्ति हडप गर्ने, स्त्रीको धनमा आशक्ति देखाउने, अरूलाई दिइएकामा बखान र पछुतो गर्ने, चोरीको धन अरूलाई दिने, मठ, मन्दिरमा लगाउने, पतितको हातको अन्न खाने, दम्भले धनार्जन गर्ने, अर्काको मन दुखाएर आर्जन गर्ने, शोषण गर्ने, वेदको बिक्री गर्ने, अरूलाई निन्दा र अपमान गर्नेको हात कहिल्यै पवित्र हुँदैन । भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन् । दूषित योनिबाट जन्मेको, विवाह नगरी कन्याबाट जन्मिएको व्यक्ति समाजसुधारक हुन सक्दैन । वीर्य शुद्ध नभई व्यक्ति शुद्ध हुन्न, माटाको घडामा मदिरा हालेपछि दूधले धोएर शुद्ध हुन्न ।
वीर्यले आत्मा बन्ने हो, धर्मको पालन गर्दा आयु, तेज, बल, यश, कीर्ति बढ्छ, कीर्तिमान व्यक्तिले नै समाजको सुधार गर्न सक्छ, बाटो देखाउन आपूm प्रज्ञावान् हुनु जरुरी छ, आपैंm पथभ्रष्ट, हत्यारा, देशद्रोही छ भने देशको सुधार गर्छु भन्नु नाटक मात्र हुन्छ, रंगकर्मीहरूले एकछिन मन्चमा नाटक देखाउँछन्, नाटक मन्चनपछिको चित्र अर्कै हुन्छ, ग्लिसिरिन राखेर आँखामा आँसु देखाएजस्तो वा गोहीको आँसुजस्तै हुन्छ । भूमण्डलका देवता अरू कोही होइनन्, मान्छे नै हुन् जो उपकारी, परोपकारी छ, स्वआचरणबाट जो टाढा छैन, नित्य प्रणव मन्त्र गायत्री जप्छ, सन्ध्या वन्दन गर्छ, देव पितृहरूलाई बिर्संदैन, समाजलाई माया गर्छ उही देवता हो, मृत्युपछिको स्वर्ग कल्पना मात्रै हो, यो धर्तीमा जीवित अवस्थामै स्वर्ग नपाउनेले मृत्युपछि स्वर्ग पाउँदैन । बोलीको संयमता, आचरणले सज्जित व्यक्तिको समाज नै स्वर्ग हो, जहाँ हिंसा हुन्न, मांस भक्षण हुन्न, मदिरा पान हुन्न, चोरी, उपद्रव हुन्न, समाजमा रहेका हर मानव र धर्तीमा रहेका हर जीवको मान्यता हुन्छ, त्यो स्वर्ग हो । अतिथिको सेवा, अरूलाई दिएर आपूm खाने, सन्तोषी व्यक्ति नै समाजको अगुवा हुन्छ ।
मनपरि ढंगले राज्यको स्रोत उडाउने व्यक्ति तेज हीन हुन्छ, नागरिकको श्राप लाग्छ, त्यस्तै अशुद्ध व्यक्तिको हातको अन्न खाने व्यक्तिको आयु क्षीण हुन्छ, यशको नाश हुन्छ, कुलको इज्जत बेच्ने, छोराछोरीको,, देशको अस्मिता लुटाउने नेतृत्वको, व्यभिचारी, हत्याराले दिएको खाने व्यक्ति पनि पतित हुन्छ, उसले गरेको कर्म शुभ हुन्न । अञ्जानमा खाइएको रहेछ भने उपवासबाट चोखिनुपर्छ । पानी, अनाज, वस्त्र, दैनिक उपभोगका यावत् सरसामग्री बिक्री गर्ने उद्यमी, व्यापारीले निश्चित रकमबाहेक नाफा नलिई गरेको बजार, व्यापारबाट कुवेर खुसी भई उसलाई धनको वर्षा गरिदिन्छन् । यो नियम सबै राष्ट्र सेवा क्षेत्र, कानुन, सञ्चार, शिक्षण, बैंकिङ, पर्यटन हरेक क्षेत्रमा लागू हुन्छ, कारण विकासका आधारशिला यी सबै क्षेत्र अथर्व वेदका उपज हुन्, संगीत क्षेत्र सामवेद हो । आपूर्ति क्षेत्रमा काम गर्नेको मन तृप्त हुन्छ, यसरी समाज सेवा गर्नेेलाई अक्षय सुख प्राप्त हुन्छ । निर्माण सामग्री सबै किसिमका फलाम, सुन आदि धातुबाट अरूको सेवा गर्ने व्यक्ति दीर्घायु हुन्छ, कारण सबै धातु शिवको वीर्य हो । धनबाट अरूको सेवा गर्नेले यौवन अवस्थामै त्यसको पुण्य प्रतिफल पाउँछ । भोजन गर्दा कसैको निन्दा गर्नु हुन्न, अन्नमा दोष देख्नु हुन्न । जलले खानाको प्रदक्षिणा गरेर केही अंश चढाएर मात्रै भोजन सुरु गर्नुपर्छ । अन्त्यमा एक गाँस छोड्नुपर्छ, अन्न प्राण हो, पञ्च प्राण भनिन्छ यसलाई ।
खाँदाखाँदै छोडेको खाना फेरि खानु हुन्न, खाना खाइसकेपछि उठेर पानी पिउनु हुन्न । पति पत्नी भए पनि एउटै थालमा एकै पटक खाना खानु हुन्न । पिएर बाँकी भएको पानी फेरि पिउनु हुन्न, कहिले धेरै बढी, कहिले धेरै कम खाने, सन्तुलित आहार विहार नगर्ने, रजस्वला, पतित, कुकुर स्पर्शको खाना खाने, आफ्नो जुठो अरूलाई दिने, मुखले फुकेर चिसो पारेको खाना खाने, लात्ती लागेका अनि खाँदै छोड्दै गरेको खाना खाने व्यक्तिले गरेको समाजसुधार निरर्थक हुन्छ । अरूको निन्दा गर्नु हुन्न, भूmट बोल्नाले आपूmले पहिले गरेको यज्ञ वा शुभ कर्मको फल क्षीण हुन्छ । खाप्mनो बखान आफै गर्ने, घमन्ड गर्नेकोे पनि पुण्य नाश हुन्छ । विद्यादान अझ श्रेष्ठ दान हो, सकेसम्म विद्या बढाउनुपर्छ, यो जति अरूलाई दियो त्यति नै बढ्छ, विद्याले विनयी बनाउँछ, विनयीले सबै सफलता पाउँछ, समाजको अगुवा पनि हुन सक्छ । खुलेर उद्यम, वाणिज्य, आपूर्ति, असल व्यापार, व्यवसाय, शिक्षण कुनै पनि सेवाबाट असल सेवक बन्न सकिन्छ, राष्ट्रको सेवा गर्न सकिन्छ, समाजसुधारक बन्न सकिन्छ । परोपकार दिवसको सार्थकता यही हो । राजनीतिलाई सेवाको रूपमा हेरिनुपर्छ, व्यापार वा नाफामूलक व्यवसायमा होइन ।
(Visited 2 times, 1 visits today)