४ चैत, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् ।
यो निर्णयसँगै थापाले करिब ८० हजार फौजको कमान्ड गर्नेछन् । देशको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी उनको काँधमा आइपुगेको छ ।
प्रहरीको ३१औं आईजी बनेका थापाको प्रहरी भर्ती निकै रोचक छ । ८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापाले २०४३ सालमा १६ वर्षको उमेर एसएलसी उत्तिर्ण गरेका थिए । भक्तपुरबाटै उनले २०४६ सालमा आईए उत्तीर्ण गरे । आईए उत्तीर्ण हुँदा उनी भक्तपुर क्याम्पस टपर हुन् । २०४६ सालको आन्दोलनले यो वर्ष उनको पढाइ प्रभावित भयो । २०४९ सालमा बीए उत्तीर्ण हुँदा पनि उनले क्याम्पस टप गरे ।
बीए उत्तीर्ण गरिसकेपछि थापाले निमाविको स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि उनले कन्या मावि भक्तपुरमा गणित विषय पढाए ।
भक्तपुरमा पहिल्यैदेखि आर्मी–प्रहरीमा भर्ति हुने कल्चर थियो । त्यतिबेला भक्तपुरका शम्भु थापा क्षेत्री प्रहरीको डीआईजीमै थिए । त्यतिबेला डीआईजी शम्भुकै छोरा शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की, सहकुल थापा लगायत इन्स्पेक्टरमा भर्ती भएका थिए ।
दिपक थापाकै समकक्षी नमस कार्कीले उनीहरुसँगै इन्स्पेक्टरको परीक्षा दिए पनि उत्तीर्ण हुन सकेनन् । उनै कार्कीले इन्स्पेक्टर खुलेको छ, फर्म भर्नुपर्छ भन्दै थापालाई सुझाए । १० मंसिर २०५० सालमा इन्स्पेक्टरको फर्म खुलेको थियो । थापाले फर्म भरे । त्यही समयमा उनले लोकसेवाको समेत जाँच दिएका थिए । उनी सम्झन्छन्, ‘अधिकृतको सामाजिक विषयको जाँच दिएको थिएँ ।’
लोकसेवाको एउटा जाँच दिइसकेको, इन्स्पेक्टरको फर्म भरिसकेको अवस्थामा थापाको बिहेको कुरा चल्यो । बीए पास भएको, शिक्षकको स्थायी जागिर पनि भएको घरको जेठोबाठो छोरो, उनी बिहेका लागि तयार भए । बिहेको लगन जुर्यो फानगुको २२ गते ।
यो बीचमा थापासँगै फर्म भरेका ७३० जना आईक्यू र जीकेमा पास भइसकेका थिए । लिखित परीक्षाको मिति तोकियो २१, २२ र २३ फागुन २०५० मा ।
थापाको बिहे र इन्स्पेक्टरको परीक्षा जुध्यो । अब बिहे गर्ने कि, लोकसेवाको जाँच दिने कि, इन्स्पेक्टरको परीक्षा दिने, अन्योल पर्यो ।
‘बिहे सारौं, एकै पटक जेठमा लगन छ । जेठो छोरो, जेठमा बिहे गर्न मिलेन । जेठमा नहुने भएपछि मंसिरमा मात्रै लगन छ,’ थापा त्यतिबेलाको परिस्थिति स्मरण गर्छन्, ‘मंसिरसम्म झण्डै एक वर्ष नकुर्ने निधो भयो । अनि, इन्स्पेक्टरको परीक्षा हापेँ ।’
मामा नाता पर्नेले घरमा टेलिफोन गर्दै भान्जाको इन्स्पेक्टरमा नाम निस्केको सुनाए । मोटरसाइकल कुदाउँदै सूचना हेर्न थापा नक्साल हेडक्वार्टरको पुगे । १ सय जनाको अन्तिम सूचीमध्ये ५५औं नम्बरमा थिए, अहिलेका आईजी दिपक थापा ।
हुनेवाला ससुराली पक्षबाट पनि शिक्षक राम्रै हो भनेपछि लोकसेवादेखि इन्स्पेक्टर माया मारेर उनी बिहेमा जुटे । सूर्यविनायकका थापाको जक्सन सूर्यविनायक चोक थियो । उनलाई इन्स्पेक्टरको फर्म भर्न सुझाउने नमस दाइ भेटिए सूर्यविनायकमा ।
‘बिहे त सकियो होला ? कता हो, के हो ? जाँच त सर्यो नि,’ नमसले थापालाई भने ।
बिहे गरेर जाँच छुटाएकाले जिस्क्याएको होला जस्तो उनलाई लाग्यो ।
‘मैले नपत्याएपछि उहाँले पर्सबाट सूचना निकालेर पढेर सुनाउनुभयो । विशेष कारणवश फागुनको २१, २२, २३ मा हुने परीक्षा चैतको ३, ४ र ५ का लागि सरेछ । त्यसपछि पढ्न सुरु गरियो । पछि नाम नै निस्कियो,’ थापा स्मरण गर्छन् ।
उनलाई इन्स्पेक्टरको फर्म भर्नदेखि परीक्षाको सेड्युलसम्म दिने नमस भने अनुत्तीर्ण भए । उनी अहिले वरिष्ठ अधिवक्ता छन् ।
२०५१ असारतिर लिखितको नतिजा प्रकाशित भयो । लिखित परीक्षामा १५३ जना पास भए । त्यतिबेला लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै बाधापार परीक्षा हुन्थ्यो । बाधापारपछि अन्तर्वार्तासम्म पुग्दा १३५ जना उत्तीर्ण भए । त्यसपछि १ सय जनाको अन्तिम सूची ५ मंसिर २०५१ मा सार्वजनिक भयो ।
मामा नाता पर्नेले घरमा टेलिफोन गर्दै भान्जाको नाम निस्केको सुनाए । त्यसपछि मोटरसाइकल कुदाउँदै सूचना हेर्न थापा नक्साल हेडक्वार्टरको पुगे । १ सय जनाको अन्तिम सूचीमध्ये ५५औं नम्बरमा थिए, अहिलेका आईजी दिपक थापा ।
सूचनामा लेखिएको थियो, १ देखि ६० सम्म पहिलो लट, ६१ देखि १०० सम्मा दोस्रो लटमा तालिम गराइने । पहिलो समूहमा उत्र्तीण हुनेहरुलाई २ माघ २०५१ सम्पर्क हुन आउनु भनिएको थियो । स्थायी जागिर वा नियुक्ति भए राजीनामा गरेर मात्रै जानुपर्ने थियो ।
इन्स्पेक्टरको तालिममा सहभागी हुने निश्चित गरेर थापाले कन्या माविको स्थायी शिक्षकको जागिरबाट राजीनामा दिए । तर माघ सकियो, फागुन सकियो, भर्ना लिइएन । ५ चैत २०५१ मा आएर १ देखि ५३ नम्बरसम्मलाई भर्ना लिइयो । विशेष कोटा भनेर गुप्तचरबाट आएका दुई जना गरी ५५ जनालाई तालिममा पठाइयो । तर ५५औं नम्बरमा रहेका थापा छुटे ।
अहिले अवकाशमा गएका आईजी बसन्तबहादुर कुँवरसँगै सिटरोल भरेका थापाको शिक्षकको जागिर पनि गुम्यो । न यता इन्स्पेक्टरमा लियो । यो समय थापालाई निकै छटपटी भयो ।
‘अघिसम्म यो जागिर खाउँ कि त्यो खाउँ भन्ने थियो । एकाएक केही पनि छैन । तनाव त हुने भइहाल्यो,’ थापा सुनाउँछन् ।
यहीबीचमा आफूले पढाएको विद्यालयका प्रधानाध्यापकसँग उनको भेट भयो । ‘तपाईं त इन्स्पेक्टर भएर जानुभएको हैन, फेरि किन यता घुमिराख्नुभएको छ ?,’ हेडमास्टरको स्वभाविक प्रश्न थापामाथि तेर्सियो ।
उनले घटनाबारे बेलिबिस्तार लगाए ।
थापाले फिल्डदेखि नीति निर्माण तहसम्म बसेर काम गरेका छन् । गृह प्रशासन सुधार कार्ययोजना र नेपाल प्रहरीको कार्ययोजना अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न रिफ्रेस सेन्टरको स्थानमा उनको भूमिका मुख्य थियो ।
‘त्यसो भए तपाईंकै पद खाली छ । म नियुक्ति दिलाउँछु, पढाउन आउनूस्,’ हेडमास्टरको यो प्रस्तावमा थापाले सहमति जनाए ।
‘निमावि स्थायी शिक्षक दिपक थापाले राजीनामा दिई रिक्त पदमा तपाईं फलानाको नाति, फलानाका छोरा दिपक थापालाई अस्थायी निमावि शिक्षकका रुपमा नियुक्त गरिएको छ,’ भन्ने ब्यहोराको नियुक्तपत्र थापाले बुझे ।
आफैंले राजीनामा दिएको पदमा फेरि आफैं अस्थायी नियुक्ति भएको यो पत्र अहिले पनि आफ्नो दराजमा सुरक्षित रहेको उनी बताउँछन् ।
बिहान स्नाकोत्तकर पढ्न जाने, दिउँसो स्कुल पढाउने क्रम चल्दै थियो । भीम ढकाल (हाल एआईजीबाट अवकाश थापाका ब्याची)ले १९ भदौ २०५१ मा स्कुलमा फोन गरेर मन्त्रिपरिषद्बाट निर्णय भएकाले भोलि नियुक्त बुझ्न आउनू भनेर खबर गरे ।
भक्तपुरबाट ट्रली बस चढेर गृह मन्त्रालय पुगी उनले २० भदौमा नियुक्ति बुझे । थापासँगै अहिलेका एआईजी सुदीप गिरी, टेकबहादुर तामाङ र भीम ढकालले त्यतिबेला नियुक्तपत्र बुझेका थिए । त्यसको तीन दिनपछि उनीहरु तालिममा खटिए ।
१८ महिना इन्स्पेक्टरको बेसिक तालिम सकेपछि थापाले इन्स्पेक्टर दर्जामै विभिन्न ठाउँको कमान्ड सम्हाले । इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको प्रमुख भएर काम गरे ।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा पनि थापाले इन्चार्ज भएर काम गरे । इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
इन्स्पेक्टरमै रहँदा उनी सुडान मिसन गएका थिए । त्यसपछि डीएसपीमा बढुवा भएका थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड सम्हालेका थिए ।
प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगञ्जको प्रमुख भएर पनि उनले काम गरेका छन् । महाराजगञ्जमा उनले १९ महिनासम्म कमान्ड गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा इन्चार्ज भएर काम गरेका थापा त्यहाँबाट हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा सरुवा भए । मोरङ, सुनसरी, मकवानपुरमा समेत गरेका उनी डीएसपीमै रहँदा लाइबेरिया मिसन गएका थिए ।
एसपीमा बढुवा भएपछि भने अख्तियारको कोहलपुर कार्यालय, बुटवल कार्यालयमा रहेर प्रहरी प्रमुखको रुपमा काम गरेको अनुभव थापासँग छ । एसपीमै रहेका बेला जिल्ला प्रहरी कार्यालय चितवनको १८ महिनासम्म कमान्ड गरे । थापा चितवनकै इन्चार्ज रहेका बेला मतपत्र च्यातिएको थियो । एसपीमै हेडक्वार्टरको बजेट शाखामा रहेर उनले काम गरे ।
एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर थापाले काम गरेका थिए ।
एसएसपीमै वृत्ति विकास महाशाखा, प्रहरी एकेडमीमा उनले काम गरेका छन् । डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव उनीसँग छ ।
एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख सीआईबीमा काम गर्दागर्दै थापा आईजी बने ।
राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेका थापाले विभिन्न १३ वटा देशमा २५ वटा पेशागत तालिम गरेका छन् । उनको नाममा ११ वटा पदक, १८ नगद पुरस्कार, १३ वटा सम्मानपत्र छन् । बेरुजु फस्र्योटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्री स्तरबाट ४ पटक नगद पुरस्कार समेत उनले पाएका थिए ।
थापाले फिल्डदेखि नीति निर्माण तहसम्म बसेर काम गरेका छन् । गृह प्रशासन सुधार कार्ययोजना र नेपाल प्रहरीको कार्ययोजना अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न रिफ्रेस सेन्टरको स्थानमा उनको भूमिका मुख्य थियो ।
नायव महान्यायाधिवक्ताको संयोजकत्वमा एसिड तथा प्रज्वलनशील पदार्थको नियन्त्रणसम्बन्धी गठित समितिमा प्रहरीको तर्फबाट उनी सदस्यको रुपमा थिए ।
थापाको भूमिकामा करिअर डेम्लपमेन्ट प्लान र नयाँ भर्ना गर्ने पदहरुको पाठ्यक्रम निर्माण भएको थियो । कल्याणकारी योजना तर्जुमा र कार्यान्वयमा पनि उनले काम गरेका छन् । प्रस्तावित प्रहरी ऐन २०७९ को तर्जुमामा प्रहरीको तर्फबाट संयोजकको भूमिका रहेर काम गरेको थापा बताउँछन् ।
उनै थापाको काँधमा करिब ६ महिना देशको सुरक्षाको जिम्मेवारी आएको छ । जतिसक्दो राम्रो गर्ने तर नराम्रो नगर्ने आफ्नो उद्देश्य हुने थापा बताउँछन् । ‘मैले ६ महिनामा वर्ष दिनको काम गर्नुपर्नेछ ।
त्यही स्पिरिटमा काम गर्ने मेरो लक्ष्य हुन्छ,’ आईजी थापाले अनलाइनखबरसँग भने ।