२०४६ सालपश्चात् आजका दिनसम्म आइपुग्दा नेपालको राजनीतिले अपेक्षित गति लिन सकेन । सधैं अस्थिरता, भ्रष्टाचार, विकृति र विसंगतिको पर्याय नेपालको राजनीति बन्दै गयो । सुशासनको सैद्धान्तिक नारा दिँदै राजनीतिक नेतृत्वमा रहनेहरू प्रायः सबै भ्रष्टाचारमा लिप्त हुन पुगे । आफूले भ्रष्टाचार गरिरहँदा मातहतका कार्यकर्ताहरूलाई भ्रष्टाचार नगर्न सतर्क गराउने हैसियतसम्म पनि राजनीतिक दलहरूका नेतृत्वमा देखिएन । लामो समयसम्म नेपालको राजनीति तीन दलहरूका बीचमा सीमित हुँदै गयो । नेपालको भूराजनीतिका कारणले गर्दा पनि राजनीतिले आफ्नो स्वाभिमान बचाई काम गर्न सकेन । कतिपय अवस्थामा राष्ट्रियता र सार्वभौमसत्तामा प्रश्नचिह्न खडा हुने कामहरूसमेत राजनीतिक दलहरूबाटै हुँदै गयो । यही परिस्थितिबाट गुज्रिँदै गर्दा नेपाली नागरिकहरूमा स्थापित ठूला राष्ट्रिय दलहरूप्रति कुण्ठा र वितृष्णा बढ्दै गएको यथार्थ हामीसामु स्पष्ट छ । यही कारणले गर्दा नेपाली मतदाताहरूले एउटा असल नेता, एउटा सिद्धान्तमा अडिग रहेको र सोही सिद्धान्त र आस्थाअनुसार अघि बढ्ने राजनीतिक दलको खोजी लामो समयदेखि गर्दै रहे ।
तर, उनीहरूले त्यस्ता सत्पात्र र राजनीतिक दल नेपाली राजनीतिमा प्राप्त गर्न सकेनन् । निरन्तर सत्तामा रहेका ठूला राष्ट्रिय दलहरूप्रति विकर्षण बढ्दै जाँदा उनीहरूले विकल्पका रूपमा परीक्षण भइनसकेका पात्रहरूलाई नेपाली राजनीतिमा अवसर दिने निर्णयसमेत लिन पुगे । यसैको परिणतिका रूपमा स्थानीय तहको निर्वाचनमा केही स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुन पुगे । यसबाट आकर्षित हुँदै मतदाताहरूको यो झुकावलाई अवसरको रूपमा परिणत गर्ने सोचका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय निर्वाचनमा प्रतिस्पर्धा ग¥यो । नयाँ दलका युवा उम्मेदवारहरूप्रति मतदाताहरू आकर्षित हुँदै यही दलका उम्मेदवारहरूलाई मत दिँदै राष्ट्रिय दलका उम्मेदवारहरूलाई पराजित गर्न उत्साहित बने । यसैको परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिटमा विजय हासिल गरी चौथो ठूलो दलका रूपमा प्रतिनिधिसभामा आफ्नो स्थिति मजबुत बनाउन पुग्यो । तनहुँको उपनिर्वाचनमा डाक्टर स्वर्णिम वाग्लेलाई विजय गराई एक स्थान थप्न सफल भयो । यसबाट उत्साहित भएका त्यस दलका सभापति रवि लामिछानेले ठूलो सौदाबाजी गर्दै दुईपटकसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी प्राप्त गरे ।
यो सार्वजनिक जिम्मेवारीमा रहँदै गर्दा उनी धेरै प्रकारले विवादित पनि बने । अन्ततः उनका विरुद्ध अदालतमा तीन–तीनवटा मुद्दाहरू दर्ता भएका छन् र रविजी यतिखेर सम्मानित अदालतको न्यायको पर्खाइमा रहेका छन् । यो अवस्थासम्म रविजी किन पुगे ? रविजीमाथि भएको यो कारबाही के ठूला दलहरूले गरेको पूर्वाग्रहकै परिणाम हो त ? अथवा रविजीले आफैं यो अवस्था सिर्जना गरेका हुन् । यसपछि राष्ट्रिय राजनीति कुन दिशातर्फ अभिमुख हुने हो ? रविजी पुर्पक्षका लागि लामो समयसम्म कारागारमै रहँदाखेरिको अवस्थामा उनको दल र उनको राजनीतिक भविष्य कस्तो हुने हो ? उनी साधारण तारिखमा रही अदालतबाट न्यायको अपेक्षा गरिरहँदा व्यक्ति रवि लामिछाने र उनको दलको भविष्य उज्ज्वल हुन सक्छ वा सक्दैन ? यी अवस्थाहरूमा पुराना राष्ट्रिय राजनीतिक दलको हैसियतमा रहेका विशेषगरी तीन दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको राजनीतिक यात्रा कसरी सुरक्षित हुन सक्छ वा सक्दैन ? यसै सन्दर्भमा यस आलेखलाई केन्द्रित गर्ने प्रयास गरिएको छ ।
नेपालको राजनीतिमा अल्प अवधिमा झुल्केका व्यक्ति हुन् रवि लामिछाने । स्पष्ट रूपमा भन्नुपर्दा उनी राजनीतिक प्राणी होइनन् । केही समय संयुक्त राज्य अमेरिकामा रही अवसरको खोजीमा नेपालमा अवतरण गरेका व्यक्ति हुन् । नेपाल आएपश्चात् प्रधानमन्त्रीज्यूका समक्ष रोजगारीका लागि अनुनय गरेका पात्र हुन् भन्ने विषय पनि प्रधानमन्त्री ओलीबाट अभिव्यक्त भएका छन् । आफ्नो क्षमताअनुसारको कामका लागि अनुरोध गर्नु कुनै अपराध होइन, स्वाभाविकै हो । रविजीले केही समय पत्रकारितामा समय व्यतीत गरे । त्यही समय एक पत्रकारले आत्महत्या गर्न पुगे । उनी रविजीका सहयात्री सहकर्मी नै थिए । उनले आत्महत्या गर्नुपूर्व केही शब्दहरू अभिव्यक्त गरेका थिए । पीडामा डुबेका ती पत्रकार पुडासैनीजीले रविजीलाई ठूलै अपराधीका रूपमा प्रस्तुत गर्दै उनले ठूलो पापको भागी बन्नुपर्ने अभिव्यक्ति दिएर आफ्नो जीवन समाप्त गरे ।
यही अभिव्यक्तिका आधारमा रविजीमाथि आत्महत्या दुरुत्साहन गरेको मुद्दा लाग्यो । त्यसबखत रविजी भर्खरै राजनीतिमा प्रवेश गरेका थिए । उनलाई चितवनका उनका विधान क्षेत्रका जनताले ठूलो साथ दिए । सहयोग गरे । अल्पअवधिमै उनी थुनामुक्त भए पछि मुद्दाबाट सफाइ पनि पाए । यसबाट रविजी धेरै उत्साहित हुन पुगे । निर्वाचन लडे र विजय प्राप्त गरे । उनको विशेष दक्षता भनेको आक्रामक अभिव्यक्ति दिनु हो । वाक्पटुतामा नेपालका गनिएका राजनीति गर्नेहरूमा रविजी पर्छन् । यही हिसाबले जनतालाई आफूप्रति आकर्षित गर्ने अभिप्रायले पुराना दलका नेतृत्व तहका विरुद्ध आगो ओकल्दै गए । यसबाट पुराना दलका शीर्षस्थहरू रविजीबाट क्षुब्ध हुनु स्वाभाविकै हो । रविजी सडक र सदन दुवैमा नेपाली जनताको आकर्षणको केन्द्र बने । यसबाट प्रतिस्पर्धीहरू उनलाई ठीक आकारमा ल्याउन तानाबाना बुन्न थालेको संकेत हुँदै थियो । रविजीमाथि अदालतमा दुई–दुई देशका राहधानीहरू र नागरिकताहरू प्रयोग गरेको आक्षेप लाग्न थाल्यो । अमेरिकाको नागरिक हुँदा नेपालमा राजनीतिबाहेक अन्य सबै अधिकारहरू गैरआवासीय नेपाली नागरिकका हैसियतले प्राप्त गर्ने व्यवस्था छ । तर, रविजी राजनीतिमै होमिएका थिए । संविधानतः उनले त्यो अधिकार गैरनेपाली नागरिकता लिँदाको अवस्थामा पनि प्राप्त गर्ने अवस्था थिएन । अदालतले उनको नेपाली नागरिकता गैरकानुनी घोषित गरिदियो र अर्को नागरिकता लिनका लागि निर्देश ग¥यो ।
बिनासंगठन बिनानेतृत्वको गैरराजनीतिक झुण्डले आन्दोलन गर्ने र त्यसले देशले अवलम्बन गरी आएको राजनीतिक प्रणाली, यसमा स्थापित नेताहरू र लोकतन्त्रलाई कुन अवस्थामा पु-याउने हो ?
रविजीले शीघ्र नागरिकता बनाए । साथसाथै गृहमन्त्री, उपप्रधानमन्त्री र सांसद सबै पदहरू गुमाउन पुगे । चितवनको उपनिर्वाचनमा अत्यधिक बहुमतका साथ रविजी नै विजय हुन पुगे । यसलाई चितवनका मतदाताहरूले सरकारले रवि वरुद्ध अन्याय गरेको अर्थमा लिन पुगे । यो पूर्वाग्रहको जवाफ हामीले दिनुपर्छ भन्ने नाराका साथ रविजीलाई ठूलो संख्यामा मतदाताहरूले मतदान गर्न पुगे । यसबाट रविजी पुनः उत्साहित बन्न पुगे । आफ्नो राजनीति गर्ने शैलीलाई नागरिकहरूले आत्मसात् गरेको अर्थमा लिन पुगे । यही निर्वाचनमा उनका आफ्नै चालक उनकै घरको छतबाट झरेर मृत्युवरण गर्न पुगे । यसबाट पनि आलोचकहरूले रविजीलाई शंकाको घेरामा राख्न थाले । दोस्रोपटक प्रतिनिधिसभामा विजयी भएपश्चात् उनले पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाले । यसबखत रविजीका धेरै प्रकारका प्रतिबद्धताहरू जनतासमक्ष आए । तर, खासै परिणाम देखाउन सकेनन् । यसबाट उनी अभिव्यक्तिमा मात्र सीमित हुने नेताका रूपमा आलोचित बन्दै गए । अत्यन्त कडा र पुराना नेताहरूको विरुद्ध सधैं लागिरहने र यसैबाट आफ्नो राजनीतिक भविष्य सुनिश्चित देख्ने रविजीका विरुद्ध पुराना दलहरू गोलबद्ध हुन पुगेका हुन् ।
उनीहरूले राजनीति अपरिपक्व भएको, भर्खरै राजनीतिमा प्रवेश गरेका युवालाई एकैपटक गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा जिम्मेवारीमा पु¥याए । कतिपय मुद्दाहरूमा उनलाई आलोचनाको शिखरमा पु¥याउने अवस्था सिर्जना भयो । रविजीले बिस्तारै योजनाबद्ध तरिकाले काम गर्नुपर्नेमा एकैपटक सबैलाई दण्डित गर्ने र त्यसैलाई आफ्नो राजनीतिक आधार बनाउने जुन सपना पाले त्यसैबाट उनी द्वन्द्वमा फस्न पुगे । यही कारणले उनीमाथि हाल तीन–तीनवटा अपराधमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सो अदालतबाट थुनछेकको बहस समाप्त भई न्यायाधीशको आदेश प्राप्त भएपश्चात् पुनः बाँकी ४ स्थानमा उनीविरुद्ध मुद्दा जाहेर हुने प्रायः निश्चित छ । यस हिसाबले रविजी यतिखेर अत्यन्त ठूलो संकटमा फसेका छन् वा फसाइएका छन् । उनले यी अभियोगहरूबाट आफूलाई सफाइ प्राप्त गरी पुनः नेपाली नागरिकहरूसमक्ष उच्च मनोबलका साथ उपस्थिति दिनुपर्नेछ । यो सम्भव हुने हो वा होइन ? अहिले नै निश्चित गर्न सक्ने अवस्था छैन ।
रविजीले सबै काम ठीक गरेका भने होइनन् उनको राजनीतिमा प्रवेशपूर्व र राजनीतिमा प्रवेश गरेपश्चात् धेरै प्रकारका विवादित कामहरू गर्दै आएका रहेछन् । जुन उजागर भइसकेका छन् । उदाहरणका लागि दुइटा पासपोर्ट, दुईवटा नागरिकता लिई हिँडेका रहेछन् । त्यसपछि राष्ट्रिय परिचयपत्र छपाई कार्य सार्वजनिक खरिद नियमावलीविपरीत प्रदान गर्ने काम उनीबाट भएछ । त्यति मात्र होइन उनी एमडी रहेको टीभीमा धेरैवटा सहकारीबाट ठूलो रकम पटकपटक आइरहेको रहेछ । त्यो रकमको स्रोत के हो ? सो’boutमा रविजी स्पष्ट हुनुपथ्र्यो । ती रकमहरू अधिकांश रविजीकै हस्ताक्षरबाट खर्च भएको छ । मिडियामा आएका समाचारहरूलाई आधार मान्दा उनले आफ्नो व्यक्तिगत प्रयोजनमा र नातागोताहरूलाई पनि ती रकमहरू सहजै प्रदान गरेका रहेछन् । महाप्रबन्धकजस्तो जिम्मेवार पदाधिकारी जो सञ्चालकसमेत रहेका छन् ।
उनलाई ग्यालेक्सी टीभीमा आएका यति ठूला रकमहरूका ’boutमा जानकारी नै थिएन भन्ने सन्दर्भ जोकोहीले विश्वास गर्न सक्दैन । जानकारी नभए त्यसको स्रोतका ’boutमा स्पष्ट हुनुपर्ने दायित्व पनि रविजीकै थियो । यो पक्ष उनीमा कमीकमजोरी देखिएकै छ । योभन्दा पनि ठूलो पक्ष हो । हो उनी पुराना राष्ट्रिय दलका नेतृत्वपंक्तिका सबैलाई जनतासमक्ष नांगेझार पार्ने काममा अत्यन्त ज्यादा क्रियाशील भए । यो क्रियाशीलता यति बढ्यो कि उनले आफ्नो हैसियतसम्म पनि बिर्सिन गए । किनकि उनीसँग प्रतिनिधिसभामा बहुमत थिएन । देशका सम्भ्रान्त वर्गका बीच यिनै ठूला दलहरू लामो समयदेखि सहकार्य गर्दै आएका थिए । देशका माफिया भ्रष्टाचारीहरू सबैलाई रविजीको अभिव्यक्तिले प्रभाव पार्ने नै भयो । देशका प्रभावशाली मिडियाकर्मीहरूलाई १२ भाइको संज्ञा दिई उनीहरूलाई उछित्तो काढ्ने काम पनि रविजीबाटै भयो । कान्तिपुरमाथि उनले ठूलै कारबाहीको डन्डा चलाए । यसबाट कान्तिपुर आक्रोशित हुने नै भयो । आफैं पनि उच्च मनोबलका साथ प्रतिनिधिसभामा उपस्थिति दिन सक्ने हैसियत उनले गुमाउँदै गएका रहेछन् । यसको हेक्का पनि राखेनन् । न स्रोत साधन छ, न उनीसँग संसद्मा बहुमत छ, न उनले साथ दिएका ठूला दलहरूसँग इमानदारी नै छ ।
यो अवस्थामा रविजी आफूलाई साथ दिने युवा जमात र मतदाताहरू तथा आफ्नो पक्षमा रहेका मिडियाहरूकै सहयोगमा आफ्नो राजनीतिक छवि उच्च बनाउँदै भविष्य सुनिश्चित गर्न सक्छु भन्ने दृढताका साथ अघि बढे, कमीकमजोरी यहीँनेर देखियो । जनता जुन दिनसम्म आफ्नो पक्षमा माहोल सिर्जना गर्न सकिन्छ त्यही दिनसम्म रहन्छन् । ठूलै कमीकमजोरी कुनै एक मात्र पाउँदा त्यो मास सहजै विपक्षमा जान्छ । यस अवस्थामा रविजीले आफूलाई रणनीतिक हिसाबले अघि बढाउन सक्नुपथ्र्यो । यो पक्षलाई उनले महत्व दिएनन् । गृहमन्त्रीजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिले काम गर्नुपथ्र्यो । अभिव्यक्ति ज्यादा भयो त्यसले केही ठूलै व्यक्तिहरूलाई आतंकित बनायो । तर, परिणाम केही पनि दिन सकेनन् । यही अवस्थामा उनी सत्ताबाट हटे । उनकै क्रियाकलापका कारणले उनले भनेजस्तै यी ठूला दलका नेताहरू सबै भ्रष्ट नै भए पनि कारबाही गरेर देखाउनुपथ्र्याे । अपरिपक्व अभिव्यक्तिले रविजीलाई ठूलो द्वन्द्वमा फसाएको अवस्था छ । यसलाई रविजीले स्वीकार अस्वीकार जे गरे पनि तीतो यथार्थ यही हो ।
अब रविजीले उन्मुक्ति पाउँछन् पाउँदैनन्, यो पाटो छुट्टै हो । यदि रविजीले आफूलाई निर्दोष प्रमाणित गरेर जनतासमक्ष पुनः फर्किए भने एक प्रकारको थप माहोल उनको पक्षमा देखिनेछ । उनी पुुर्पक्षका लागि थुनामा रहिरहँदा यसलाई यी ठूला दलहरूले तथ्य र प्रमाणसहित जनतासमक्ष प्रस्तुत गर्ने अभियान नै चलाएको खण्डमा रविजीको राजनीतिमा सधैंका लागि बिर्को लाग्न सक्छ । बुद्धिमत्तापूर्ण हिसाबले परिचालन भएन भने राष्ट्रिय स्वतन्त्र पार्टी रविजीको व्यक्तिगत व्यक्तित्वका आधारमा खडा भएको हालसम्मको अवस्थामा धराशायी हुन सक्छ । यदि रविजी पुनः सत्तामा पुगे भने यसको बदला लिने नै छन् । यदि नलिने हो भने उनको साथ जनताले छाड्दछन् । यस अर्थमा एकले अर्काको घरमा ढुंगा हान्ने कार्यको प्रारम्भ अब भएको छ ।
पालैपालो सबैको घर चकनाचुर हुने अवस्था बन्न सक्छ । यदि रविजी समाप्त नै भए भने अथवा राजनीतिक हिसाबले धराशायी बने भने बाँकी रहेका दलका व्यक्तित्वहरूलाई मतदाताहरूले मात्रै कारबाही गर्न सक्नेछन् अन्यथा थप केही हुनेछैन । तर, देशले असल नेता फेरि पनि पाउन सकेन । यो चर्चा–परिचर्चा बौद्धिक जगत्मा भइराखेको छ । मिडियाले पनि यही सूचनाको सम्प्रेषण व्यापक रूपमा गरिराखेको छ । यस अर्थमा बिनासंगठन बिनानेतृत्वको गैरराजनीतिक झुण्डले आन्दोलन गर्ने र त्यसले देशले अवलम्बन गरी आएको राजनीतिक प्रणाली यसमा स्थापित नेताहरू र लोकतन्त्रलाई कुन अवस्थामा पु-याउने हो ? सन्देह भइराखेको छ । यसमा सबै पक्षहरूमा विशेषगरी पुराना राष्ट्रिय दलहरूका नेतृत्व पंक्तिले आफूमा सुधार ल्याई अघि बढ्नु उपयुक्त हुनेछ ।
The post सिसाको घरमा बसेर ढुंगा हान्ने प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….