सिंह बन्ने सपना देख्ने पर्यटन बोर्डले मुसा सिकार छाड्नुपर्छ


‘बिरालोले सिंह हुने सपना देख्ने हो भने मुसा सिकार गर्न छाड्नुपर्छ’ यो अफ्रिकी उखान नेपाल पर्यटन बोर्डले २६औं वार्षिकोत्सव मनाइरहेका सन्दर्भमा समीक्षा गर्दा निकै सान्दर्भिक देखिन्छ । नेपाली पर्यटनलाई विश्वभरि प्रवर्द्धन गर्न र यसको आर्थिक योगदान दीर्घकालीन रूपमा सुदृढ बनाउन अब नयाँ सोच, स्पष्ट रणनीति र समयमै कार्यान्वयन अपरिहार्य छ ।

पर्यटन बोर्ड मुलुकको पर्यटन प्रवर्द्धन गर्न स्थापित विशेषज्ञ संस्था हो, तर सरकार र बोर्डबीचको असमन्वयले यसको प्रभावकारितामा बाधा पुगेको स्थिति छ । भ्रमण वर्ष जस्ता विशेष अभियानमा बोर्डको कामलाई समन्वय नगरी समानान्तर संरचना बनाएर दोहोरोपनको स्थिति सिर्जना भएको विगतका अनुभव ताजै छन् । ऐनमा नै बोर्ड नेपाल सरकारको पर्यटन सल्लाहकारको भूमिका निर्वाह गर्न सशक्त बनाइएको छ ।

पर्यटन बोर्डको २६औं वार्षिकोत्सव केवल उत्सव मनाउने अवसर मात्र नभई आत्मसमीक्षा गर्ने समय हो । सिंह हुने चाहना गलत भन्न खोजिएको होइन, विगत र वर्तमानका बोर्ड अध्यक्ष एवं सदस्यहरूले मुसाका पछि दौडिने प्रवृत्तिमाथि प्रश्न उठाउने समय आएको पक्कै हो ।

नमुना संस्थाका रूपमा स्थापित पर्यटन प्रवर्द्धनको सम्पूर्ण जिम्मा पाएको संस्थाले प्रवर्द्धनका कामलाई भाखा नघाएर स्थानीय रूपमा निर्माण हुने संरचनामा केन्द्रित भई वार्षिक बजेट नै पाँच महिनापछि पारित हुने परिपाटी खेदजन्य छ । विगतदेखि नै चलिआएको यो सिलसिलामा बिराम लाग्न जरुरी छ । संघीयताको मर्म आत्मसात गर्दै क्षेत्रीय रूपमा पिछडिएका गन्तव्यलाई प्राथमिकतामा पारी पालिकाहरूका निर्माणमा कनिका छर्ने काम सदाका लागि बन्द गरिनुपर्छ ।

सिंगापुरजस्तो कृत्रिमता बेच्ने देशले १ करोड ४० लाख हाराहारी पर्यटक भित्र्याइरहँदा, संसारकै अग्ला, गहिरा जस्ता सम्पदाले सुसज्जित नेपालमा १५ लाख पर्यटक हेर्नुपर्ने अवस्था छ ।

स्मरणीय छ १० वर्ष अघिसम्म बोर्डले निर्माण आफ्नो कार्यक्षेत्र नभएकाले जनशक्तिको सिप विकास अनि स्थानीय पर्यटन मेला प्रवर्द्धन गरिरहेको अवस्थाबाट हाल बाटो, पाटी, मन्दिर लगायत निर्माणमा नै बजेटको ठूलो हिस्सा खर्चिनेसम्मको मोड देखिएको छ ।

पर्यटन बोर्डले आफ्नो प्राथमिक ध्यान अन्तर्राष्ट्रिय प्रचारमा केन्द्रित गर्नुपर्छ । पर्यटनले देशमा विदेशी मुद्रा भित्र्याउने मुख्य स्रोतका रूपमा काम गर्ने भएकाले डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय मिडिया कभरेजका लागि रणनीतिक अभियानको आवश्यकता छ । प्रमुख गन्तव्य मुलुकमा रोडशो आयोजना, पर्यटन मेलामा निजी क्षेत्रसँगको साझेदारी मार्फत नेपालको पहिचान थप प्रगाढ बनाउन सकिन्छ ।

२९ मे १९५३ मा तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक संसारकै उच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपालमा पर्यटन फस्टाएको थियो । यस ऐतिहासिक घटनाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकमाझ पर्यटन गन्तव्यमध्ये एकका रूपमा विश्व नक्सामा स्थापित गर्‍यो ।

त्यसअघि नेपाल निरंकुश राणा शासनकालमा बन्द राज्य थियो, जहाँ केही चुनिएका व्यक्तिलाई मात्र भ्रमण गर्न अनुमति दिइन्थ्यो । २००७ सालको राजनीतिक परिवर्तनपछि विदेशीका लागि नेपालका ढोका खुला भए र पर्यटक भिसाले यसलाई सम्भव बनायो । यसरी नेपालमा नयाँ युग प्रारम्भ भयो, जसले साहसिक र सांस्कृतिक पर्यटनलाई प्राथमिकता दियो ।

सन् १९६० को दशकको अन्त्य र १९७० को दशकको हिप्पी युगमा नेपालको कम लागतको जीवनशैली र स्वतन्त्र वातावरणले यात्रीको नयाँ वर्ग आकर्षित गर्‍यो । नेपाल सहज र वैकल्पिक जीवनशैलीको प्रतीक बन्यो, जहाँ गाँजा र चरेस उपलब्ध थियो । १९७३ मा सरकारले यी पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउँदा नेपालमा पर्यटनले अर्को कोल्टे फेर्‍यो ।

सिंह बन्ने सपना देख्ने पर्यटन बोर्डले मुसा सिकार छाड्नुपर्छ
प्याराग्लाइडिङ ।

यसले नेपाललाई साहसिक पर्यटनको केन्द्र बनायो र पर्यटकले नेपालको अद्वितीय संस्कृति, पदयात्रा मार्ग र सदाबहार पहाडी परिदृश्य रुचाउन थाले । हालसम्म पनि हाम्रो पर्यटन यही वरिपरि नै घुमिरहेको छ । सिंगापुरजस्तो कृत्रिमता बेच्ने देशले १ करोड ४० लाख हाराहारी पर्यटक भित्र्याइरहँदा, संसारकै अग्ला, गहिरा जस्ता सम्पदाले सुसज्जित नेपालमा १५ लाख पर्यटक हेर्नुपर्ने अवस्था छ ।

१९९८ मा नेपाल पर्यटन बोर्डको स्थापना नेपालको पर्यटन क्षेत्रमा भएको एक महत्त्वपूर्ण कदम थियो । सार्वजनिक र निजी क्षेत्रको साझेदारी अवधारणामा बनेको यो संस्थाले नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने काम गर्न थाल्यो । ‘नेपाल भ्रमण वर्ष १९९८’ जस्ता अभियानले सुरुमा धेरै सफलता साथ अन्तर्राष्ट्रिय चासो ल्याए । यद्यपि, त्यसपछि राजनीतिक अस्थिरता, माओवादी विद्रोह र शाही नरसंहार जस्ता घटनाले पर्यटनलाई गहिरो प्रभाव पारे, तर बोर्डको संयोजनकारी र प्रवर्द्धकको भूमिका भने महत्त्वपूर्ण रह्यो ।

नेपालको पर्यटनले केवल आर्थिक लाभमात्र होइन, सामाजिक र पर्यावरणीय सन्तुलन पनि कायम गर्नुपर्छ । दिगो पर्यटन प्रवर्द्धनको अवधारणा आत्मसात गरेर पर्यावरणीय प्रभाव न्यून गर्ने र स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमहरू अघि बढाउन जरुरी छ ।

एकै दिन पर्यटन विभाग र हवाई विभार्ग विस्थापित गरी उदाएका दुई संस्था नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचना र कार्यगत सर्त नितान्त फरक थिए । प्राधिकरणलाई नियमनकारी संस्था बनाउँदा बोर्ड प्रवर्द्धनात्मक निकायका रूपमा रहेको छ । दिइएको म्यान्डेट र प्रभावकारिताका विषयमा पुनरावलोकन गर्ने समय आएको छ ।

आज मंगलबार बोर्डको २६ वर्ष पूरा भएपछि पर्यटन विकासका सन्दर्भमा गहिरो ध्यान आकर्षित भएको छ । हालका केही वर्ष पूर्वाधार विकासमा ध्यान केन्द्रित गरिएको छ । जस्तै, विमानस्थल स्तरोन्नति, सडक सुधार र पर्यटकका लागि उत्तम आधारभूत सुविधा व्यवस्था । यी सबै महत्त्वपूर्ण भए पनि, यति पर्यटनको विकासका लागि पर्याप्त छैन । बोर्डको मुख्य उद्देश्य भनेको नेपालको पर्यटन प्रवर्द्धन गर्नु हो र यसका लागि यसले आफ्नो ध्यान पुनः केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

सिंह बन्ने सपना देख्ने पर्यटन बोर्डले मुसा सिकार छाड्नुपर्छ
र्‍याफ्टिङ ।

मार्केटिङ, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र इन्फ्लुएन्सियल मार्केटिङ जस्ताले प्रवर्द्धनको तरिका परिवर्तन गरेका छन् । तथापि, इन्फ्लुएन्सियल मार्केटिङ अहिले आलोचनामा छ । धेरै ब्रान्डले विशेषगरी पर्यटन क्षेत्रमा, उच्च संख्यामा फलोअर्स भएका इन्फ्लुएन्सरहरूको मद्दत लिएर प्रचार गर्ने प्रयास गरे, जसबाट ठूलो परिणामको आशा गरिएको थियो । तर, अब यो रणनीति प्रभावकारी देखिएन ।

उपभोक्ताहरू हालका दिनमा इन्फ्लुएन्सरका सामग्रीलाई शंका गर्दै हेर्छन् र यसलाई धेरै नै सिंगारिएको र भ्रामक मान्न थालेका छन् । पर्यटक केवल प्रचारात्मक पोस्ट हेर्न चाहँदैनन्, बरु वास्तविक र सम्बन्धित कथा पढ्न चाहन्छन् । यो परिवर्तनले मार्केटिङमा प्रामाणिकताको आवश्यकता र अर्गानिक दृष्टिकोणको महत्त्वमा बल पुर्‍याउँछ ।

इन्फ्लुएन्सियल मार्केटिङको सट्टा वास्तविक यात्रुको अनुभवलाई प्राथमिकता दिनुपर्छ । यसले यात्रा गर्ने साधारण मानिसको वास्तविक कथा प्रसार गर्न र अन्य सम्भावित पर्यटकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत पुर्‍याउँछ । यस्ता कथाहरू, चाहे तिनीहरू सामाजिक सञ्जालमा, ब्लगमा, वा अन्य प्लेटफर्ममा गरिएका होस्, धेरै सान्दर्भिक र विश्वसनीय हुन्छन् ।

यी वास्तविक अनुभवले नेपालमा प्राप्त गर्न सकिने अद्वितीय अनुभवको वास्तविकता देखाउँछ– हिमालय पदयात्रादेखि काठमाडौंको जीवन्तता र ग्रामीण भेगको प्राकृतिक सौन्दर्यसम्म । नेपालको पर्यटन क्षेत्रको भविष्य अब मार्केटिङ र उपभोक्ताको अपेक्षाहरूको गतिशीलतासँग कसरी मेल खान्छ भन्ने कुरामा निर्भर छ ।

पर्यटन क्षेत्रलाई सबल बनाउने क्रममा नेपालले सस्तो लोकप्रियतामा रमाउने प्रवृत्ति त्याग्नुपर्छ । भिसा शुल्क निःशुल्क गर्नेभन्दा पर्यटकको भिसा प्रक्रिया सहज बनाउने पहलले बढी प्रभावकारी परिणाम दिन सक्छ ।

सस्तो लोकप्रियतामा रमाउने भन्दा गुणस्तरीय काम गर्ने दृष्टिकोण नै नेपाल पर्यटन बोर्डको सफलताको आधार हो ।

अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पर्यटक सहजीकरण डेस्क पुनस्र्थापना गरेर पर्यटकलाई स्वागतको न्यानो अनुभव प्रदान गर्न सकिन्छ । यसले नेपालको आतिथ्य संस्कृतिलाई प्रोत्साहन गर्दै पर्यटकको पहिलो अनुभव सकारात्मक बनाउँछ ।

पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति विकास गर्ने बोर्डको प्रमुख काममध्ये एक हो । तर, रिक्त पदहरू भएर पनि सात वर्षदेखि पर्यटन बोर्डले नयाँ कर्मचारी भर्ना नगर्नु र प्रमुख पदहरूमा निमित्तको व्यवस्थापनले संस्थाको कार्यक्षमतामा प्रत्यक्ष असर पुर्‍याएको छ । पर्यटनमा चलिआएको पाहुना ग्राह्यताबाट नयाँ व्यवस्थापनले आफ्ना कर्मचारीलाई पहिलो प्राथमिकता देऊ भनेको छ । बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गरिराख्दा आफ्ना कर्मचारीलाई पनि प्राथमिकतामा राख्न उत्तिकै जरुरी छ ।

नेपालको पर्यटनले केवल आर्थिक लाभमात्र होइन, सामाजिक र पर्यावरणीय सन्तुलन पनि कायम गर्नुपर्छ । दिगो पर्यटन प्रवर्द्धनको अवधारणा आत्मसात गरेर पर्यावरणीय प्रभाव न्यून गर्ने र स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमहरू अघि बढाउन जरुरी छ । केवल प्रचारात्मक कार्यक्रम गरेर मानव संशाधनमा लगानी नगर्ने अभ्यासले नेपालको पर्यटन छविमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ ।

भारत र चीन नेपालका मुख्य पर्यटन बजार हुन्, तर यी देशका पर्यटक संख्यामा वृद्धि गर्न महँगो हवाई भाडा बाधक बनेको छ । यसका लागि क्षेत्रीय पर्यटन प्याकेज तयार गरेर लागत घटाउने प्रयास गरिनुपर्छ । नेपाललाई ‘भ्यालु फर मनी’ गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा काम गर्न आवश्यक छ ।

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार र बोर्डको संयुक्त प्रयासले मात्र सम्भव छ । सस्तो लोकप्रियतामा रमाउने भन्दा गुणस्तरीय काम गर्ने दृष्टिकोण नै नेपाल पर्यटन बोर्डको सफलताको आधार हो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School