सहकारी बचतकर्ताको २ खर्ब अपचलन

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

८ जेठ, काठमाडौं । मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ ।

अनलाइनखबरले एक वर्षदेखि गरेको रिपोर्टिङ तथा सहकारीसँग सम्बन्धित विभिन्न स्रोतबाट संकलित तथ्यांक तथा सूचना विश्लेषण गर्दा ठूला सहकारीले मात्रै अपचलन गरेको रकम कम्तीमा २ खर्ब रुपैयाँ बराबर रहेको तथ्य भेटिएको हो ।

हाल मुलुकभरिका सहकारी संस्थामा कुल ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०’ ले उल्लेख गरेको छ । यस हिसाबले सहकारी संस्थाहरूबाट सर्वसाधारणले फिर्ता नपाएको रकम कुल बचतको करिब ४२ प्रतिशत हो ।

हाल ३१ हजार ३ सय ७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचत केही सीमित सहकारीका सञ्चालकहरूले अपचलन गरेका हुन् ।

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारीले नै अपचलन गरेको देखिन्छ ।

त्यतिमात्र होइन, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू सहर केन्द्रित भएको र त्यस्ता धेरै सहकारीमा समस्या आएकाले यो अंक निकै ठूलो हुने यस क्षेत्रका एक जानकारले बताए ।

‘यीबाहेक पनि हरेक जिल्लामा कम्तीमा पनि दुई–चार सहकारी संस्थामा समस्या आएको देखिन्छ,’ ती जानकारले भने, ‘त्यसो हुँदा सहकारी संस्थाहरूमा भएको समस्या निकै भयावह हुन सक्छ ।’

यीबाहेक अन्य सहकारीबाट पनि ४० देखि ५० अर्ब रुपैयाँ बचत फिर्ता नआएको अनुमान गर्न सकिन्छ । त्यसो हुँदा सहकारी संस्थाहरूमा कम्तीमा पनि २ खर्ब अपचलन भएको छ भन्ने निष्कर्षमा पुग्न सकिने उनले बताए ।

सहकारी संस्थाहरूमा बचतकर्ताको यति नै रकम फसेको छ भन्ने यकिन तथ्यांक सरकारसँग नरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी बताउँछन् ।

तर, संघीय सरकारले हालै समस्याग्रस्त घोषणा गरेका संस्थाहरूमध्ये सबैजसो ठूला आकारको रहेको र त्यसका आधारमा पनि यस क्षेत्रमा जनताको निकै ठूलो रकम फसेको हुन सक्ने अनुमान गर्न सकिने उनी बताउँछन् । ‘यिनै संस्थाहरूका आधारमा तथ्यांकलाई सामान्यीकरण त गर्न मिल्दैन । तर, यो संख्या निकै ठूलो रहेकोमा पनि शंका छैन,’ उनी भन्छन् ।

सबैभन्दा ठूलो सहकारी ठग ‘जीबी राई समूह’

नेपालमा सबैभन्दा ठूलो सहकारी अपचलन ‘जीबी राई समूह’ले गरेको देखिएको छ । जीबी राई समूहले देशभरि कम्तीमा १० वटा सहकारीको नेटवर्क खडा गरी गरिब जनताको करिब १७ अर्ब रुपैयाँ अपचलन गरेको देखिएको छ ।

जीबी राई समूहले काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि, कल्याण उपकार, लालीगुराँस बचत तथा ऋण, साई स्वागत लगायत पोखरामा सूर्यदर्शन, बुटवलमा सुप्रिम, वीरगञ्जमा सानो पाइला, चितवनमा सहारा चितवन तथा नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था खोली जनताको बचत संकलन गरेका थिए । त्यसरी जनताबाट संकलन गरेको बचत अवैध नेटवर्किङ व्यवसायमा लगाई उनले जनताको बिल्लीबाँठ लगाएका छन् ।

जीबी राई समूहले सहकारीका बचतकर्ताको रकम दुरुपयोग गरी गोर्खा ग्रुप अफ कम्पनिज, गोर्खा मिडिया प्रालि, हर्बो इन्टरनेसनल, गोर्खा आयुर्वेद नेचर हब्र्स, नेचर नेस्ट लगायत कम्पनीमा लगानी गरेको थियो ।

उनको समूहमा रहेका कुमार रम्तेल, रवि लामिछाने (वर्तमान उपप्रधान तथा गृहमन्त्री), डीपी अर्याल (वर्तमान श्रममन्त्री), दिपेश पुन (पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा), कविन्द्र बुर्लाकोटी (राष्ट्रिय स्वतन्त्र पार्टीका उपमहासचिव), विपिन आचार्य, निकिता पौडेल लामिछाने (गृहमन्त्री रवि लामिछानेकी श्रीमती) लगायतले विभिन्न सहकारी तथा कम्पनीको सेयरधनी भएर जनताको रकम दुरुपयोग गरेको अनलाइनखबरले प्राप्त गरेका विभिन्न दस्तावेजले दखाउँछन् ।

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

जीबी राई समूहका सहकारीमध्ये धेरैमा राई आफैं अध्यक्ष र कुमार रम्तेल कोषाध्यक्ष रहेको देखिन्छ । त्यस्तै, राई समूहका कम्पनीहरूमा समेत राई, हालका गृहमन्त्री लामिछाने तथा रम्तेल लगायत सञ्चालक रहेको देखिन्छ ।

हालका श्रममन्त्री अर्याल, रास्वपाका उपमहासचिव बुर्लाकोटी लगायत राई समूहकै हाम्रो नयाँ कृषि सहकारीका सञ्चालक थिए । उनीहरू राईलाई नै सहकारी जिम्मा लगाएर रास्वपा पार्टी खोली राजनीतिमा आएका हुन् ।

यो समूहबाट सहकारी ठगीमा संलग्नमध्ये कोषाध्यक्ष रम्तेल हाल प्रहरी हिरासतमा छन् भने जीबी राईमाथि ‘रेडकर्नर नोटिस’ जारी भएको छ ।

त्यस्तै, सोही समूहको गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने हाल रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री छन् भने हाम्रो नयाँ कृषि सहकारीका तत्कालीन उपाध्यक्ष डीपी अर्याल हाल श्रममन्त्री छन् ।

यो समूहको हाम्रो नयाँ कृषि सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ भने अन्य सहकारी पनि समस्याग्रस्त घोषणाको तयारीमा छन् ।

जीबी राईका नातेदार ज्ञानबहादुर बम्जनको गोर्खा बचत तथा ऋण सहकारी संस्थाले समेत बचतकर्ताको करिब ४ अर्ब ५० करोड रुपैयाँ बचत फिर्ता गरेको छैन । यो सहकारीका बचतकर्ताहरू आफ्नो रकम फिर्ताको निवेदन लिएर सहकारी विभाग धाइरहेका छन् ।

भक्तपुरको ज्योति विकास सहकारी संस्था पनि यही ग्रुपसँग नजिक छ । यो सहकारीले समेत ७५ करोडभन्दा बढी बचत फिर्ता नगरेको स्रोतहरूको भनाइ छ ।

एक दशकदेखि समाधान नभएको ओरिएन्टलको समस्या, १६ अर्बभन्दा बढी दायित्व

सुधीर बस्नेतको ओरिएन्टल सहकारी संस्था २०६९ सालदेखि नै बन्द छ । त्यसपछि सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । २०७० मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित समस्याग्रस्त सहकारी अध्ययन समितिले ओरिएन्टलले तिर्नुपर्ने दायित्व ६ अर्ब ८६ करोड रहेको देखाएको थियो ।

यो सहकारीलाई २०७४ र २०७९ मा गरी दुईपटक समस्याग्रस्त घोषणा गरिसकिएको छ । २०७६ मा गरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनअनुसार यो सहकारीले बचतकर्तालाई तिर्नुपर्ने दायित्व १६ अर्ब पुगेको थियो ।

त्यसपछिको साँवा तथा ब्याज हिसाब गर्दा यो सहकारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २३ अर्ब ८३ करोड हुन्छ । तर, सरकारी अभिलेखमा फिर्ता गर्नुपर्ने रकम १६ अर्ब लेखिएकाले यहाँ त्यही अंक प्रयोग गरिएको छ ।

सहकारी ठगी र अन्य लेनदेन तथा ठगी मुद्दामा संस्थाका सञ्चालक सुधीर बस्नेत तीन वर्ष जेल परेर रिहा भएका थिए । २०७७ सालमा सर्वोच्च अदालतले ओरिएन्टललाई समस्याग्रस्त घोषणा गर्ने सरकारको २०७४ को निर्णय उल्ट्याइदिएपछि दुई वर्षसम्म यो सहकारी पुनः बस्नेतले नै व्यवस्थापन गरेका थिए । तर, उनले बचतकर्ताको पैसा फिर्ता गर्न सकेनन् र २०७९ सालमा यसलाई पुनः समस्याग्रस्त घोषणा गरिएको थियो ।


स‌ंघीय सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरु
क्र.सं.समस्याग्रस्त सहकारी संस्थाघोषित मितिबचत रकम सावादावीकर्ता संख्या
१.कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड३/१८/२०७५५७,६३,४६७१०
२.स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड३/१८/२०७५७५,२८,८२४१६
३.स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड३/१८/२०७५११,०८,९३,८२८१७५
४.प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड३/१८/२०७५४८,७३,९८,९१३३५२
५.सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड११/१९/२०७५१०,८७,४१,२४३२४०
६.प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड३/१८/२०७५१३,२०,८९,९२७१३८
७.चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड३/१८/२०७५८४,११,४९४१४
८.लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि४/१२/२०७६११,७४,४४,०२६२१४
९.ओरेण्टल को-अपरेटिभ लिमिटेड६/७/२०७९३,१९,५०,२२,८६२४,२५९
१०.कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड३/१८/२०७५४,३४,७८,२५२५६
११.कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड३/१८/२०७५२,४१,७१,८९९५१
१२.भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड३/१८/२०७५१,६५,४४,७१११७
१३.पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड४/१/२०८०१,११,४८,०३,६१८१,०४२
१४.तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड­­५/२५/२०८०१,५५,३९,१७,५००५,४३६
१५.शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड५/२५/२०८०९,६२,१९,३०,०७१३२,६८९
१६.हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड१०/११/२०८०७,७७,९०,१९८५०
१७.कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड१०/२६/२०८०२,८२,२७,८७,७९३२,५३१
१८.कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड११/३/२०८०६,७८,५१,०५,४५४६,१६५
१९.श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ११/२९/२०८०
२०.गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १२/१३/२०८०
कुल २६,२३,३८,२४,०८० ५३,४५५

शिवशिखर र तुलसीमा देशभरिबाट १६ अर्ब संकलन गरी विदेश पलायन

हालसम्म उपलब्ध तथ्यांकहरूका आधारमा शिवशिखर बहुउद्देश्यीय र तुलसी सहकारीका सञ्चालक केदारनाथ शर्मा सहकारी ठगीका दोस्रो ठूलो अभियुक्त हुन् । उनले ३७ भन्दा बढी जिल्लामा यी दुई सहकारीको सञ्जाल विस्तार गरी सर्वसाधारण निक्षेपकर्ताको करिब १६ अर्ब निक्षेप अपचलन गरेको प्रहरी अनुसन्धान तथा अनलाइनखबरले संकलन गरेका तथ्यहरूले देखाएका छन् ।

साथै, शर्माले आफ्नै लगानीमा शिखर अर्गनाइजेसन खडा गरी त्यसअन्तर्गतका विभिन्न कम्पनीमा विभिन्न बैंकबाट साढे ५ अर्ब रुपैयाँ लिएको समेत खुलेको छ ।

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरेको शिवशिखर सहकारीबाट बचत फिर्ताका लागि हालसम्म ९ अर्ब ६२ करोड रुपैयाँको मागदाबी परिसकेको र थप दाबी आउने क्रम जारी रहेको समितिले जनाएको छ । तुलसी सहकारीबाट बचत फिर्ता पाउन भन्दै हालसम्म १ अर्ब ५५ करोड रूपैयाँको मागदाबी परिसकेको छ ।

शर्माले जनताबाट संकलन गरेको पैसा आफ्नो र परिवारको नाममा करिब ५० वटा कम्पनी खोली लगानी गरेका थिए । उनले नेपालबाट भारतमा मात्रै ६ अर्ब रूपैयाँ पलायन गरेको तथा भियतनाम, म्यानमार पनि लगानी गरेको नेपाल प्रहरीको सिआईबीले जनाएको छ । हाल उनी सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा छन् ।

जनताको साढे १० अर्ब अपचलन गरी बेलायत भागेका भरत महर्जन

भरत महर्जनले आफ्नै निजी कम्पनी जसरी सञ्चालन गरेको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको १० अर्ब ३४ करोड निक्षेप संकलन भएको थियो ।

उनले त्यही निक्षेपलाई आफ्नै अंशमा परेको सम्पत्तिजस्तो प्रयोग गरी जग्गादेखि अस्पतालसम्म लगानी गरे । शोखका लागि घोडा पाल्ने केन्द्र पनि खोले । ती कम्पनी तथा सम्पत्तिहरू आफू, श्रीमती, परिवारका अन्य सदस्य तथा कर्मचारीका नाममा किनिएका थिए ।

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

तर, बचतकर्ताहरूले बचत फिर्ता माग्न थालेपछि भने उनी नेपाल छाडेर बेलायत गएर बस्न थाले । अहिले उनले आफ्ना विश्वासपात्र कर्मचारी हेमराज दाहाललाई सहकारीको अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर बेलायत पलायन भएका थिए ।

तर, बचतकर्ताको बचतबाट सिर्जित ललितपुर धापाखेलको सुमेरु अस्पताल, पुल्चोकको सुमेरु सिटी अस्पताल, सातदोबाटोको एसियन कलेज र शंकरापुर एकेडेमी, हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्स कम्पनी तथा सयौं रोपनी जग्गालगायत सम्पत्ति कसले कब्जा गर्ने भन्नेमा सञ्चालकहरू नै झगडा गरिरहेको एक ऋणीले नाम उल्लेख नगर्ने सर्तमा बताए । त्यस्तो सम्पत्तिको मूल्यांकन साढे १५ करोड गरिएको सहकारीले गत वर्ष जारी गरेको स्वेतपत्रमा उल्लेख छ ।

सहकारी अभियन्ता नै बचत फिर्ता नगरी बेपत्ता

केबी उप्रेती आफूलाई सहकारी अभियन्ताका रूपमा चिनाउँछन् । उनी राष्ट्रिय सहकारी बैंकमा अध्यक्षसमेत छन् । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव सुधार कार्यदलको सदस्य भएर पनि उनले काम गरे ।

तिनै अभियन्ता उप्रेती आफू अध्यक्ष रहेको सहकारी संस्थाबाट बचतकर्तालाई रकम फिर्ता नगरी बेपत्ता भएका थिए । उनी अध्यक्ष रहेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा सर्वसाधारणको ८ अर्बभन्दा बढी बचत छ ।

३० हजारभन्दा बढी बचतकर्ता भएको उक्त सहकारीले बचत फिर्ता गर्न सकेको छैन । उनी बेपत्ता भएको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि उनी काठमाडौंमा सार्वजनिक भएका थिए ।

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

उनको सहकारीले बचत फिर्ता नगरेको भन्दै २ अर्बभन्दा बढी रकमको मागदाबी सहित उजुरी सहकारी विभागमा परेको छ ।

बराह सहकारीका लामिछानेले डुबाए बचतकर्ताको ८ अर्ब

व्यावसायिक समूह बराह ग्रुपले खोलेको बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ८ अर्ब रुपैयाँ दुई वर्षदेखि फिर्ता गरेको छैन । शिव लामिछाने अध्यक्ष रहेको यो ग्रुपले नेपालका विभिन्न ठाउँ र विदेशमा पनि गरगहनालगायत व्यवसाय गर्दै आएको छ ।

सहकारीमा जम्मा भएको जनताको बचत अपचलन गर्नेमा नेतादेखि कलाकारसम्म छन् ।

करिब ९ हजार बचतकर्ताको ८ अर्ब बचत बराहले हिनामिना गरेको हो ।

बराह सहकारीले बराह कृषि तथा पशुपालन प्रालि, बराह फेमिली किचेन धरान, बराह मल्टिपर्पोज कम्पनीलगायतमा बचतकर्ताको रकम लगानी गरी दुरुपयोग गरेको छ । स्थानीय तहमातहत रहेको यो सहकारीको समस्या समाधान गर्न आफूले नसक्ने धरानका मेयर हर्क साङपाङले बताएका छन् ।

करिब ८ अर्ब अपचलन गरेका पूर्वसांसद तामाङ जेलमा

सिभिल सहकारी संस्था अध्यक्ष इच्छाराज तामाङले सर्वसाधारणको बचत र सेयर पूँजी गरी ७ अर्ब ८२ करोड फिर्ता गरेका छैनन् । उनीविरुद्ध सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण दुवैमा मुद्दा दायर भएकोमा विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको प्रमाणित गरेको छ ।

विशेष अदालतले उनलाई तीन वर्ष कैद तथा १ अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने निर्णय गरेको छ । र, उनी हाल जेल जीवन नै बिताइरहेका छन् । उनकी श्रीमती सृजना तामाङ तथा मामाससुरा केशवराज श्रेष्ठलाई पनि दोषी ठहर गरिएको छ । अदालतले उनीहरूको सम्पत्ति पनि जफत गर्न आदेश दिएको छ ।

सहकारी ठगीमा तामाङविरूद्ध मुद्दा चलिरहेकोमा अदालतले दोषी ठहर गरेकोमा उनको सम्पत्तिबाट बचतकर्तालाई रकम फिर्ता गर्न पनि विशेषले आदेश दिएको छ । उनी एमालेका नेता तथा सांसद थिए ।

रकम अपचलनमा नेतादेखि कलाकारसम्म

सहकारीमा जम्मा भएको जनताको बचत अपचलन गर्नेमा नेतादेखि कलाकारसम्म छन् । कान्तिपुर तथा पशुपति सहकारीमार्फत जनताको रकम अपचलन गर्ने चन्द्रबहादर (सीबी) लामा  काभ्रेका कांग्रेस नेता हुन् । उनी प्रदेशसभा उठेर हारेका व्यक्ति हुन् ।

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

दुइटा सहकारी गरेर उनी र उनको समूहले करिब ९ अर्ब रुपैयाँ बराबर बचत अपचलन गरेको देखिएको छ । त्यस्तै, करिब ३ अर्ब बचत रहेको जेस्ट बचत तथा ऋण सहकारी संस्था सामाखुसीका कार्यकारी सञ्चालक मधुसूदन पाठक कलाकार हुन् । उनी ‘सितेबा’ नाममा हास्य टेलिशृंखलामा अभिनय गर्छन् ।

नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाले जनताको २ अर्ब बचत फिर्ता गरेको छैन । त्यसका सञ्चालक ज्ञानबहादुर तामाङ एमाले काभ्रेका नेता हुन् । उनी हाल प्रदेशसभा सदस्य छन् ।

त्यसैगरी ललितपुर पुल्चोकको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६ अर्ब फिर्ता गरेको छैन । सहकारीले बचतकर्ताको रकम निजी कम्पनीमा लगानी गर्न तथा नेताका आफन्तलाई ऋण दिन प्रयोग गरी अपचलन गरिरहेको छ । यो सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी कांग्रेस नेता हुन् ।

त्यस्तै, ५–५ अर्बका दरले सहकारी बचतकर्ताको रकम अपचलन गर्ने देउराली सहकारी सञ्चालक रविन्द्र चौलागाईं र रामबहादुर गौतम माओवादी पार्टी निकट मानिन्छन् ।

त्यतिमात्र होइन, चितवनमा सूर्योदय, नवलपुरमा छिपछिपे तथा नेपालगञ्जमा नमस्ते र मेगा सहकारी सञ्चालन गर्ने राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी फरार छिन् । उनी संलग्न चारवटा सहकारीले बचतकर्तालाई करिब २ अर्ब ५० करोड रूपैयाँ तिर्न बाँकी छ ।

एमालेबाट बागलुङ ढोरपाटन नगरपालिका मेयरमा निर्वाचित देवकुमार नेपाली इमेज सहकारीका नाममा उठाएको २ अर्ब अपचलन गरी फरार भएका छन् ।

बचतकर्तासँग रकम उठाएर आफ्नो व्यवसायमा लगाउने तथा रकम फिर्ता नगर्नेमा मेडिकल व्यवसायी पनि कम छैनन् । औषधि व्यवसायी रामचन्द्र शर्मा अध्यक्ष रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई ५ अर्ब फिर्ता गर्नुपर्नेमा नगरेको सम्बद्ध स्रोतले जानकारी दियो । त्यस्तै, मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सारीको कोहीनुर बचत तथा ऋण सहकारी संस्थामा पनि २ अर्ब बचत छ ।

सरकारलाई थाहा छैन जनताको कति बचत डुब्यो 

सहकारी संस्थाहरूमा जनताको कति रकम डुबेको छ भन्ने जानकारी सरकारसँग छैन । सहकारी संस्थाहरू संघीय, प्रदेश र स्थानीय तह तीनै सरकारको नियमनमा रहेको र ती सबैको यथार्थ एकीकृत तथ्यांक कसैसँग नरहेकाले सहकारी संस्थाहरूले फिर्ता नगरेको यथार्थ विवरण संघीय सहकारी मन्त्रालयसँग नभएको मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए ।

‘अहिले संघीय सरकारले केही सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ, तिनीहरूको आकार ठूलो नै देखिन्छ । तर, समस्या परेका सबै सहकारी त्यही आकारका नहुन सक्छन्,’ उनले भने, ‘त्यसो हुँदा समस्याग्रस्त घोषणा भएका सहकारीकै तथ्यांकका आधारमा सामान्यीकरण गर्न त सकिन्न । तर, यस क्षेत्रमा पीडितहरूको संख्या पनि निकै ठूलो रहेकाले जनताको धेरै ठूलो रकम फिर्ता नभएको अनुमान गर्न सकिन्छ,’ सचिव दुवाडीले भने ।

सरकारले यो विषय अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्‍यो र उसले उजुरी माग्यो भने यथार्थ विवरण आउन सक्ने उनले बताए ।

सरकारले बचतकर्ताको समस्या समाधान गर्न पहल भने गरिरहेको उनले दाबी गरे । ‘मूलतः दुइटा पहल भएका छन् । पहिलो, यो समस्या समाधानका लागि संस्थागत पहल गरिँदैछ, यो भनेको ऋण असुली न्यायाधीकरण गठन गर्ने हो । छिट्टै नै यो होला भन्ने अपेक्षा छ,’ उनले भने, ‘दोस्रो, भनेको बलियो नियामक स्थापना गर्नका लागि पनि कानुन बनाउन सुरू गरिएको छ ।’

बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा जानकारी गराएका २७३ सहकारी संस्था यी हुन् :

१. सन्ध्या सहकारी

२. लसकुश सहकारी

३. प्रस्परस सहकारी

४. ओरेन्टल सहकारी

५. देउराली सहकारी

६. गेटवे सहकारी

७. खुसी सहकारी

८. कान्तिपुर सहकारी

९. सिभिल सहकारी

१०. सुमो सहकारी

११. उत्तम सहकारी

१२. गुड वेल सहकारी

१३. अष्ट सेभिङ एन्ड क्रेडिट

१४. शुभकार्य सहकारी

१५. प्रज्ञान सहकारी

१६. स्वस्तिक सहकारी

१७. लजगा सहकारी

१८. ओसिन सहकारी

१९. हाम्रो नयाँ कृषि सहकारी

२०. नेसनल डेभलपमेन्ट सहकारी

२१. इमेज सहकारी

२२. डेरिमेटिस सहकारी

२३. समावेसी सहकारी

२४. क्विक सहकारी

२५. ब्रिटिस गोर्खा सहकारी

२६. गोर्खा सेभिङ सहकारी

२७. अनमोल सहकारी

२८. ग्रेट गंगा सहकारी

२९. गोकर्णेश्वर सहकारी

३०. दिव्यामन्त्र सहकारी

३१. अल्फा बचत सहकारी

३२. ग्रामीण सञ्चिति सहकारी

३३. स्टार मोनास्ट्री सहकारी

३४. पिङ्गला सहकारी

३५. हितकोष सहकारी

३६. टुपेक सहकारी

३७. पशुपति सहकारी

३८. नवसंकल्प सहकारी

३९. सम्पूर्ण सहकारी

४०. साश्वत सहकारी

४१. सोना लक्ष्मी सहकारी

४२. कोमल नयन सहकारी

४३. अक्षता सहकारी

४४. साख सहकारी

४५. मध्य उपत्यका सहकारी

४६. सराफी सहकारी

४७. निखिल दर्शन सहकारी

४८. क्रान्ति सहकारी

४९. एक्जिभ सहकारी

५०. कल्याण उपकार सहकारी

५१. लालीगुराँस सहकारी

५२. अभिमत सहकारी

५३. एभरेस्ट सहकारी

५४. नमस्ते सहकारी

५५. मार्गदर्शन सहकारी

५६. एलुङ सहकारी

५७. गौतमश्री सहकारी

५८. अग्रज सहकारी

५९. ग्रेस सहकारी

६०. स्वर्णिम सहकारी

६१. आशापुरी बहुउद्देश्यीय सहकारी

६२. अभिनाश पशुपालन पालक कृषक सहकारी

६३. विद्याधारी बचत सहकारी

६४. डिपोदय मल्टिपर्पोज सहकारी

६५. जीवनदीप सेभिङ सहकारी

६६. लालीगुराँस सेभिङ सहकारी

६७. नगरिक कल्याण मल्टिपर्पोज सहकारी

६८. नाता सेभिङ सहकारी

६९. राजधानी मल्टिपर्पोज सहकारी

७०. सम्बद्र्धन सेभिङ सहकारी

७१. सामुदायिक विकास कृषि सहकारी

७२. सर्वोत्तम मल्टिपर्पाेज सहकारी

७३. शान्ति सन्देश सेभिङ सहकारी

७४. शिव शिखर मल्टिपर्पाेज सहकारी

७५. शुभकार्य सेभिङ सहकारी

७६. सिद्धिविनायक सेभिङ

७७. सुमेरु सेभिङ सहकारी

७८. सनराइज बचत सहकारी

७९. तुलसी बहुमुखी सहकारी

८०. उपलब्धि मल्टिपर्पोज सहकारी

८१. ज्येष्ठ नागरिक सेभिङ सहकारी

८२. गतिशील सहकारी

८३. बराह सहकारी धरान

८४. विल्ली बचत सहकारी

८५. लुनिभा सहकारी

८६. एभरट्रस्ट सहकारी

८७. श्री सहारा सहकारी

८८. सहारा पञ्चकन्या सहकारी

८९. सल्लाघारी सहकारी

९०. जनमिलन सहकारी

९१. क्यापिटल सहकारी

९२. झरना सहकारी

९३. हाम्रो भविष्य सहकारी

९४. लुम्बिनी सहकारी

९५. शिखर सहकारी

९६. एक्जिम सहकारी

९७. शुभरत्न सहकारी

९८. गोल्डेन रोज सहकारी

९९. स्ट्यान्डर्ड सहकारी

१००. युनिक सहकारी

१०१. मिलन सहकारी

१०२. मौलिक सहकारी

१०३. सूर्यदर्शन सहकारी

१०४. स्टार सहकारी

१०५. स्वर्णलक्ष्मी सहकारी

१०६. पाथिभरा सहकारी

१०७. जनमिलन सहकारी

१०८. कुमारी सहकारी

१०९. पेप्सीकोला सहकारी

११०. विलायर सहकारी

१११. शान्तिनगर सहकारी

११२. गुडलक सहकारी

११३. ट्रेजर सहकारी

११४. नवसवाल सहकारी

११५. नागरिक विकास सहकारी

११६. कृष सहकारी

११७. सफारी सहकारी

११८. सुयोग सहकारी

११९. सुविधानगर सहकारी

१२०. जगदम्बा सहकारी

१२१. सदस्य सेवा सहकारी

१२२. सिनामंगल सहकारी

१२३. ग्रेट सागर सहकारी

१२४. भकारी सहकारी

१२५. डोका थाली सहकारी

१२६. ग्लोबल सहकारी

१२७. नौलो बिहानी सहकारी

१२८. आलोपालो सहकारी

१२९. ओशिका सहकारी

१३०. उपकार सहकारी

१३१. कार्यविधि सहकारी

१३२. सिटी टावर सहकारी

१३३. सहरी विकास सहकारी

१३४. जन परिवर्तन सहकारी

१३५. अम्बे सहकारी

१३६. जनता सेवा सहकारी

१३७. मिलन सहकारी

१३८. स्वप्नशील सहकारी

१३९. श्री जनशक्ति सहकारी

१४०. सुनकोशी सहकारी

१४१. कृषि विकास सहकारी

१४२. अभिभारा सहकारी

१४३. हरियाली सहकारी

१४४. कैलाश सहकारी

१४५. बुद्ध दर्शन सहकारी

१४६. शुक्रपथ सहकारी

१४७. दरबार सहकारी

१४८. जनमैत्री सहकारी

१४९. शिवालय सहकारी

१५०. शिखादीप सहकारी

१५१. आँचल सहकारी

१५२. डाँफे सहकारी

१५३. जनएकता सहकारी

१५४. रिलायबल सहकारी

१५५. प्रज्ज्वल सहकारी

१५६. बसन्त सहकारी

१५७. एकादश रूद्र सहकारी

१५८. परिपूर्ण सहकारी

१५९. जनजीविका सहकारी

१६०. सूर्यशक्ति सहकारी

१६१. जनसम्पर्क सहकारी

१६२. संयुक्त दुग्ध सहकारी

१६३. कमल विनायक सहकारी

१६४. मेगाड्रिम सहकारी

१६५. आवाज सहकारी

१६६. श्वप्नशील सहकारी

१६७. कोमल नयन सहकारी

१६८. मोनास्ट्री सहकारी

१६९. सम्बोधन सहकारी

१७०. गगनचुली सहकारी

१७१. मिलिनियम सहकारी

१७२. निखिल दर्शन सहकारी

१७३. सफारी सहकारी

१७४. नौलो बिहानी सहकारी

१७५. सागबारी सहकारी

१७६. ढोङ्मे सहकारी

१७७. स्ट्यान्डर्ड सहकारी

१७८. चार्टर्ड सहकारी

१७९. मानवतावादी सहकारी

१८०. सुनौलो बिहानी सहकारी

१८१. सराफी सहकारी

१८२. नगदेश सहकारी

१८३. लुस्भय सहकारी

१८४. हिमाल सहकारी

१८५. मौलाकाली सहकारी

१८६. शिवालय सहकारी

१८७. हाम्रो भकारी सहकारी

१८८. नमोवुद्ध सहकारी

१८९. पानस सहकारी

१९०. सुमार्ग सहकारी

१९१. ज्योति विकास सहकारी

१९२. हिमगिरि सहकारी

१९३. त्रिदेव सहकारी

१९४. प्रयत्न सहकारी

१९५. जयभवानी सहकारी

१९६. लक्ष्मी बचत सहकारी

१९७. सप्तरंगी सहकारी

१९८. जीवन दृष्टि सहकारी

१९९. विषकोष सहकारी

२००. वान्टेड सहकारी

२०१. अरुणोदया सहकारी

२०२. मुक्ति विकास सहकारी

२०३. हाम्रो सहयात्री सहकारी

२०४. गौतमवुद्ध सहकारी

२०५. कागेश्वरी सहकारी

२०६. स्मृति सहकारी

२०७. आरक्ष सहकारी

२०८. समदर्शी सहकारी

२०९. गोपीकृष्ण सहकारी

२१०. अर्थ वृद्धि सहकारी

२११. सत्कार सहकारी

२१२. नैतादेवी सहकारी

२१३. आधारभूत सहकारी

२१४. श्रीज्योती सहकारी

२१५. पूर्णिका सहकारी

२१६. हलमार्क सहकारी

२१७. प्रतिफल सहकारी

२१८. हेल्पिङ ह्यान्ड्स सहकारी

२१९. जगदम्बा सहकारी

२२०. इन्ट्रान्स सहकारी

२२१. असर्फी सहकारी

२२२. हुपिका सहकारी

२२३. नयाँ सन्देश सहकारी

२२४. श्रम उन्नति सहकारी

२२५. श्रमिक सहकारी

२२६. शिवपुरी सहकारी

२२७. अर्थ सम्पदा सहकारी

२२८. आसुतोस सहकारी

२२९. हिफाजत सहकारी

२३०. ओर्परा सहकारी

२३१. नैनादेवी सहकारी

२३२. आदर्श सहकारी

२३३. मुकुल सहकारी

२३४. असर्फी सहकारी

२३५. हिउँचुली सहकारी

२३६. स्नोविल सहकारी

२३७. गजुर सहकारी

२३८. जनकोष सहकारी

२३९. फ्युचर सहकारी

२४०. भेटघाट सहकारी

२४१. मुद्रा सञ्चिति सहकारी

२४२. अर्थविद् सहकारी

२४३. प्राइम सहकारी

२४५. माता भगवती सहकारी

२४६. विजयपथ सहकारी

२४७. डिमाण्ड सहकारी

२४८. स्मारिका सहकारी

२४९. सुख समृद्धि सहकारी

२५०. भन्ज्याङ चौतारी सहकारी

२५१. त्रिज्योति सहकारी

२५२. हिराखुसी सहकारी

२५३. प्राचीन सहकारी

२५४. थैली सहकारी

२५५. पिपलबोट सहकारी

२५६. आसमोस सहकारी

२५७. धनधान्य सहकारी

२५८. वैकल्पिक सहकारी

२५९. जीवनदीप सहकारी

२६०. मञ्जुश्री सहकारी

२६१. परिपूर्ण सहकारी

२६२. रेनजेन सहकारी

२६३. गोसाइकुण्ड सहकारी

२६४. गोकर्ण परिवार सहकारी

२६५. हलेश्वर सहकारी

२६६. बिजकोष सहकारी

२६७. महान सहकारी

२६८. सुनौलो दियालो सहकारी

२६९. सत्यशक्ति गणेश सहकारी

२७०. हलमार्क सहकारी

२७१. युवा विकास सहकारी

२७२. साकार सहकारी

२७३. जेथा सहकारी

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School