समाजमा बढ्दै एकाङ्कीपन : RajdhaniDaily.com

समाजमा बढ्दै एकाङ्कीपन : RajdhaniDaily.com


सामाजिकीकरण जीवन प्रयन्त चली रहने प्रकृया हो । समाजशास्त्री ड्रेभरका अनुसार सामाजिकीकरण एउटा यस्तो प्रकृया हो, जसका माध्यमबाट एक व्यक्ति उसको सामाजिक वातावरणसंग समायोजित हुँदै जान्छ र उक्त समाजको मान्यता प्राप्त सहयोगी एवम् दक्ष सदस्य बन्दछ भन्ने छ । हाम्रो समाजको सन्दर्भमा ड्रेभरले भने जस्तो सामाजिकीकरणले हरेक व्यक्ति दक्ष एवम् सहयोगी बन्न नसकेको अग्रजहरुको कथन छ । अहिले नेपाली समाजमा घर, परिवार, कार्यालय, भेटघाट, आदि इत्यादी जमघटहरुमा आ–आप्mनो तालमा सामाजिक सञ्जालमा व्यस्त भएको पाइन्छ । हरेक उमेर समूहका मानिसहरु मोवाइल, कम्प्युटर, ल्यावटप, टिकटक वा अन्य इन्टरनेटको सञ्जालहरुमा व्यस्त हुने भएकोले आपसी छलफल, कुराकानी र अन्तरव्रिmयामा कमी आएको छ । अन्तरव्रिmयाको अभावमा सामाजिकीकरण प्रकृया कमजोर हुन्छ । व्यक्तिमा एकाङ्कीपन बढ्छ ।समाजका मूल्य र मान्यताहरु पुस्तान्तरण हुन सक्दैनन् ।

अभिभावकहरु भन्छन्, छोराछोरीहरुमा एकाङ्कपन बढ्दो छ । वालवालिकाहरुले मोवाइल, इन्टरनेट, भिडियो गेम, टिकटक लगायतका मनोरञ्जनात्मक सामाग्रीहरुमा समय बिताउने गरेकोले उनीहरुमा एकाङ्कीपन बढ्दै गएको छ । घरमा छोराछोरीहरु मात्र होइन, अभिभावकहरु पनि आफै मोवाइलमा व्यस्त भएको पाइन्छ । युवापुस्ता त बाटो हिंड्दा पनि आँँखाहरु मोवाइलमा केन्द्रित बनाएर हिंडिरहेको देखिन्छ । सामाजिक सञ्जालको प्रयोगका कारण बसमा यात्रा गर्दा होस् की आफन्तहरुसंगको भेटघाटको अवसरमा होस्, पूजाआजा, विवाह लगायतका सामाजिक समारोहहरुमा पनि आपसमा कुराकानी, छलफल, अन्तरव्रिmया वा संवाद कम हुँदै गएको छ । चिया पसल, खाजा पसल, चौतारीको बसाई होस् की पार्कहरुको भ्रमण सामाजिक सञ्जालले मानिसहरुलाई एकोहोरो बनाएको छ ।

भेटघाट, पूजाआजा, बिबाहलगायत सामाजिक समारोमा आपसमा कुराकानी, छलफल,अन्तरव्रिmया कम हुँदै गएको छ

हाम्रो देशमा प्रजातन्त्रको अवधिमा सबै भन्दा बढि विकास भएको क्षेत्र सञ्चार जगत हो । अहिले गाउँगाउँसम्म इन्टरनेटको सुविधा छ । प्राय परिवारका हरेक सदस्यहरुसंग स्मार्ट मोवाइलको प्रयोग गछनर्् । विद्यार्थीहरुले पढाईप्रति भन्दा मोवाइल प्रति बढि समय दिने गरेकोले पढाई लेखाईमा रुची घट्दै गएको शिक्षक प्राध्यापक तथा अभिभावकहरुको गुनासो छ । मोवाइलको लत विद्यार्थीहरुमा मात्र होइन, शिक्षक प्राध्यापकहरु पनि परेको छ । कक्षा कोठाबाट बाहिर भएको समयमा विद्यार्थीको पढाइ लेखाइमा सुधार गर्नको लागि सामुहिक छलफल, अध्ययन अनुसन्धान गर्न गुरुजनहरुमा इच्छाशक्ति कम भएको अनुसन्धानहरुले देखाउँछन् । शिक्षक प्राध्यापकहरुले मोवाइल अथवा इन्टरनेटमा उपलब्ध हुन सक्ने शिक्षण सिकाईका विधिहरु कक्षा कोठामा उपयोग गर्न नसकेको शिक्षाविदहरुको बुझाइ छ । सामाजिक सञ्जाल केवल मनोरञ्जनको रुपमा प्रयोग भएको छ । नेपाल सरकारका कर्मचारीहरुले कार्यालय समयमा मोवाइल वा ल्यावटपको प्रयोगगरी सेयर किनबेच गर्नमा समय बिताउने गरेकोले सेवाग्रााहरुलाई छिटो छरितो सेवा प्रवाह हुन नसकेको भनि सरकारले कार्यालय अवधि भित्र कर्मचारीहरुले सेयर खरिद बिव्रmी वा कारोबार गर्न नपाउने नियम बनायो । यसरी हेर्दा सामाजिक सञ्जालको प्रयोग हरेक क्षेत्रमा आवस्यकता भन्दा बढि हुने गरेको पाइन्छ ।

समजशास्त्री कुकका अनुसार सामाजिकीकरण भन्नाले वाल्यकालमा आर्जन गरेको ज्ञान, संस्कार र व्यबहार हो । अहिले शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण गाउँवस्तीहरुका वालवालिकाहरुमा पनि सामाजिक सञ्जालहरुमा समय विताउने गरेका छन् । आफन्तजन र छरछिमेकामा आउने, जाने, बस्ने, खाने, खेल्ने र दुःख सुखका विचारहरु आदान प्रदान गर्ने, जस्ता सामाजिकीकरणका व्यबहारबाट बञ्चितहुँदै गएको छ । पछिल्लो समयमा गाउँघर तिर पनि टेलभिजन, इन्टरनेट र यस भित्रका सञ्जालहरुको सुविधा पुगेपछि सानो उमेरका वालवालिकाहरु पनि कार्टुन, भिडियो गेम, फेसवुक जस्ता डिजिटल मनोरञ्जनहरुमा रमाउन गरेको पाइन्छ । यस्तो व्रिmयाकलापले वालवालिकाहरु एकोहोरो हुँदै गएको अभिभावकहरुको अनुभव छ । सामाजिक सञ्जालको प्रयोगले वालवालिका, किशोरकिशोरी लगायत भिन्न उमेर समूहका मानिसहरुलाई एक्लै रमाउने बानकिो विकास हुँदै गएको छ ।

मनिसलाइ सामाजिक, विवेकसील तथा सिर्जनसील प्राणी भनिन्छ । मानिसले जीवन प्रयन्त सामाजिक निति नियम, नियम, मूल्य, मान्यता, आदर्श अनुरुप समाजमा समायोजन हुन्छ र तत्अनुरुप समाजीकरण हुँदै जान्छ । सामाजिकीकरणको अभावमा मानिसले सामाजिक जीवन बाँच्न सक्दैन । समाजको सक्षम सदस्य बन्न सक्दैन । हरेक मानिसलाई एक अर्काबिच आपसी व्यबहार तथा भावनात्मक सम्बन्धको खाँचो हुन्छ । एक अर्कोलाइ राम्ररी बुभ्mनको लागि आपसी अन्तरव्रिmयाको आवस्यकता पर्दछ । सामाजिक सञ्जालले उल्लिखित व्यबहार खुँम्चदै जानाले समाजमा मानवीय व्यबहार कमजोर हुँदै गएको आम बुझाई छ ।

समाजका व्यक्तिहरु बीच आपसीमा सहयोग, विचार विनिमय, सद्भावमैत्री व्यबहार, जस्ता कुराले मात्र जीवन्त समाजको निर्माण हुन्छ । समाजलले जिउँदाको जन्ती र मर्दाको मलामीको भूमिका खेलेर मात्र हुँदैन । जीवनमा आइ पर्ने अनेक समस्याहरुको समाधानको लागि सहयोगीको भूमिका निर्वाह गर्नु पर्दछ । समाजमा लेन देन, ऐंचोपैंचो, अर्मपर्म, नैतिक समर्थन, सल्लाह सुझाव, आड भरोषा जस्ता मानवीय व्यबहारहरुको खाँचो हुन्छ । यसको अभावमा मानवीय व्यबहार कमजोर बन्दै जान्छ । अहिले समाजमा मानवीय व्यबहार कमजोर बन्दै गइरहेको अवस्था छ । समाजमा मित्रताको अभाव, विश्वसनियतामा कमी, पारिवारिक विखण्डन, सम्बन्ध विच्छेद, तस्करी, दलाली, नैरास्यता, एकाङ्कीपन जस्ता कुराहरु बढ्दै गईरहेको अवस्था छ । आत्महत्याको ग्राफ बढ्दो छ ।समाजमा ठगी, हत्या, हिंसा जस्ता अपराधजन्य व्रिmयाकलापहरु पनि बढिरहेको छ । यी र यस्ता व्रिmयाकलापहरु हुनुको पछाडि समाजमा बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग, सहयोगीपनाको कमी, कोही कसैले पनि सहयोग गर्दैन भन्ने आत्मकेन्द्रीत चिन्तनको विकास, आफन्तजनहरुसंगको मनमुटाव, एकाङ्कीपन, निराषा, जस्ता कुराहरुले प्रत्यक्ष वा परोक्ष रुपमा काम गरेको छ ।

अहिले समाजका भिन्न उमेर समूहका मानिसहरु सामाजिक सञ्जालको तीव्र प्रयोगमा समय विताउने गरेको आम बुझाई मात्र होइन भोगाइ पनि छ । इन्टरनेट भित्र रहेका विभिन्न एप्लीकेसनहरु ह्वाट्एप, फेसबक, मेसेन्जर, भाइवार, टिकटक लगायतमा धेरै समय वित्ने गरेको छ । सामाजिक सञ्जालको अत्यधिक प्रभावले प्रयोगकर्ताहरुलाई एक्लै समय विताउने भएकोले एकोहोरो बनाएको छ । आपसी छलफल र अन्तरव्रिmया गर्ने वानी व्यबहारमा निकै कमजोर भएको छ । इन्टरनेटको सुविधा भएका शहर, बजार र गाउँहरुमा घरका सदस्यहरु आ–आप्mनो तालमा कम्प्युटर, ल्यावटप वा मोवाइलमा व्यस्तहुने भएकोले पारिवारिक अन्तरव्रिmयामा समेत कमी आएको छ ।

घर, परिवार समुदाय, विद्यालय, समाज लगायतका ठाउँमा बालबालिकालाई सकारात्मक वातावरण सिर्जना गरी सामाजिकीकरणको अभ्यासमा थालनुपर्छ

अहिले शहरी तथा बजार क्षेत्रमा साइवर क्याफे पसलहरु प्रसस्त खुलेका छन् । यी क्याफेहरुमा युवा युवतिहरुको भिड लाग्ने गर्दछ । यो भिडले इन्टरनेटको उचित सदुपयोग गर्ने होभने धेरै फाइदाहरु छन् । आप्mना निजी मेलहरु मार्फत आ–आप्mना इष्टमित्र, साथीभाईसंग विचार आदान प्रदान गर्नुकोसाथै व्यापार बृद्धि गर्नको लागि पनि सामाजिक सञ्जालहरु सहयोगी बनेका छन् । मानिसहरुलाइ अनलायन व्यापार गरेर आयआर्जन गर्न सहज भएको छ । समाजमा कतिपय मानिसहरुले युट्युव तथा टिकटकको माध्यमबाट आयआर्जन गरेका समाचारहरु सुन्ने गरिन्छ ।सामाजिक सञ्जालकै सहयोगबाट गीत तथा संगीतमा लागेकाहरुले नाम दाम पनि कमाईरहेको अवस्था छ । परन्तु साइवर क्याफेहरुमा सामाजिक सञ्जालको दुरुपयोग गरेमा यसको ठुलो नकारात्मक असर पर्दछ ।

शिक्षा क्षेत्रमा पनि इन्टरनेटको ठूलो महत्व छ । ई–रिडरबाट अथवा ई–बुक डिभाइसको प्रयोगबाट हजारांै पुस्तकहरु भण्डारणगरी पढ्न सकिने सुविधा छ । शिक्षण सिकाइमा इन्टरनेटको सुविधाले सहज बनाएको छ । इन्र्याक्टीभ वोर्ड, फिलप्ड कक्षा, क्लाउड, प्रोजेक्टर, इ–पुस्तकालय लागायतको सुविधा छ । यस कोणबाणबाट हेर्दा कप्युटर र इन्टरनेट भित्रको सञ्जालबाट हामीहरुले धेरै फाइदा लिन सक्दछौं । अनावस्यक नेट सञ्जालमा समय खर्च गर्ने बानीमा सुधार गर्नु पर्दछ । वालवालिकाहरुलाई उचित तथा सिमित उपयोग गर्नको लागि प्रशिक्षित गर्नु पर्दछ । आजको नयाँ पुस्तालाई बद्लींदो समाज र आधुनिक ज्ञान, विज्ञान र प्रविधीको सुविधाबाट बञ्चीत नहुनेगरी इन्टरनेट सञ्जाल भित्रका फाइदाहरु उचित तरिकाले प्रयोग गर्न र गराउन सहयोग गर्नु पर्दछ ।

समाजशास्त्री ड्यूसेकका अनुसार परिवार मानिसको सामाजिक गुणहरु अनुरुप व्यक्तित्व निर्माण गर्ने स्रोत हो भन्ने छ । पारिवारिक वातावरण सकारातमक नभए पछि बालवालिकाहरुको शारिरीक, मानसिक, चारित्रिक तथा वौद्धिक व्यक्तित्वको विकास लगायतमा नकारात्मक प्रभाव पर्दछ । त्यसैले अभिभावकहरुले आप्mना छोराछोरीहरुलाई सानै उमेरदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई मायागर्न, सहयोगी बन्न, आप्mनो काम आफै गर्न, सफा सुग्घर हुन, समाजका मूल्य, मान्यता र परम्पराहरुलाई बुभ्mन सहजीकरण गर्नु पर्दछ ।

अन्त्यमा सामाजिक सञ्जालको कुलतबाट वालवालिकाहरुलाई बँचाउनु पर्दछ । शिक्षाविद पेरे बोड्र्युले हरेक वालवालिकाको सिकाईमा उसको पारिवारिक तथा सामाजिक संरचनाले गहिरो प्रभाव पारेको हुन्छ भन्ने धारणा राखेका छन् । बोड्र्युले भनेझैं घर, परिवार समुदाय, विद्यालय, समाज लगायतका ठाउँहरुमा वालवालिकाहरुलाई सकारात्मक वातावरण सिर्जनागरी उनीहरुलाई सामाजिकीकरणको अभ्यासमा लगाउनु पर्दछ । सामाजिक सञ्जालको कुलतबाट बढ्दै गएको एकाङ्कीपनको अन्त्यगरी सामाजिकीकरणको अभ्यासमा हरेक घरपरिवारका सदस्यहरु भूमिका खेलौं ।

(Visited 2 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School