सभामुखलाई सांसदको प्रश्न : उपसभामुखमाथि अन्याय त भइरहेको छैन ?

सभामुखलाई सांसदको प्रश्न : उपसभामुखमाथि अन्याय त भइरहेको छैन ?


२० चैत, काठमाडौं । सभामुख देवराज घिमिरे विदेश जाँदा उपसभामुख इन्दिरा रानालाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने अधिकार नदिइएको भनी संसद्‌मा प्रश्न उठेको छ ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख विदेशमा रहँदा संसद् बैठक किन नचलाएको भनी प्रश्न गरेकी हुन् ।

सभामुख विदेश जाँदा उपसभामुख स्वदेशमै रहेको स्मरण गर्दै उनले प्रतिनिधि सभा नियमावलीको पालना किन नगरेको भनी सभामुखलाई प्रश्न गरेकी छन् । उनले भनिन्, ‘चैतको पहिलो साता सभामुख विदेश जाने भनेर हतार-हतार विधेयकहरू अगाडि बढाइयो । त्यसपछि लामो समय बैठक स्थगित भयो ।’

चैत ८ गते सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्वीट्जरल्यान्ड गएको थियो । त्यसअघि ७ गतेसम्म प्रतिनिधि सभाको बैठक चलेको थियो ।

सभामुख अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी भएर १६ चैतमा मात्रै स्वदेश फर्किएका थिए । त्यसको दुई दिनपछि प्रतिनिधि सभाको बैठक १८ चैतमा बसेको थियो ।

सांसद यादवले भनिन्, ‘सार्वभौम सम्पन्न जनता भनी संविधानमा लेखिएको छ । तर के यसको अनुभूति यस सम्मानित संसद्ले गर्न पाएको छ ? नियमावलीले दिएको अधिकार सदनभित्र पालना भएको छ ?’

सभामुख विदेशमा रहँदा वा सभामुख कावु बाहिरको परिस्थितिमा हुँदा सभामुखले अधिकार दिएर उपसभामुखले प्रतिनिधि सभाको बैठक सुरू र अन्त्य गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

सभामुखले विदेश जाँदा प्रतिनिधि सभाको बैठक चलाउने अधिकार उपसभामुखलाई नदिएकोमा यादवले भनिन्, ‘कतै हाम्रो उपसभामुखमाथि अन्याय त भएको होइन ?

उनले सभामुखलाई सोधिन्, ‘सभामुखको अनुपस्थितिमा किन उपसभामुखले सभा सञ्चालन गर्न नपाउने ? यो अधिकारबाट उहाँलाई किन वञ्चित गरियो ? के नियमावलीमा यही लेखिएको छ ?’

सांसद यादवले उपसभामुख महिला भएका कारण यस्तो व्यवहार गरिएको भन्दै सभामुखमाथि प्रश्न गरिन् । ‘कि उपसभामुख महिला भएर हो ? यदि महिला भएर हो भने संविधानमा लेखिएको अधिकारको कुरा कहाँ जान्छ ? महिलाको कार्यक्षमतामा सधैं शंका गर्ने ? संसद्‌मा समेत कार्यक्षमता देखाउन नपाउने ?’

सभामुख विदेश जाँदा उपसभामुखलाई सभा सञ्चालनको अधिकार नदिनु समग्र महिलालाई हेर्ने दृष्टिकोण र उसको क्षमतामाथि शंका गर्ने प्रवृति रहेको सांसद यादवले बताइन् । उनले भनिन्, ‘यो उपसभामुखको मात्रै सवाल होइन । समग्र महिलालाई उपेक्षित गरेको हो कि होइन ? यसरी समुन्नत नेपाल बन्छ ?’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School