प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेको अमेरिकाको भिषा स्वीकृत भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपको भिषा स्वीकृत भएको जानकारी दिएको हो ।
भिषा स्वीकृत भएसँगै सन्दीप विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आजै बेलुका अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।