‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा



प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा

आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल सनसाइन स्टेट भनेर चिनिने अमेरिकाको फ्लोरिडामा लगातार बर्षाका कारण अन्यौलमा रहेको छ । स्थानीय समय अनुशार बेलुका साढे ७ बजे सुरु हुने खेल बर्षाका कारण अन्यौलमा परेको हो ।

समूह चरणको आफनो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्ने तय भएको थियो । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा खेल हेर्न नेपाली दर्शकहरुको भीड लागेपनि बर्षाका कारण दर्शकहरुमा निराशा छाएको छ ।

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा
खेल हेर्न फ्लोरिडा पुगेका नेपाली टोलीका समर्थकहरु । फोटो: अमित अभय अधिकारी

आज सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका थिए । उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने योजनामा रहेको थियो ।

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा
बर्षा रोकिने आशामा आकाशतिर हेर्दै नेपाली टोलीका समर्थकहरु । फोटो : अमित अभय अधिकारी

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब थियो । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका थिए । उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरेका थिए ।

‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा

विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।





Source link

2 thoughts on “‘सनसाइन स्टेट’मा लगातार बर्षा, नेपालले श्रीलङ्कासँग खेल्ने विश्वकपको दोस्रो खेल अन्यौलमा”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School