संघीय संसद्को चालू अधिवेशन अन्त्य : RajdhaniDaily.com

संघीय संसद्को चालू अधिवेशन अन्त्य : RajdhaniDaily.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालू अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसनुसार संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिश गरेको थियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले चालू चौथो अधिवेशन अन्त्य हुने जानकारी गराए ।

पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा संघीय संसद्का दुवै सदनको चालू अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ ।’

सभामुख घिमिरेले प्रनिनिधिसभाको चालू चौथो अधिवेशन अवधिभर भए गरेका काम कारबाहीको विवरणसमेत बैठकमा जानकारी गराएका छन् । प्रतिनिधिसभाको चौथो अधिवेशन गत २८ वैशाखमा सुरु भई ३१ भदौसम्म १ सय ३० दिन चलेको छ ।

जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा २ सय ६ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले जनाएका छन् । यस अवधिमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो ।

यस अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका र तीनवटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए ।

त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले सहमतिमै फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रूपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद प्रदीप पौडेल मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ संघीय संसद्का दुवै सदनबाट पारित भएको छ भने ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक’ र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएका छन् ।

त्यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ सम्बन्धित समितिमा विचाराधीन रहेको छ । साथै, अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त १० वटा विधेयकमध्ये चारवटा विधेयक पारित गरी फिर्ता पठाइएको छ । ‘विधायन विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस भएको छ भने चारवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् । यस्तै, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभामा प्रस्तुत मात्र भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यस अधिवेशनमा राष्ट्रिय सभाका ४० वटा बैठक बसेको जानकारी दिए । यस अवधिमा राष्ट्रिय सभाले १२ वटा विधेयक पारित गरेको र त्यसमध्ये राष्ट्रिय सभामा उत्पत्ति भएका दुईवटा विधेयक ऐनका रूपमा रूपान्तरित भएका छन् । राष्ट्रिय सभामै उत्पत्ति भएका थप दुईवटा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ विचाराधीन छन् ।

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक यस अधिवेशनको समयभित्र राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसकेको छ ।

सार्वजनिक सेवा प्रसारण विधेयक र नेपाल विश्वविद्यालय विधेयक राष्ट्रिय सभामै उत्पत्ति भएका र दुवै सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेका विधेयक हुन् । यी दुवै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको बजेट अधिवेशन कानुन निर्माणका लागि पनि उपलब्धिपूर्ण रहेको बताए । ‘टीआरसीजस्तो विषय सर्वसम्मत रूपमा पास भयो, समग्र प्रक्रियाका विषयमा भने अलि व्यवस्थित गराउनुपर्नेछ,’ बर्तौलाले भने । यस अधिवेशनमा देखिएको सांसदहरूबीच आरोप प्रत्यारोपको प्रवृत्ति भने सुधार गर्नुपर्ने उनले बताए ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विगतको अधिवेशनका तुलनामा वर्षे अधिवेशन उपलब्धिपूर्ण भएको बताए । ‘टीआरसी विधेयक पारित भयो, यो महत्वपूर्ण उपलब्धि हो,’ प्रमुख सचेतक पाण्डेले भने, ‘यससहित १० वटा विधेयक ऐनमा रूपान्तरित भएका छन्, यो विगतको अधिवेशनका तुलनामा प्रगति हो ।’

यद्यपि, निजामती विधेयक र विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन रहेको भुल्न नहुने उनले बताए । यी विधेयक पनि छिटो पारित गर्ने र संघीयता कार्यान्वयनमा फड्को मार्ने कार्य आगामी अधिवेशनमा हुनुपर्ने पाण्डेले बताए ।

यसैगरी, सभामुख घिमिरेले प्रतिनिधिसभाको चालू अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूको अनुपस्थितिको संख्यालाई बैठकले स्वीकृति गरेको जनाएका छन् ।

चालू अधिवेशनमा सांसदहरू गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा. नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा. सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित रहेका थिए । सांसदहरूको अनुपस्थितिको संख्यालाई बैठकले स्वीकृति जनाएको छ ।

प्रतिनिधिसभाका चारजना सांसद संसद्को चालू अधिवेशनभर नै सदनमा उपस्थित नभएका पाइएको छ । सभामुख घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमणलगायतका कारण पेस गरेका छन् । जसमा चार जना सांसद चालू अधिवेशनका ५६ वटै बैठकमा अनुपस्थित भएका छन् ।

सूचीनुसार नेपाली कांग्रेस सांसद मनोरमा शेरचन र अम्बिका बस्नेत, नेकपा एमालेका सांसद बसन्तकुमार नेम्वाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहरा सबैभन्दा बढी ५६ वटा बैठकमा अनुपस्थित भएका छन् ।

शेरचन थेरापी चलिरहेका कारण, नेम्वाङ मस्तिष्क घातको उपचाररत रहेका कारण र बोहरा स्वास्थ्य उपचारका कारण गत २८ वैशाखदेखि चालू अधिवेशनकै अन्तिम दिन ३१ भदौसम्म ५६ वटा बैठकमा अनुपस्थित भएका हुन् ।

नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने कुनै काम गर्नेछैन : प्रधानमन्त्री
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् ।

महासभामा उठाइने विषयमा सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीति’bout स्पष्ट गराउने बताए । उनले बैठकमा नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताए ।

‘विकास र समृद्धिका यात्रामा हाम्रा प्रयास र समस्या जे छन् र हाम्रो प्रयासमा अपुुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसंघमा राखिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल छिमेकीसँग असल सम्बन्ध राख्न चाहन्छ, छुद्र र जाली सम्बन्ध होइन, कसैसँग शत्रुता नभइ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’

प्रधानमन्त्री ओलीले आफूहरूले मुलुक र जनताका लागि राजनीति गर्ने, आजका लागि र त्यसभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट पारे । महासभामा ‘फ्युचर समिट’मा सम्बोधन गरी मानवजाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको ‘इको–सिस्टम’’bout नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै प्रधानमन्त्री ओलीले हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए ।

उनले अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टर्नस्थित हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणाली’bout प्राज्ञिक दृष्टिकोण राख्ने जनाएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएको प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराए ।

(Visited 27 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School