शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब

शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब



प्रकाशित मिति : श्रावण २६, २०८१ शनिबार

बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ ।

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिनुभयो ।

“यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ ”, उहाँले भन्नुभयो ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,“यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्। म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ”, उहाँले बताउनुभयो ।

सजीबले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ”, उहाँले भन्नुभयो ।

उहाँले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पार्नुभएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School