नेपाली समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू छन् । धेरै पर्वमध्ये तीज, दसैं तथा तिहार मुख्य पर्वहरू हुन् । अहिले यस वर्षका लागि तीज र दसैं सकिएको अवस्था छ । नेपाली समाजमा तिहारको माहोल आएको छ । तिहार प्रत्येक वर्ष शरद ऋतुमा आउने देशको एउटा महत्वपूर्ण सांस्कृतिक पर्व हो । यस पर्वलाई कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइन्छ । तिहारलाई पूmल र बत्तीको पर्व पनि भन्ने गरिन्छ । हाम्रो शास्त्रीय मान्यतानुसार उज्यालोलाई समृद्घिको प्रतीकका रूपमा लिइन्छ । हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने तिहार पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्घिको पर्व पनि भनिन्छ ।
तिहार पाँच दिनसम्म मनाइन्छ । यस पर्वलाई पाँच दिनसम्म मनाउनुका पछाडि यसको महत्वपूर्ण अर्थ छ । सांस्कृतिक मान्यतानुसार यस पर्वमा मृत्युका देवता यमराजको समेत पूजा गर्ने चलन छ । त्यसैले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भन्ने गरिन्छ । किंवदन्तीनुसार मृत्युका देवता यमराज पाँच दिनसम्म आप्mनो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर यमुनाको घरमा गए । यमराज आएको खुसियालीमा यमुनाले दीपावली गरी भाइको पूजा गरेकीले दिदीको स्वागतमा यमराजले खुसी व्यक्त गर्दै आउने दिनहरूमा दिदीबहिनी र दाजुभाइहरूका बीचमा टीका लगाउने चलन हुनेछ भनेकाले तिहार पर्वको सुरुवात भएको भन्ने शास्त्रीय कथन छ ।
तिहारका पाँचै दिन आफैंमा अत्यन्त महत्वपूर्ण छन् । तिहारको पहिलो दिन यमदूत कागको पूजा गरिन्छ । यसैगरी, क्रमशः दोस्रो दिन द्वारपाल कुकुर, तेस्रो वैतरणी तार्ने गाई, शिवको वाहन तथा धर्ती सेवक गोरूको पूजा गरेपछि पाँचौं दिनमा भाइ पूजा हुन्छ । तिहारको अन्तिम दिन वा कात्तिक शुक्ल द्वितीयाका दिन शास्त्रीय विधानअनुसार दिदीबहिनीले दाजुभाइको दीर्घायु र आरोग्यको मंगलमय कामना गर्दै सप्तरंगी टीका र मखमली, सयपत्री तथा दुबोको माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ । दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइहरूले पनि आप्mना दिदीबहिनीहरूलाई आपूmसक्दो दक्षिणा दिने चलन छ ।
यसरी हेर्दा तिहारले हाम्रो समाजमा दाजुभाइ, दिदीबहिनीहरूका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने अवसर जुटाइदिएको छ । यसरी पारिवारिक दृष्टिकोणले हेर्दा पनि तिहारलाई अत्यन्त महत्वपूर्ण पर्वका रूपमा मानिन्छ ।
विशेषतः तिहारमा सम्पत्तिकी देवी महालक्ष्मीको भव्यताका साथ पूजा–अर्चना गरिन्छ । पूर्वीय दर्शनमा लक्ष्मीलाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्घि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीका रूपमा मान्ने चलन छ । यसका साथै हिन्दू धर्मालम्बीहरूले गाईलाई लक्ष्मीको अवतारका रूपमा मान्ने चलन भएकाले लक्ष्मीका रूपमा गाईको पनि विशेष पूजा गर्ने चलन छ ।
लक्ष्मी पूजामा आधुनिक विज्ञान र प्रविधिको विकासका रूपमा रहेको बिजुली बत्तीको पूर्णरूपमा उपयोग भएको पाइन्छ । एकातिर विद्युत्को पहुँच भएका ठाउँमा मानिसहरूले विभिन्न रंगी विरंगी बत्तीहरू बालेर घरको पूजाकोठालगायत घरलाई बिजुली बत्तीले सजाउने चलन बढ्दो छ भने अर्कोतिर लक्ष्मी पूजाको दिन आ–आप्mना घरहरू सफा सुग्घर गरी घरको ढोकादेखि पूजाकोठासम्मको बाटोमा रातोमाटोले लिपेर लक्ष्मीको आह्वान गर्ने चलन रहेको छ ।
समाज परिवर्तनशील छ । सामाजिक परिवर्तनसँगसँगै समाजका मूल्य र मान्यताहरू पनि परिवर्तन हुँदै जान्छन् । हाम्रा मेला, पर्व, संस्कृति र चलनमा पनि काफी परिवर्तन आइरहेका छन् । तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महत्व हुँदाहँुदै पनि यसभित्रका विकृति र विसंगति संस्कृतिका रूपमा विकास हुनु राम्रो होइन । तिहारका नाममा पटका पड्काउने, जुवातास खेल्ने, मादकपदार्थ सेवन गर्ने, झैझगडा गर्नेजस्ता सामाजिक विकृति हुनुहुँदैन
लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाले सिँगार्ने प्रचलन छ । यस दिन धनको सिंहासन मूल ढुकुटीको विशेष रूपमा पूजा–अर्चना गरिन्छ । यस कोणबाट हेर्दा शास्त्रीय मान्यतामा आधुनिकताको सजावट पनि सुनमा सुगन्धजस्तो भएको छ । वैदिक परम्परानुसार लक्ष्मी मातालाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्घि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीका रूपमा मान्ने चलन छ । यस दिन विशेष गरेर हिन्दू धर्मालम्बीहरूले आ–आप्mना घरलाई लिपपोत, सरसफाइ गरी, घरको ढोकादेखि पूजाकोठासम्म रातोमाटोले लिपेर, अबिर, चामलको पिठो र पूmलहरूले बाटोलाई सजाएर लक्ष्मीको आह्वान गर्ने चलन छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाहरूले सिँगारी यस दिन धनको सिंहासन मूल ढुकुटीमा बत्ती बालेर विशेष रूपमा पूजाआजा गरिन्छ । यस प्रकारका क्रियाकलापले सकारात्मक चिन्तनको विकास र आत्मविश्वास बढाउँछ । खुसीको सञ्चार बढाउने पर्वका रूपमा तिहारले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
तिहारमा महालक्ष्मीको पूजा–अर्चना गरेपछि घरघरमा दीपावली गरी भैलो र देउसी खेल्ने चलन छ । भैलो, देउसीले साथीभाइको जमघट हुने, नाचगान गर्ने आशीष आदान–प्रदान गर्ने र भेटघाटमा खुसियाली मनाउने वातारणले तिहारको रमाइलोपनको महसुस गराउँछ । तर, आजभोलि देउसी, भैलो कार्यक्रमभित्र पनि विकृति र विसंगति भित्रिएका छन् ।
भैलो र देउसीलाई आयआर्जनको स्रोत बनाउन र जम्मा भएको रकमले वनभोज तथा ककटेल पार्टीहरू गर्ने संस्कृति बढिरहेको छ । वास्तवमा यो नवनिर्मित संस्कृति हो । यस संस्कृतिले परम्परा र सांस्कृतिक मान्यताको विपरीत भौतिकवादी चिन्तनलाई प्रसय दिएको पाइन्छ । आप्mनो इच्छाले दान गर्न चाहनेहरूले जति सकिन्छ, त्यति दान गर्नु स्वाभाविक हो । तथापि रकम तोकेर भैलो, देउसी खेल्ने र जम्मा भएको रकम दुरुपयोग गर्ने सामाजिक विकृतिको अन्त्य गरिनुपर्छ ।
तिहार हाम्रो सांस्कृतिक पर्व हो । यो पर्व हाम्रो सभ्यताको एउटा उत्कृष्ट नमुना हो । परन्तु आजभोलि तिहारको वहानामा मादकपदार्थ सेवन गरी झैझगडा गर्ने जस्ता सामाजिक विकृतिहरू बढिरहेका छन् । चाडपर्वहरूलाई आपूmअनुकूल उपयोग गरी सामाजिक अनुशासनमा खलल पु¥याउने जस्ता क्रियाकलापहरू कसैले पनि गर्नुहुँदैन । तिहारको लोकोत्सव नेपालीहरूका घरआँगनमा समृद्घिको वाहक बनेर आउनुपर्छ ।
तिहारका आडमा हुने हरेक किसिमका सामाजिक विकृतिहरू निर्मूल गर्नु हामी सबैको साझा कर्तव्य हो । तिहारलाई भड्किलो, महँगो र देखासिखीको चाड बनाउनुहुँदैन, नबनाऔं पनि । यसको सांस्कृतिक र शास्त्रीय मौलिकपन, मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै तिहार मनाउने व्यावहारिक तथा सरल उपायहरू अवलम्बन गर्न आवश्यक छ, यसै गरौं ।
देउसी भैलोमा गरिने नाचगानको रमाइलोपनले साथीभाइको जमघट हुने, खुसियाली आदानप्रदान गर्ने, आपसी सद्भाव बढाउने वातारणको सिर्जना गर्छ, रमाइलोपनको महसुस गराउँछ । तर, आजभोलि देउसी, भैलो कार्यक्रमभित्र पनि विकृति र विसंगतिहरू मौलाउने र व्यवहारमा अभ्यास गर्ने कुराले तिहारजस्तो सांस्कृतिक पर्वको महत्व घटाउँछ । आप्mनो इच्छाले दान गर्न चाहानेहरूले जति सकिन्छ त्यति दान गर्नु स्वाभाविक हो । परन्तु रकम तोकेर भैलो, देउसी खेल्ने, अरूलाई सताउने र जम्मा भएको रकमको दुरुपयोग गर्ने काम राम्रो होइन ।
तिहारमा तास, जुवा खेल्ने चलन पनि नयाँ सामाजिक मूल्यका रूपमा विकास हुँदै आएको पाइन्छ । कतिपय मानिसहरूले तिहारलाई तासजुवा खेल्ने पर्वका रूपमा पनि लिने गरेको पाइन्छ । ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वार्वाद’ भन्ने लोकोक्ति जुवाडेहरूको जीवनमा लागू नहोला भन्न सकिँदैन । यसो हुनु तिहारको विकृति हो ।
तिहारमा रमाइलोका रूपमा पटका पड्काउँदा अंगभंग हुने, मादकपदार्थ सेवन गरी झैझगडा गर्ने जस्ता घटनाहरू पनि हुने गरेका छन् । यस्ता कार्यहरू तिहारसँग जोडिएका पक्षहरू होइनन् । आधुनिकताका नाममा भित्रीएका विसंगतिहरू हुन् ।
समाज परिवर्तनशील छ । सामाजिक परिवर्तनसँगसँगै समाजका मूल्य र मान्यताहरू पनि परिवर्तन हुँदै जान्छन् । हाम्रा मेला, पर्व, संस्कृति र चलनहरूमा पनि काफी परिवर्तन आइरहेका छन् । तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महत्व हुँदाहँुदै पनि यसभित्रका विकृति र विसंगतिहरूलाई संस्कृतिका रूपमा विकास हुनु राम्रो होइन । तिहारका नाममा पटका पड्काउने, जुवातास खेल्ने, मादक पदार्थ सेवनगर्ने, झै–झगडा गर्ने जस्ता सामाजिक विकृतिहरू हुनुहुँदैन ।
अन्त्यमा तिहारको सांस्कृतिक सौन्दर्यलाई आधुनिकताको नवनिर्मित व्यवहारले किमार्थ फिका बनाउनुहुँदैन । तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ, सुशोभित छ । तसर्थ, यस चाडको महत्वका ’boutमा घर, परिवार र समाजका अग्रज पुस्ताले नयाँ पिँढीलाई सिकाउनुपर्छ, बुझाउनुपर्छ । यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महत्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जान्छन् र हाम्रा सांस्कृतिक पर्वहरूको संरक्षण हुँदै जान्छ ।
(Visited 4 times, 1 visits today)