शनिबारदेखि अमेरिकामा प्रतिबन्धको तयारीमा रहेको टिकटक किन्ने अमेजनको अफर



प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

शनिबारदेखि अमेरिकामा प्रतिबन्धको तयारीमा रहेको टिकटक किन्ने अमेजनको अफर

अमेजनले टिकटक खरिदका लागि अफर गरेको ट्रम्प प्रशासनका एक अधिकारीले बुधबार खुलासा गरेका छन्। यो प्रस्ताव अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू हुने समय शनिबार नजिकिँदै गर्दा अन्तिम घडीमा आएको हो। ती अधिकारीले अमेजनको प्रस्ताव उपराष्ट्रपति जेडी भान्स र कमर्श सेक्रेटरी हावर्ड लटनिकलाई पत्रमार्फत पेश गरिएको बताएका छन् ।

न्यूयोर्क टाइम्सले यो अफरको बारेमा पहिलो पटक रिपोर्ट गरेको थियो। कानुनअनुसार टिकटकको चिनियाँ स्वामित्वको मूल कम्पनी बाइटडान्सले प्लाटफर्मलाई स्वीकृत खरिदकर्तालाई बेच्नुपर्ने वा अमेरिकामा बन्द गर्नुपर्ने प्रावधान छ। ट्रम्पले प्रतिबन्धको रोकलाई थप विस्तार गर्न सक्ने संकेत गरेका छन्, तर उनले शनिबारसम्म कुनै सम्झौता हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

अमेजनको अफर बुधबार ट्रम्पले टिकटक बिक्रीको आगामी समयसीमाबारे वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न तय भएको समयमा बाहिर आएको हो। बाइटडान्सले टिकटक बेच्ने योजना बनाएको छ कि छैन भन्ने स्पष्ट नभए पनि विगत केही महिनामा धेरै सम्भावित अफरहरु अगाडि आएका छन्। सम्भावित लगानीकर्ताहरूमा सफ्टवेयर कम्पनी ओरेकल र लगानी फर्म ब्ल्याकस्टोन पनि छन्। ओरेकलले सन् २०२० मा टिकटक ग्लोबलको १२ दशमलव ५ प्रतिशत हिस्सेदारी लिएको घोषणा गरेको थियो, जुन उसले एपको क्लाउड प्रविधि प्रदायकको रूपमा व्यवसाय सुरक्षित गरेपछि भएको थियो।

शनिबारदेखि अमेरिकामा प्रतिबन्धको तयारीमा रहेको टिकटक किन्ने अमेजनको अफर

शनिबारदेखि अमेरिकामा प्रतिबन्धको तयारीमा रहेको टिकटक किन्ने अमेजनको अफर

जनवरीमा एआई स्टार्टअप पर्प्लेक्सिटीले बाइटडान्सलाई मर्जर प्रस्ताव पेश गरेको थियो, जसले पर्प्लेक्सिटीको व्यवसायलाई टिकटकको अमेरिकी सञ्चालनसँग संयोजन गर्ने थियो। गत महिना कम्पनीले आफ्नो ब्लग पोस्टमा टिकटक पुनर्निर्माण गर्ने आफ्नो दृष्टिकोणको खाका प्रस्तुत गरेको थियो, जसमा उसले एकाधिकार सिर्जना नगरी टिकटक एल्गोरिदम पुनर्निर्माण गर्न एकमात्र स्थितिमा रहेको तर्क गरेको थियो ।

लगानीकर्ताहरूको समूहद्वारा कुनै पनि अधिग्रहणले प्रभावकारी रूपमा बाइटडान्सलाई एल्गोरिदमको नियन्त्रणमा राख्न सक्छ, जबकि कुनै प्रतिस्पर्धीले अधिग्रहण गरेमा छोटो भिडियो र सूचना क्षेत्रमा सम्भवतः एकाधिकार सिर्जना हुने र्प्लेक्सिटीले आफ्नो पोस्टमा बताएको थियो । कम्पनीले टिकटक एल्गोरिदम पुनर्जनन गर्ने र पूर्वाधार अमेरिकी डेटा सेन्टरहरूमा अमेरिकी निरीक्षणसहित विकास र कायम राखिने सुनिश्चित गर्ने बताएको थियो ।

अन्य सम्भावित अफरहरुमा अर्बपति व्यवसायी फ्रान्क म्याककोर्टले संगठित गरेको समूह पनि छ, जसले हालै रेडिटका सह संस्थापक एलेक्सिस ओहानियालाई रणनीतिक सल्लाहकारको रूपमा भर्ना गरेको छ। समूहका लगानीकर्ताहरूले टिकटकको अमेरिकी प्लाटफर्मका लागि बाइटडान्सलाई २० बिलयन डलर नगद प्रस्ताव गरेको बताएका छन्।

पेरोल फर्म एम्प्लोयर डट कमका संस्थापक जेसी टिन्स्लीले पनि एउटा समूह संगठित गरेको र बाइटडान्सलाई प्लाटफर्मका लागि ३० बिलियन डलरभन्दा बढी प्रस्ताव गरेको बताएका छन्। व्योमिङका साना व्यवसायी रीड रास्नरले पनि बाइटडान्सलाई करिब ४७ दशमलन ५ बिलियन डलर प्रस्ताव गरेको घोषणा गरेका छन्।

एफबीआई र संघीय सञ्चार आयोग दुवैले बाइटडान्सले प्रयोगकर्ताको डेटा चीनको सरकारसँग साझा गर्न सक्ने चेतावनी दिएका छन्। टिकटकले यो कहिल्यै नगरेको र मागिए पनि नगर्ने बताएको छ। अमेरिकी सरकारले त्यसको प्रमाण प्रदान गरेको छैन।

शनिबारदेखि अमेरिकामा प्रतिबन्धको तयारीमा रहेको टिकटक किन्ने अमेजनको अफर





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School