वैदेशिक रोजगार विभागको आग्रह: थप कागजात लिएर मात्र विमानस्थल जानू



प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार

वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाँदा थप कागजातहरू आवश्यक पर्ने जनाएको छ। विभागले वैदेशिक रोजगारीमा जाने सम्पूर्ण श्रमिकहरूलाई विमानस्थल जाँदा अनिवार्य रूपमा आवश्यक कागजात साथमा लिएर मात्र गन्तव्य मुलुकतर्फ प्रस्थान गर्न अनुरोध गरेको हो।

विभागले एक विज्ञप्ति जारी गर्दै, यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल वा रसिद (संस्थागत र व्यक्तिगत दुवैको हकमा) अनिवार्य रूपमा साथमा राख्न भनेको छ।

यदि श्रमिक म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हो भने, सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कवापतको आधिकारिक रसिद समेत साथमा राख्न विभागले आग्रह गरेको छ।

सबै इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीका सम्बन्धमा श्रमिकबाट लिएको सेवा शुल्कवापतको भौचर, रसिद वा भरपाइ अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउन समेत विभागले निर्देशन दिएको छ। रासस





Source link

Leave a Comment