विश्व व्यापार संगठनमा अमेरिका विरुद्ध क्यानडाको उजुरी



प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिका विरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा क्यानडाले उजुरी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति विरोध जनाउदै क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिएको छ ।

क्यानडाबाट अमेरिका पठाइने कार र कारका सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी कदमका सम्बन्धमा डब्ल्यूटीओमा क्यानडाले उजुरी दिएको हो ।

विश्व व्यापार संगठनमा अमेरिका विरुद्ध क्यानडाको उजुरी

विश्व व्यापार संगठनमा अमेरिका विरुद्ध क्यानडाको उजुरी

अमेरिकामा निर्माण नगरिएका सबै कार र कारका पार्टपुर्जाका लागि अतिरिक्त कर लागू भएको दिन गत बिहीबार नै यो विरोध दर्ता गरिएको थियो ।

तर यो सोमबार मात्र डब्ल्यूटीओका सदस्यहरूलाई क्यानडाले अमेरिका विरुद्ध दर्ता गरेको उजुरीका विषयमा जानकारी दिइएको छ ।

अन्तर्राष्ट्रिय व्यापार कानून अन्तर्गत अमेरिकाको दायित्वहरूसँग असङ्गत’ करहरू लगाएको क्यानडाले आरोप लगाएको छ ।

क्यानडाले अमेरिकाबाट आयात हुने दशौँ हजार सवारी साधनमा २५ प्रतिशत कर लगाउने बिहीबार बताएको छ ।

गत जनवरीमा सत्तामा आएदेखि नै ट्रम्पले अमेरिका आयात हुने विभिन्न सामानमा कर वृद्धिको घोषणा गरेका थिए ।

विश्व व्यापार संगठनमा अमेरिका विरुद्ध क्यानडाको उजुरी

ट्रम्पले गत बुधबार घोषणा गरेको विश्वव्यापी करबाट क्यानाडा धेरै हदसम्म जोगिएको थियो ।

किनकि अमेरिकाले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको अधिकांश उत्पादनहरू समावेश भएअनुरूपका सामानहरूलाई छूट दिएको थियो ।

अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मध्येको एक क्यानडाले स्टिल, आल्मुनियम र अन्य उत्पादनमा अझै पनि करको सामना गरिरहेको छ ।

कार र र सवारी साधनका सामानहरूमा कर वृद्धिले विशेष गरी उत्तर अमेरिकामा समस्या उत्पन्न हुने अपेक्षा गरिएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School