विश्वप्रकाश लक्षित ओलीको टिप्पणीः गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको छ

विश्वप्रकाश लक्षित ओलीको टिप्पणीः गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको छ


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको आरोप लगाएका छन्।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै काँग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको बताए। केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले कम्युनिष्टहरुको सत्ता समीकरण बनेसँगै अब गालीको कुटिर उद्योग बन्द हुने भन्दै अध्यक्ष ओलीप्रति टिप्पणी गरेका थिए। सोही विषयमा अध्यक्ष ओलीले नेकपा एमालेको बिरुद्धमा झुटो बोलेर र बेइमानी गरेर काँग्रेसले नै गालीको कुटिर उद्योग चलाएको बताए।  

उनले भने, ‘अस्ति एउटा थोत्रा पार्टीको मान्छेले एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ। गालीको कुटिर उद्योग बन्द हुन्थ्यो, कुटिर उद्योग नै होइन नि यो। किन चलाउनुपर्छ उद्योग। चलाउनै पर्दैन नि। गालीको कुटिर उद्योग त उनीहरुले चलाइरहेका छन्। हाम्रा बिरुद्ध झुट बोलेर, बेइमानी गरेर। त्यो सारा सुनका केजाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन।’

प्रकाशित: १३ चैत्र २०८० १९:५६ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School