विश्वकप फुटबल: स्पेन १६ वर्षपछि क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरियो



प्रकाशित मिति : २२ असार २०८३, सोमबार

विश्वकप फुटबल: स्पेन १६ वर्षपछि क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरियो

फोटो :एपी/रासस

स्पेन विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १–० को गोल अन्तरले हराउँदै पूर्व विश्वविजेता स्पेन १६ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।

अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नुपर्नेछ। मिकेल मेरिनोले अतिरिक्त समयमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बन्यो।

मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेका थिए।

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो। यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ।

यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो। सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन।





Source link

Leave a Comment