विश्वकप फुटबल: पोर्चुगल प्रिक्वार्टरफाइनलमा, स्पेनसँगको भिडन्त पक्का



प्रकाशित मिति : १८ असार २०८३, बिहिबार

विश्वकप फुटबल: पोर्चुगल प्रिक्वार्टरफाइनलमा, स्पेनसँगको भिडन्त पक्का

फोटो :एपी/रासस

पोर्चुगल फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनलमा पुगेको हो।

खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिइरहेका बेला गोन्सालो रामोसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि पोर्चुगलको जित सम्भव भएको हो। अब पोर्चुगलले क्वार्टरफाइनलमा स्थान बनाउनका लागि पूर्वविश्वविजेता स्पेनको सामना गर्नुपर्नेछ।

खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगलले क्रिस्टियानो रोनाल्डो र रामोसको गोलको मद्दतमा पुनरागमन जित हात पार्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका रामोसले इन्जुरी समयको चौथो मिनेटमा उत्कृष्ट हेडिङमार्फत गोल गरेका थिए।

त्यसअघि, खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ६८औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। यो जितसँगै पोर्चुगल र कप्तान रोनाल्डोको विश्वकप यात्रा कायमै रहेको छ।

प्रतिस्पर्धात्मक रहेको यस खेलमा क्रोएसियाका दुई र पोर्चुगलको एक गोलले मान्यता पाएका थिएनन्। यसैगरी, पोर्चुगलले प्राप्त गरेको पेनाल्टीको निर्णयसमेत विवादरहित रहन सकेन।





Source link

Leave a Comment