विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जितसँगै बेल्जियम प्रिक्वाटरफाइनलमा



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जितसँगै बेल्जियम प्रिक्वाटरफाइनलमा

फोटो :एपी/रासस

उत्कृष्ट पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल रङ्गशालामा भएको रोमान्चक खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको हो।

निर्धारित ९० मिनेटको समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। खेलको ८५औँ मिनेटसम्म सेनेगल २–० को अग्रतासहित जितनजिक पुगेको थियो।

तर, रोमेलु लुकाकु र टोलीको उत्कृष्ट प्रदर्शनले बेल्जियमलाई खेलमा फर्कायो। अतिरिक्त समयको पनि अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो, जसमा कप्तान युरी थिलेमन्सले गोल गर्दै टोलीलाई ३–२ को ऐतिहासिक जित दिलाए।

कप्तान थिलेमन्सले १२५औँ मिनेटमा गरेको यो गोल विश्वकप इतिहासकै अहिलेसम्मको सबैभन्दा ढिलो गोलसमेत बनेको छ। यो हारसँगै सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ।

यसअघि नै अफ्रिकी महादेशका दक्षिण अफ्रिका, आइभोरी कोस्ट र डीआर काङ्गो राउन्ड अफ ३२ मा पराजित हुँदै बाहिरिइसकेका छन्। अब केप भर्डे, इजिप्ट, घाना र अल्जेरियाले राउन्ड अफ ३२ मा खेल्न बाँकी छ। मोरक्कोले भने नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ।

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जितसँगै बेल्जियम प्रिक्वाटरफाइनलमा

यस विश्वकपमा १० अफ्रिकी राष्ट्र सहभागी भएकोमा ९ टोली नकआउट चरणमा पुग्न सफल भएका थिए। तर, नकआउट चरणमा मोरक्कोबाहेक अहिलेसम्म खेलेका अन्य सबै अफ्रिकन टोली पराजित भएका छन्।

बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





Source link

Leave a Comment