विश्वकप छनोट फुटबल : गोलकै लागि नेपालको संघर्ष

विश्वकप छनोट फुटबल : गोलकै लागि नेपालको संघर्ष


२३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले हाल दोस्रो चरण खेलिरहेको छ । समूह एचमा नेपालले ४ खेल खेलिसक्दा पनि गोलविहीन छ ।

नेपालले अहिलेसम्म खेलेको चार खेलमा १४ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन । अहिले नेपालले खेल जित्नेभन्दा पनि बाँकी रहेका २ खेलमा गोल गर्न नै संघर्षरत् छ । समूह एचमा लगातार ४ हारबाट अंक तालिकाको पुछारमा रहेको नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावनाबाट पनि बाहिरिइसकेको छ ।

नेपाल यतिबेला समूहको अन्तिम २ खेल खेल्न साउदी अरेबियामा छ । बाँकी रहेको २ खेललाई नेपालले एसियन कप छनोटको तेस्रो चरणको तयारीको रुपमा लिएको छ । नेपालले जुन ६ मा युएई तथा जुन ११ मा यमनसँग साउदीको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियममा खेल्ने तालिका छ ।

खासमा नेपालले युएईसँग घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर एएफसीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालमा खेलाउन लायक नभएको बताएपछि साउदी गएर न्युट्रल भेन्युमा खेल्न लागेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस पनि गोल गर्नुपर्ने कुरामा स्वीकार गर्छन् तर त्यो सबै खेलको अवस्था हेरेर हुने उनको तर्क छ । ‘निश्चय पनि हामीले गोल गर्नुपर्छ । यो विपक्षी टिमको अवस्था पनि भर छ’, उनी भन्छन् ।

यसअघिका दुबईमा भएको अवे म्याचमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो । त्यसपछि घरेलु मैदानमा यमनसँग खेल्दा नेपाल २-० ले पराजित भयो । बहराइन विरुद्धको होम र अवे दुवै म्याच नेपालले बहराइनमा गएर खेलेको थियो । होम म्याचको रुपमा रहेको पहिलो खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भयो । त्यसपछि अवे म्याचमा नेपाल ३-० ले पराजित भयो ।

नेपाली महिला टिमका पूर्व प्रशिक्षक अनन्त थापा लगातार गोल नगर्दा नेपाललाई गोल गर्ने चुनौती बढ्दै जाने बताए । ‘निश्चय नै नेपालाई गोल गर्न च्यालेन्ज छ । गोल गर्न नसक्नु मुख्य कारण भनेको हामीले खेलेको टिमहरु हामीभन्दा राम्रो माथिल्लो स्तरका छन्’, उनले भने, ‘युएई एसियाकै बलियो टिममध्ये पर्छ । त्यही भएर गोल गर्न गाह्रो भाछ ।’

राष्ट्रिय टिमका पूर्व मिडफिल्डर समेत रहेका थापा नेपाली टिमले डिफेन्समा कडाइ गरेर ‘काउन्टर अट्याक’मा जोड दिनुपर्ने बताउँछन् । ‘रणनीति पनि त्यही हो तर सफल हुन सकिरहेको छैन’, उनी भन्छन्, ‘युएईसँग खेल्दा डिपेन्सिभ खेलेर काउन्टर नै गर्ने हो । हामीले स्पीड फरवार्ड युज गरेर गोलको लागि प्रयास गर्ने हो ।’

यमन नेपालकै समान स्तरको टोली रहेकोले नेपालले गोल गर्दै जितका लागि खेल्नुपर्ने थापाले बताए । यमनसँग सकभर जितका लागि नभए बराबरी नतिजाका लागि खेल्नुपर्ने उनको सुझाव छ ।

अन्जनको अभाव

यस पटक नेपाली टिममा मुख्य फरवार्ड अन्जन विष्ट छैनन् । उनी हरि खड्का र निराजन रायमाजी सँगै नेपालका लागि सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पछिल्लो समय नेपालको मुख्य गोलकर्ता उनै अन्जन थिए । तर चोटका कारण उनले अन्तिम दुई खेल गुमाउने छन् ।

विश्वकप छनोट फुटबल : गोलकै लागि नेपालको संघर्ष

नेपालले गरेको पछिल्लो चार अन्तर्राष्ट्रिय गोलमध्ये दुई गोल अन्जनले नै गरेका छन् । आशिष चौधरी र मनिष डाँगीको नामा एक-एक गोल छ ।

नेपालका लागि पछिल्लो गोल गर्ने खेलाडी मनिष नै हुन् । उनले विश्वकपको प्रारम्भिक छनोट अन्तर्गत लाओसविरुद्धको दोस्रो लेगमा नेपालका लागि गोल गरेका थिए । उनै गोलमा अवे म्याच १-० ले जित्दै नेपालले लाओसलाई समग्रमा २-१ ले हराएर विश्वकप छनोटको दोस्रो चरणमा पुगेको थियो ।

अन्जन थप एक गोल गरेमा नेपालका लागि १४ गोल गर्ने कीर्तिमान बनाउनेछन् । तर तत्कालका लागि भने त्यो सम्भावना टरेको छ । यसअघि बहराइन विरुद्धको पहिलो खेलमा घाइते भएका अन्जनले दोस्रो खेल गुमाएका थिए । त्यसपछि उनी इंग्ल्याण्ड भ्रमणमा गएका थिए ।

अहिले पहिलेकै चोट बल्झँदा उनी टिममा छैनन् ।

कप्तान किरण चेम्जोङले अन्जन अनुभवी खेलाडी रहेकोले मिस हुने बताए । ‘निश्चय नै हामी अन्जनलाई मिस गर्छौँ । उनी अनुभवी खेलाडी हुन्’, किरणले भने ।

प्रशिक्षक एनेसले अन्जन बाँकी दुई खेलका लागि तयार नरहेको अन्जनको अनुपस्थित टिमको लागि लस हुने बताए । ‘अन्जन  बिग लस हो । किनकी उसँग गोल गर्ने क्षमता छ । नयाँ खेलाडीलाई पावर लिने क्षमता छ । नेपालक लागि संयुक्त रुपमा सर्वाधिक गोल गर्ने अनुभवी खेलाडी हुन्’, प्रशिक्षक एनेसले भने, ‘अन्जनलाई कीर्तिमान ब्रेक गरोस् भन्ने चाहना थियो । तर दुर्भाग्य इंग्ल्याण्ड टुरमा उनको चोट बल्झियो । अहिले हाम्रो टिममा जो छन् उसैमा विश्वास गर्नुपर्छ ।’

यस्तै प्रशिक्षक अनन्त थापाले पनि अन्जनको अभाव खड्किने बताए । ‘अन्जन नहुँदा केही असर पक्कै हुन्छ । किनभने उ नेपालको ‘अल टाइ हाइएस्ट स्कोरर’ पनि हो । उसको पाएको अवसरमा गोल गर्ने धेरै चान्स हुन्छ । उ नहुँदा चुनौती हुन्छ’, उनले भने ।

यसअघि बहराइन विरुद्ध टिममा रहेका अञ्जनसहित दिनेश हेन्जन उत्सव राई पनि चोटका कारण हाल टिममा छैनन् । बहराइन विरुद्ध खेल्न गएको टिममा अहिले ६ खेलाडी परिवर्तन भएको छ । अन्जन, दिनेश र उत्सवसहित समिर तामाङ, रोहन कार्की र अजय चौधरी अहिले टिममा छैनन् । यस्तै दुई नयाँ खेलाडी बसन्त र आशिकबाबुसहित रोहित,आयुष र विमल पाण्डे टिममा फर्केका छन् । यस्तै आशिष राईले पनि टिममा पुनरागमन गरेका छ ।

कम अनुभवी फरवार्ड लाइन

अन्जनको अनुपस्थितिमा नेपाल राष्ट्रिय टिमको फरवार्ड लाइन कम अनुभवी देखिएको छ । आयुष घलानको पुनरागमनले केही उत्साहित भएपनि अन्य फरवार्ड नयाँ छन् ।

आयुषसँगै नेपालको फरवार्डमा जिलेस्पीजंग कार्की, सन्जिव विष्ट, हिसुव थपलिया र आशिष बाबु चौधरी छन् । आयुषबाहेक बाँकी खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेको एक वर्ष पनि भएको छैन । अझ आशिष बाबु त पहिलो पटक राष्ट्रिय टिममा परेका खेलाडी हुन् ।

विश्वकप छनोट फुटबल : गोलकै लागि नेपालको संघर्ष

जिलेस्पी, सन्जिव र हिसुव पनि नेपाली टोलीमा नियमित पहिलो रोजाइका खेलाडी होइनन् । तर खेलाडीहरु पलायन भइरहनु अनुभवी खेलाडी अन्जन नहुनुले अब फरवार्डको जिम्मेवारी यी जिलेस्पी सन्जिव हिसुवको काँधमा आएको छ । नेपालका लागि हिसुवले ८, जिलेस्पीले ७ र सन्जिवले २ खेल मात्र खेलेका छन् । आशिकले डेब्यु गर्न बाँकी छ । टिममा पुनरागमन गरेका आयुषले २२ खेलमा नेपालका लागि २ गोल गरेका छन् ।

फरवार्ड लाइनमा रहेका जिलेस्पी, सन्जिव र हिसुवले नेपालका लागि गोल गर्न सकेका छैनन् । आयुष घलानले नेपालक लागि एक गोल गरेका छन् ।

यस्तै अनुभवी खेलाडीका रुपमा रहेका परवार्ड हुन् भरत खवास । तर पछिल्लो समय उनले नियमित खेल्ने अवसर पाएका छैनन् र पहिलेको जस्तो गोल गर्न चुस्त पनि छैनन् ।

मुख्य प्रशिक्षक एनेस भने नेपालको फरवार्ड लाइनमा कमजोरी स्वीकार गर्न तयार भएनन् । उनले नेपालमा लिग र नियमित अभ्यास नहुँदा समस्या देखिएको बताए । ‘इमादार भएर भन्नुपर्दा नेपाल नेसनल टिममा हामीलाई पर्याप्त ट्रेनिङ, तयारी गर्ने समय छैन,’ एनेसले भने, ‘हामीसँग नियमित लिग छैन । यो नै मुख्य समस्या हो ।’

उनले अहिले नेपालमा उपलब्ध भएका मध्ये उत्कृष्ट टिममा बनेको र टिम राम्रो सेपमा रहेको दाबी गरे। ‘अहिले भएका खेलाडीहरुमा विश्वकप छनोट खेल्ने क्षमता छ  र केही गर्न सक्ने क्षमता छ’, उनले भने ।

एसियन कप छनोटका लागि अनुभव लिने अवसर

विश्वक छनोटको होडबाट बाहिरिसकेकोले नेपालका लागि अन्तिम दुई खेल एसियन कपको तेस्रो चरणको छनोटका लागि अनुभव बटुल्ने अवसर हुनेछ ।

कप्तान किरण र प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आउने छनोटका खेलहरुका लागि यो दुई खेल महत्वपूर्ण हुने बताए । ‘यो दुई खेल हाम्रो लागि महत्वपूर्ण छ । हामीले अंक जोड्न सक्यौँ भने एसियन कपको क्वालिफिकेसनको लागि राम्रो हुनेछ’, कप्तान किरणले भने ।

यस्तै प्रशिक्षक एनेसले भने, ‘हाम्रो लागि यो दुई खेल महत्वपूर्ण छ । किनकी यी खेल आउने एसियन कप छनोटका लागि अनुभव बटुल्ने अवसर हुनेछ ।’

विश्वकप छनोटको होडबाट बाहिरिएपनि नेपालले २०२७ मा हुने एसियन कपको तेस्रो चरणको ६ खेल खेल्न पाउनेछ । उक्त छनोट अर्को वर्ष मार्चमा हुने तालिका छ । जसमा दोस्रो चरणको छनोटको ९ समूहको तेस्रो र चौथो स्थानमा रहने कूल १८ टोली, प्लेअफबाट आउने ३ र पहिलो चरणमा पराजित भएका मध्ये ३ उत्कृष्ट टोली गरी २४ टोलीले खेल्नेछन् ।

टुर्नामेन्ट





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School