विग्रहकै बाटामा वामपन्थी गतिविधि : RajdhaniDaily.com



संकट पर्दा योजना बनाउने, संकट टरेपछि भुल्ने आम रोगले यतिबेला नेपालका राजनीतिक दलमा पनि प्रवेश पाएको छ । खासगरी, गत मंसिरमा सम्पन्न स्थानीय उपनिर्वाचनमा प्राप्त मत र आसन्न २०८४ को आवधिक निर्वाचनका पृष्ठभूमिमा हरेक दलले मिसन ८४ भन्दै आमसभा, कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश गराउने हतार गर्दै आएका छन् । सम्बन्धित दलका आफ्नै संगठित कार्यकर्ता र ती दलले हालै पार्टी प्रवेश गराएको तथ्यांक सुन्दा नेपालको जनसंख्या रातारात ह्वात्तै बढेको देखिन्छ । एउटै व्यक्ति कार्यक्रम नै पिच्छे दल बदल्छ र ऊ सबै दलको सदस्य भएको समाचार बाहिरिन्छ । यो आजको तीतो यथार्थ हो ।

पछिल्लो चरणमा कम्युनिस्ट पार्टीभित्र एकीकरणको हल्ला पनि खुूब जोडतोडका साथ चलाइएको छ । आश्चर्य यो पनि छ कि कुन कम्युनिस्टसँग कसको एकता हुने हो ? आज एउटा कम्युनिस्ट पार्टी गैरकम्युनिस्टसँग एकता गरी सरकारको नेतृत्व गरेको छ, अर्को कम्युनिस्ट दल प्रमुख प्रतिपक्षीको मोर्चामा छ । एकता एकताका लागि कि शक्ति, संगठन र विकासका लागि ? यदि एकता एकताका लागि मात्र होइन भने सरकारको नेतृत्व गरेको दल र प्रमुख प्रतिपक्षी दल एकै ठाउँमा हुँदा जाने सन्देश, त्यसले राख्ने एकताको महत्व र जनमानसमा पार्ने प्रभाव भिन्दै खाले हुन्छ । तर, यी दल एकताको जतिसुकै रटान रटे पनि आपसमा मिल्न तयार छैनन् । बरु एकले अर्कोलाई खुुइल्याउने सोचमा देखिन्छन् । यसो हुँदा वास्तविक एकता निकै पर देखिन्छ ।

दुुई साताअघि विश्व कम्युनिस्ट आन्दोलनका नेता कमरेड माओको १३२औं जन्मजयन्तीको अवसर पारेर विभिन्न ठाउँमा कम्युनिस्टहरूले विविध कार्यक्रम आयोजना गरे । यसो त सन् २०२४ सर्वहारा वर्गका नेता लेनिनको शतवार्षिकी वर्ष पनि थियो । यसैका उपलक्ष्यमा वामपन्थी दलहरूले विभन्न कार्यक्रममार्फत वाम एकताको औपचारिक रटान पनि पुूरा गरेका हुन् । सिद्धान्ततः सबैले आफूलाई माओ, लेनिनकै अनुुयायी ठान्छन् तर विभिन्न चिरामा विभक्त पनि देखिन्छन् । यसकारण माओ जयन्ती पनि विभिन्न ठाउँमा आफ्नै प्रकारले मनाउने गर्छन् । सोही उपलक्ष्यमा हालै माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखराले पोखरामा ‘नेपाली कम्युनिस्ट आन्दोलन ः समस्या र समाधान’ विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । गण्डकी प्रदेशमा क्रियाशील ६ वटा कम्युनिस्ट पार्टीका नेताहरू वक्ता रहेको सो कार्यक्रममा सबै वक्ताले कम्युनिस्ट एकताको आवश्यकता’bout औंल्याए ।

कार्यक्रमको सुरुआतसँगै संस्थाका अध्यक्ष झलकपाणि तिवारीले अवधारणापत्र प्रस्तुत गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक सन्दर्भ, वर्तमान समस्या र समाधानका उपायहरू सुझाएका थिए । उनको अवधारणापत्रकै पेरिफेरीमा रहेर अन्य वक्ताहरूले आफ्नो मन्तव्य राख्दै वाम एकताका लागि सुुझाएका थिए ।

सो अन्तरक्रियामा नेकपा माओवादीका नेता, संंविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले अहिलेको कम्युनिस्ट बजार विचारबाट उछिट्टिएको भन्दै माक्र्सवाद आशावादी दर्शन भने भएको बताए । माओले अनुसन्धानबिना बोल्ने हक कसैलाई छैन भने पनि बिनाप्रमाणका गालीगलौज आज पनि कम्युनिस्ट घेराभित्र पर्याप्त देख्न सकिन्छ । तसर्थ, लियो टाल्सटायले भनेझंंै अबका कम्युनिस्टले विगतको पश्चात्ताप र भोलिको चिन्ता गर्न छाडी वर्तमानको सही विश्लेषण गरी सदुपयोग गर्नुपर्ने विचार देवकोटाको थियो । लिडरले लिडर नै जन्माउने हो तर आज समर्थक मात्र जन्माएर संकट आएको भन्दै उनले विचार नीतिका आधारमा एकता आजको मुख्य आवश्यकता रहेको बताए । वामपार्टीमा आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्ने उनको भनाइ थियो ।

सन् १९४७ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसलगायतका दलहरू जहानियाँ शासनविरुद्ध सशस्त्र संघर्ष उद्घोष गरेकै बेला ती पार्टीसँग नीतिगत र सैद्धान्तिक असहमति राख्दै सन् २२ अप्रिल १९४९ मा पुुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आफ्नो स्थापना नै विरोधी पार्टीसँगको सैद्धान्तिक असहमतिका सन्दर्भमा भएको नेकपाभित्र बेलाबेलामा आफैं र आफ्नै कारणले विभाजन हुन पुुगेको तीतो इतिहास छ । विश्व परिवेशलाई हेर्ने दृष्टिकोण होस् वा स्वदेशका अन्य राजनीतिक पार्टीप्रति हेर्ने दृष्टिकोण होस्, यी सबैको अन्तर्य पार्टी विभाजनमा गएर पटाक्षेप भएको विगत छ । यसकारण पनि हाल ७० प्रतिशतभन्दा बढी जनमत भएको वामपार्टी एक हुन नसकेर दर्जनौं चिरामा विभक्त छन् । लेनिन वा माओ दिवसको सन्दर्भ पारेर गरिने कार्यक्रममा उनीहरूबीच वाम एकताको अनिर्णीत चर्चा भने हुने गर्छ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सचिव एवं गण्डकी प्रदेशसभाका पूर्वसदस्य धनञ्जय दवाडीले नेपालका कम्युनिस्टहरू रणनीतिक कारणले नभएर कार्यनीतिका कारणले फुटेका हुन् भन्दै उनीहरू मिल्न सक्छन्, मिल्नैपर्छ भन्ने धारणा राखे ।

वाम आन्दोलन दक्षिणपन्थी अवसरवादविरुद्ध जान सक्नुुपर्छ भन्दै दवाडीले कम्युनिस्ट एकताको सन्देश दिइरहँदा उता भने आफ्नै पार्टी नेकपा एमालेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टी हितविपरीत अराजकता र अनुशासनहीनता प्रदर्शन गरेकाले कारबाही गरेको थियो । रावललाई संगठित सदस्यबाट हटाइसकेको अवस्था छ भने सो पार्टीले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरेको छ । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट जग्गादान लिएर कार्यालय निर्माण गर्ने कुराको यी नेताहरूले आलोचना गरेका थिए । सार्वजनिक रूपमै आलोचना गरेपछि पार्टीले लिखित प्रस्टीकरण नै मागेको थियो । रावलले प्रस्टीकरण दिएनन् तर पाण्डे र तिम्सिनाले आफ्नो असहमतिसहित प्रस्टीकरण दिए । यद्यपि, सचिवालय बैठकले विधि र प्रक्रियाबाहिर गएर बोलेको र पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै कारबाही ग¥यो । डाक्टर रावल नेकपा एमालेबाट हटाइएपछि अर्को पार्टी गठनको तयारीमा देश दौडाहमा लागेका छन् । उनी सम्मिलित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको छ ।

कम्युनिस्टहरूले आफूलाई सर्वहारा वर्गको अगुवा भनेर जतिसुकै सरल जीवनको वकालत गरे पनि पुँजीवादी रहनसहन भित्रिएकै छ । जीवन अपारदर्शी र विलासी देखिन्छ । भन्न त सबै कम्युनिस्टले दलाल पुँजीवाद नै मुख्य शत्रु भने पनि प्रत्यक्ष–परोक्ष सबैको हिमचिम त्यतैतर्फ बढेको छ

यतिबेला नेकपा एमालेभित्र एकातिर पार्टीको आकर्षण कमजोर हुने, अर्कोतिर जिम्मेवारीबाट वञ्चित रहेका र अवसरको खोजीमा रहेकाहरूको क्षयीकरण तीव्र रूपमा भइरहेको छ । पार्टी एकताका लागि एमालेसँग मिल्न अन्य वामपन्थी दलहरू पनि तयार छैनन् । पार्टीमा देखिएको यो संकटको मोचनका निम्ति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सानुपर्ने मत एमालेका केही नेताहरूले राख्न थालेका छन् । सम्भवतः भण्डारीले नेतृत्व गरेको खण्डमा पुनः विगतकै माआवादीसहित सम्मिलित नेकपा व्युँतिन सक्ने अड्कलबाजी पनि राजनीतक वृत्तमा गरिँदै आएको छ ।

नेकपा समाजवादीका केन्द्रीय सचिव श्रीनाथ बरालले विगतका जुनसुकै सरकार पनि दलाल पुँजीपतिकै संरक्षणमा प्रयोग भएकाले यसको अन्त्य गर्न वामपार्टीको एकता र संसद्को क्रान्तिकारी उपयोग गर्नुपर्नेमा जोड दिए । तर, उनले आपm्नै पार्टी करिब दुुईतिहाइको सरकार भंग गरी तत्कालीन एमालेबाट उछिट्टिएर बनेको कथा, व्यथा भने सुुनाएनन् । एकातिर विगतको आफ्नै विभाजनको तिक्तता र अर्कोतिर एकताको तयारी जनता भुलाउने एउटा कडी हो वा वास्तविक एकताको संघार खोलिएको हो ? समयक्रममा थाहा हुँदै जाला । यद्यपि, द्वन्द्वात्मक भौतिकवादले भने एकता, विभाजन र पुुनः एकता सम्भव देख्छ ।

अहिले नेपालमा विजातीय शक्तिबीच पनि एकता भइरहेकाले सजातीय शक्तिबीच एकता असम्भव भने देखिँदैन । गत साता बसेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बैठकले मित्र पार्टीसँग एकताको प्रयास गर्ने निर्णय नै गरिसकेको छ । यसो त राजावादी कमल थापाको राप्रपाले पनि हालै विचार मिल्नेसँग एकता गर्ने निर्णय गरेको छ । नेपालमा माओवादीको १० वर्षे जनयुद्धका कारण चिहानमा पुुगेको राजतन्त्रको भूत जगाउन थापालगायत दर्जनौं राजावादी दल र समूहहरूले आ–आफ्नो डम्फु बजाउन छाडेका छैनन् । तर, थापाको डम्फुको ताल कुन विचारसँग मिल्ने हो एकता भएपछि हेरौंला ।

उता, वामपन्थी एकता अभियान भनेर हिँडेका वामदेव गौतम नेकपा समाजवादीभित्र समाहित भई एकता गर्ने चर्चा उत्कर्षमा पुगेको छ । विगतमा एमालेबाट माले, पुनः एमाले हुँदै अब समाजवादीमा जान खुुट्टुा उचालेका गौतमका पछाडि वाम एकताको मक्सद सत्तास्वार्थ नै प्रमुख देखिन्छ । ७० प्रतिशत वाम जनमत भनिएको देशमा एउटा वामले सरकारको नेतृत्व र अर्को वाम प्रमुख प्रतिपक्षमा रहेको यो अवस्थामा गौतम समाजवादीमा जाँदैमा वा भीम रावलले अर्को पार्टी खोल्दैमा वाम एकता हुन सक्दैन ।

सो अन्तरक्रिया कार्यक्रममा नेकपाकी नेतृ, संविधानसभा सदस्य सावित्री दुराले नेपाल कम्युनिस्ट आन्दोलनमा सशस्त्र आन्दोलनबाट आएको धार मात्र अस्तित्वमा रहने जिकिर गरिन् । दुराले हामीले जतिसुकै वाम एकताको कुरा गरे पनि बिग्रेको माथिबाटै हो भन्दै तलका मिलेको बेला माथिबाट थाहै नपाई फुटेको घोषणा गरिनु कम्युनिस्ट आन्दोलनका लागि दुुर्भाग्य रहेको बताइन् । उनको भनाइलाई आधार मान्दा पनि वामपार्टीभित्र आन्तरिक जनवादको अभाव छ । कार्यकर्ता नेतृत्वबाट शासित छन् । नेतृत्व एकतामा भन्दा सत्तामा रमाउन चाहन्छ भन्ने प्रस्ट हुन्छ ।

यसकारण पनि वाम एकता एउटा आदर्श कल्पनामा मात्र सीमित देखिन्छ । यसैकारण, माओवादी नेता देवकोटाले भनेझैं नेताले नेता नभई समर्थक उत्पादन गर्दासम्म आन्तरिक जनवाद कमजोर नै रहन्छ । यस्तो अवस्थामा एकता नतृत्वको निजी चाहनामा मात्र भर पर्छ । समर्थकहरू जतिसुकै उफ्रे पनि कामयाबी हुँदैन । सोही कार्यक्रममा बोल्दै वाम बुद्धिजीवी रामराज रेग्मी, राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश संयोजक शंकर बराल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य केशबहादुर परियारले पनि वाम एकतामा नै जोड दिएका थिए ।

आज पनि फुट
आज पनि कम्युनिस्ट आन्दोलन फुटकै संघारमा छ । आफूलाई सर्वहारा वर्गको अगुवा भन्नेहरूबाट जतिसुकै सरल जीवनको वकालत गरे पनि पुँजीवादी रहनसहन भित्रिएकै छ । जीवन अपारदर्शी र विलासी देखिन्छ । भन्ने बेलामा सबैले दलाल पुँजीवाद नै मुख्य शत्रु भने पनि प्रत्यक्ष–परोक्ष सबैको हिमचिम त्यतैतर्फ बढेको छ । विभिन्न आन्दोलन वा व्यवस्थाविरोधी भई विगतमा थुनामा परेको कारण त्यसैको ब्याज खानु आज उनीहरूको नियति बनेको छ । यसकारण टुट र फुट कम्युनिस्ट आन्दोलनको जीवन शैली रहँदासम्म एकताको प्रसंग निरर्थक बहस मात्र हुनेछ ।

यस अवस्थामा एकाघरका सदस्यसमेत सँगै बस्न नसकेको घरमा धेरै घरका सदस्यहरू जम्मा भएर कसरी बस्न सक्लान् ? यही अवस्था रहँदासम्म वाम एकता कसरी सम्भव होला ? विचारणीय भने पक्कै छ । यसकारण नेपालको कम्युनिस्ट आन्दोलनमा एकताको जतिसुकै धुन बजाए पनि टुटफुट र विभाजनकै साम्राज्य हावी देखिन्छ । यो परिस्थितिमा एकताको कुरा एउटा बौद्धिक बहससिवाय अर्को देखिँदैन ।

जतिसुकै एकताको विगुल फुकेपनि आन्तरिक कारण केही र केही वाह्रय कारणले गर्दा नेपालका कम्युनिस्टहरू जुटन नसकेको साँचो हो । एकता, विभाजन र पुनः एकता द्वन्दात्मक भौतिकवादकै लक्षण हो भनी जतिसुकै व्याख्या गरे पनि आज पद, पैसा, शक्ति र सत्ताका कारण नेपालका कम्युनिस्टहरू दर्जनौ चिरामा विभाजित छन् ।

गणतन्त्रका लागि भएको आन्दोलनमा त नेकपा माओवादीले कम्युनिस्ट मात्र नभै देशमा तत्काल कायम रहेका नेपाली कांग्रेसलगायत्का सात पार्टीसँग कार्यगत एकता नै गरी १९ दिने जन आन्दोलनमार्फत् राजतन्त्रलाइ बिदाइ गर्ने सफलता समेत पाएको हो । तर दुर्भाग्य यो ऐतिहासिक विरासतलाई धेरै दिन कायम राख्न नेपालका वाम पार्टीले सकेनन् । सत्ताकै लागि अपवित्र गठबन्धन र परि आए जुनसुकै घाटको पनि पानी पिउने प्रवृत्तिकम कारण कम्युनिस्ट आन्दोलनले सार्थकता पाउन सकेन ।

तर विगतमा झापा आन्दोलन,पञ्चायती व्यवस्थाविरुद्ध सशक्त आन्दोलान र पछिल्ला दिनमा नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि गरेको आन्दोलनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका रहेको छ ।

The post विग्रहकै बाटामा वामपन्थी गतिविधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School