विगतका आप्रवासन कमजोरी सुधार्दै युएससीआईएस, सामाजिक सञ्जाल र बायोमेट्रिक जाँचमा तीव्रता



प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

विगतका आप्रवासन कमजोरी सुधार्दै युएससीआईएस, सामाजिक सञ्जाल र बायोमेट्रिक जाँचमा तीव्रता

ट्रम्प प्रशासनले विगत केही समयदेखि ठप्प पारेको शरणार्थी आवेदन प्रक्रियालाई आंशिक रूपमा पुनः सुरु गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकता दिँदै विदेशी नागरिकहरूको कडा जाँचबुझ र स्क्रिनिङका लागि नयाँ कार्यकारी आदेशहरू जारी गर्नुभएको छ। यसै सिलसिलामा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले उच्च जोखिम भएका देशका नागरिकहरूको आप्रवासी सुविधा र आवेदनहरूमा विशेष कडाइ सुरु गरेको छ।

 राष्ट्रपतिद्वारा जारी कार्यकारी आदेश १४१६१ र घोषणा १०९४९ तथा १०९९८ अन्तर्गत, सुरक्षा जोखिम भएका ३९ देशका नागरिकहरूको अमेरिका प्रवेशमा प्रतिबन्ध र कडाइ गरिएको छ। पर्याप्त सुरक्षा जानकारी अभाव भएका मुलुकहरूबाट आउने व्यक्तिहरूले अब कडा स्क्रिनिङ प्रक्रिया पार गर्नुपर्नेछ। प्रशासनले यस कदमलाई “राष्ट्रिय हित र सुरक्षाको पुनर्जागरण” भनेको छ।

युएससीआईएसको हालैको समीक्षाले विगतमा गरिएका स्क्रिनिङ उपायहरू अपर्याप्त रहेको निष्कर्ष निकालेको छ। कतिपय अवस्थामा उचित जाँचबुझ बिना नै नागरिकता  र स्थायी बसोबासको अनुमति दिइएको पाइएको छ। यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा पैदा गरेको भन्दै युएससीआईएसले अहिले त्यस्ता कमजोरीहरू सुधार्न ‘होल्ड एन्ड रिभ्यु’  नीति अख्तियार गरेको छ।

नयाँ नीति अन्तर्गत उच्च जोखिम भएका देशका नागरिकहरूको एसाइलम (शरणार्थी) आवेदन र अन्य आप्रवासी सुविधाहरू तत्कालका लागि रोक्का गरिएको छ। युएससीआईएसले बायोमेट्रिक डाटाको पुन: प्रयोग, सामाजिक सञ्जाल र वित्तीय अवस्थाको गहन जाँच, तथा ‘अपरेशन पारिस’  मार्फत शरणार्थी दाबीहरूको पुन: परीक्षण सुरु गरेको छ। साथै, कार्य अनुमतिको अवधि घटाएर बारम्बार सुरक्षा जाँच गर्ने व्यवस्था समेत लागू गरिएको छ।

यद्यपि, सबै आवेदनहरू अनिश्चितकालका लागि रोकिने छैनन्। अमेरिकी नागरिकका आफन्तहरू, अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री सम्बन्धी आवेदन र केही विशेष भिसाका हकमा जाँचबुझ पुरा भएपछि ‘होल्ड’ हटाइने क्रम पनि सुरु भइसकेको छ। युएससीआईएसले राज्य विभागसँग मिलेर देशगत जोखिम विश्लेषण गरिरहेको छ, जसले गर्दा वास्तविक पात्रलाई मर्का नपर्ने र शंकास्पद व्यक्तिलाई रोक्न सहज हुने बताइएको छ।





Source link

Leave a Comment