विकासमा उद्यमशीलता तथा नवप्रवर्तनको महत्व : RajdhaniDaily.com


उद्यमशीलता यस्तो प्रक्रिया एवं स्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरू वितरित संसाधनहरू र मूल्यको सिर्जना गर्न सकिन्छ । त्यस्तो खालको मूल्यको सिर्जना समस्याको पहिचानमार्फत परिवर्तनका लागि गरिएको हुन्छ । जहाँ उद्यमीले समस्या तथा अवसर देख्ने गर्छ र त्यसलाई पहिचान गरी उसले समस्याको प्रभावकारी समाधान खोज्ने गर्छ । उद्यमीले बजार क्षेत्रमा देख्ने अवसरहरू र ती अवसरलाई प्राप्त गर्न सक्ने श्रेयता र त्यही श्रेयता उचित समयमा उचित ठाउँमा गर्न सक्ने कौशलताबाट उसको उद्यमशीलता झल्कन्छ । ती समस्याको समाधान गर्दा मूल्य सिर्जना गर्ने काम नै उद्यमशीलता हो । अर्को शब्दमा उद्यमीले गर्ने वा व्यवसायीले गर्ने हरेक काम र उसले चाल्ने कदम नै उद्यमशीलता हो । जुन सधैं उसको सृजनशीलता, अनुसन्धान र आर्थिक रूपान्तरणका लागि एवं वित्तीय सुधारका लागि एउटा अनुसन्धान, अन्वेषण एवं आविष्कार बन्न सक्छ । उद्यमी शब्द वास्तवमा अंग्रेजीमा (इन्टरप्रेनर) फ्रान्सिसी भाषाबाट लिइएको हो ।

कुनै पनि देशको औद्योगिक तथा आर्थिक विकासमा उद्यमशीलताले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ । खासगरी उद्यमशीलताले नयाँ–नयाँ उद्योग व्यवसायलाई जन्म दिन्छ । आज यूएसए, एसिया, जापान, जर्मनीजस्ता विकसित देशको विकासको कारण नै उद्यमशीलता बनेको छ । उद्यमीहरू सधैं केही काम गरौं भन्ने खालका सक्रिय, जाँगरिलो र अभिलाषा भएका हुन्छन् । फलस्वरूप तिनीहरूले श्रम, पुँजी, प्रविधि तथा प्राकृतिक साधनस्रोतको पूर्ण उपयोग गर्न मद्दत पु¥याउँछन् । विकास भन्ने कुरा त्यसै आँगनमा आउँदैन । त्यसलाई विकासको संवाहक चाहिन्छ । त्यस्तो संवाहक नै उद्यमी हो । उद्यमीले सधैं अवसरको खोजी गरिरहन्छ । उसले ती कुरा देख्छ, जो अरूले देख्दैनन् । त्यसपछि त्यस्ता अवसरलाई मुनाफामा परिणत गर्ने प्रयत्न उसले गर्छ । सबैभन्दा ठूलो कुरा त उसले उत्पादन वा सिर्जना गर्छ । नयाँ उद्यमीको प्रवेशबाट उत्पादन वृद्धि हुने, उत्पादन वृद्धिबाट सम्पूर्ण आर्थिक गतिविधि बढ्ने र यसबाट उद्योग–व्यवसायको बचत वृद्धि हुने र सो बचत पुनर्लगानी भईकन उत्पादन वृद्धिको प्रक्रिया अझ तीव्र हुने हुँदा उद्यमको मूल्यवृद्धि हुन जान्छ । यस प्रक्रियाबाट बजारमा सेयरको मूल्य बढ्न जान्छ र यो निरन्तर कायम रहने प्रक्रिया हो ।

उद्यमीले अर्थात् उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्छ । उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु¥याएको हुन्छ । यसले पैसा भएकाहरूलाई सिर्जनात्मक कार्यमा लगानी गर्न उत्प्रेरित र आकर्षित गर्छ । उद्यमीहरूले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरू सिर्जना गर्छन् । उनीहरू आफैं, परिवारका सदस्य तथा समाजका अन्य व्यक्तिहरूलाई रोजगारी प्रदान गरेर राष्ट्रको बेरोजगारी समस्या हटाउन ठूलो सहयोग पु¥याउँछन् । बेरोजगारी घटनाले मानिसको आम्दानी एवं जीवनस्तर बढ्छ । आज अल्पविकसित देशहरू बेरोजगारीको ठूलो समस्याबाट पीडित छन् । बेरोजगारी नै राजनीतिक अस्थिरताको जड पनि हो । फुर्सदले मानिसलाई नकारात्मक काम गर्ने बनाइदिन्छ । उद्यमीले मानिसलाई फुर्सद दिँदैन । उद्यमीले देशमा उपलब्ध श्रम, पुँजी, भूमिलगायत प्राकृतिक साधनस्रोत छन् । (जो त्यसै बिनाप्रयोग खेर गैरहेका हुन्छन्) को अधिकतम सदुपयोग गर्नमा मद्दत पु¥याउँछन् । यसबाट देशको उत्पादन र उत्पादकत्व बढ्छ । विकसित देशमा अत्यधिक उद्यमी भएको कारण त्यहाँका साधनस्रोतको अधिकतम प्रयोग, उपयोग भएको छ । तर अविकसित देशमा उद्यमीको कमीले गर्दा साधनस्रोत खेर गइरहेका छन् ।

नेपालमा विसं २०७६ मा नेपाल सरकारले राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, ज्ञानमा आधारित उद्यमशीलताको विकास गर्ने, प्राकृतिक स्रोतको उपयोग, वातावरणीय सन्तुलन र विपद् जोखिम न्यूनीकरण गर्ने, विज्ञान प्रविधिसम्बन्धी पूर्वाधार विकास, संरचनागत परिवर्तन र कानुनी आधार तयार गर्ने र परम्परागत र आधुनिक ज्ञान तथा प्रविधिको स्तरोन्नति गर्ने पाँचवटा प्रमुख उद्देश्यका साथ ११ वटा नीतिसहितको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६ जारी ग¥यो । यस नीतिले औद्योगिक उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिको व्यवसायीकरण र भूमिको उपयोग, दिगो पूर्वाधार विकास, जैविक तथा बहुमूल्य खनिज स्रोतको दिगो उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण, सुशासन र सेवा प्रवाह, साइबर तथा राष्ट्रिय सुरक्षा गरी प्राथमिकताका ६ वटा क्षेत्र निर्धारण गरेको छ । सन् २०१२ मा नवप्रवर्तन र अनुसन्धानको संस्कृति विकास गर्ने उद्देश्यका साथ मुनाफारहित संस्थाका रूपमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भयो । नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको वस्तुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको जनाइएको छ ।

विगत ५ वर्षदेखि अध्ययन अनुसन्धान, नवप्रवर्तन, इन्क्युबेसन र उद्यमका क्षेत्रमा निरन्तर कार्यरत यो संस्थाले हालसम्म ६५ जिल्लाका युवामा आफ्नो पहुँच पु¥याई २ हजार ३ सय ४ वटा नवीन विचारबाट उत्कृष्ट विचार छनोट गरी १ सय ६० ओटा विचारलाई इन्क्युबेट गरिसकेको छ । राष्ट्रिय योजना आयोगको पहलमा अर्थ मन्त्रालयले नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि, २०७६ जारी गरी युवालाई उनीहरूको परियोजना प्रस्तावका आधारमा सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रम ल्याए तापनि पहिलोपटकको प्रयास कोभिड–१९ को विश्वव्यापी महामारीमा आशातीत प्रस्तावनामा पर्न नसकेका कारण सफल हुन सकेन । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स वा अन्य कुनै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले निश्चित समयको अन्तरालमा नवप्रवर्तनको प्रतिस्पर्धा गराई इन्क्युबेसन प्रक्रियामा जान प्रोत्साहन गर्न सक्छन् । यसको साथसाथै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले देशभरका कलेजका विज्ञान तथा प्रविधि विषयका विद्यार्थीलाई नवप्रवर्तन अनुदान उपलब्ध गराउने, प्रतिस्पर्धा गराउने र इन्क्युबेसन गराउन सक्छ ।

आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा उद्यमशीलता र औद्योगिक विकास अन्तर्गत आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रममार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउन, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवर्धन गर्न तथा सूचना प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने कार्यक्रम राखिएको छ । यस कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादन प्रोत्साहन गरिने नीति लिइएको छ । ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानमा निजी क्षेत्रसँग सहकार्य गरिने नीति लिइएको छ । उत्पादनमूलक उद्योग र पर्यटन उद्योग स्थलसम्म पहुँचमार्ग, प्रसारण लाइन, नियमित विद्युत् सेवा र इन्टरनेट सेवालगायतका पूर्वाधार पु¥याउन सरकारबाट साझेदारी गरिने कार्यक्रम राखिएको छ ।

उद्यमीले अर्थात् उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्छ । उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु-याएको हुन्छ । यसले पैसा भएकाहरूलाई सिर्जनात्मक कार्यमा लगानी गर्न उत्प्रेरित र आकर्षित गर्छ । उद्यमीहरूले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरू सिर्जना गर्छन्

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादन प्रोत्साहन गरिने नीति लिइएको छ । जनस्तरसम्म सार्वजनिक सेवा प्रवाह गर्न महत्वपूर्ण जिम्मेवारीमा रहेका स्थानीय तहलाई उत्पादन तथा रोजगारी केन्द्रका रूपमा विकास गरिने नीति लिइएको छ । स्थानीय पूर्वाधार विकास, सार्वजनिक निजी साझेदारीमा बृहत् स्तरका कृषि फार्म सञ्चालन, एक गाउँ एक उत्पादन, पर्यटनलगायतका कार्यक्रमबाट स्थानीयस्तरमा आयआर्जन वृद्धि गर्ने कार्यलाई तीव्रता दिइने कार्यक्रम राखिएको छ । निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रका रूपमा विकास गरिने नीति लिइएको छ । यसअनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, बाग्मतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने नीति लिइएको छ । कोशीलाई उद्योग, मधेशलाई कृषि, बाग्मतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने नीति लिइएको छ । आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ) भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने नीति लिइएको छ ।

उद्यममा युवा सहभागिता बढाउन स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिनुका साथै स्टार्ट अप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्ट अप बोर्ड गठन गरिनुका साथै स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्ब रुपैयाँको नेपाल स्टार्ट अप कोष खडा गरिएको छ । युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजिनेस इन्क्युवेसन सेन्टर सञ्चालन गरिने नीति लिइएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने कार्यक्रम राखिएको छ । विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था मिलाइने कार्यक्रम राखिएको छ । महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्धनका लागि सार्वजनिक–निजी साझेदारीमा काठमाडौंको चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने नीति लिइएको छ । महिला उद्यमीद्वारा उत्पादित वस्तु र सेवाको ब्रान्डिङ गर्न ट्रेड पोर्टलमा प्रविष्टि गर्ने व्यवस्था मिलाइने नीति लिइएको छ ।

वर्तमान सोह्रौं योजना २०८१–२०८६ मा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत उद्यमशील संस्कृति, उद्यमशील जनतालाई स्तरोन्नति गरी उच्चस्तरको जनस्तर उत्पादन गर्ने सोच राखिएको छ । त्यस्तै सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने लक्ष्य पनि राखिएको छ । यसको साथसाथै उद्यमशीलता र स्वरोजगारमूलक सीपको विकास गर्नु, नवीनतम र परम्परागत प्रविधिको उपयोग गर्न सक्ने उद्यमशील जनशक्तिको विकास गर्नु, उपलब्ध स्रोत, साधन, स्थानीय पुँजी र प्रविधिको परिचालन गरी स्वरोजगार र रोजगारीका अवसर वृद्धि गर्दै गरिबी निवारणमा योगदान पु¥याउनु आदिजस्ता उद्देश्यहरू पनि राखिएको पाइन्छ ।

उद्यमीहरूले नयाँ–नयाँ उद्योग तथा व्यापार सञ्चालन गरेर अत्यधिक उत्पादन गर्छन् र निर्यात व्यापारमा पनि संलग्न हुन्छन् । विश्वव्यापिकरणले खुला गरेको विश्वव्यापी व्यापार अवसरको फाइदा उद्यमीहरू भएमा मात्र लिन सकिन्छ । विदेशमा नयाँ–नयाँ बिक्रय अवसरहरू पत्ता लगाउने, विदेशी मागअनुसार वस्तु वा सेवाका उत्पादन र बिक्री वितरण गर्ने काम उद्यमीहरूले गर्छन् । यसबाट प्रशस्त विदेशी मुद्राको आर्जन हुन सक्छ । उद्यमशीलताका कारणले देशमा उद्योग, कलकारखानाहरूको स्थापना हुन्छ । जसबाट देशमा व्यापक औद्योगिकीकरण हुन्छ । देशका जनताले विभिन्न सुविधायुक्त वस्तु वा सेवाहरू सस्तो, सुलभ एवं पर्याप्त मात्रामा उपभोग गर्न पाउँछन् । बेरोजगारी समस्या हट्छ । कृषिमा मात्र निर्भर अत्यधिक जनसंख्यालाई गैरकृषि क्षेत्रतिर स्थानान्तरण गर्न औद्योगिकीकरणबाट नै मद्दत पुग्छ । उद्यमशीलताले उद्यमीकै व्यक्तित्वको विकास हुन्छ । उसले प्रशस्त आय आर्जन गर्न सक्छ र आफ्नो जीवनशैलीलाई उन्नत बनाउन सक्छ । नयाँ–नयाँ विचार उत्पत्ति गर्ने, नयाँ कामको थालनी गर्ने अनुभवबाट सिक्ने, जोखिम वहन गर्ने शक्तिको वृद्धि हुने, इमान्दारितापूर्ण कामबाट आफ्नो परिवारलाई नै सुखी बनाएर राख्न सक्नेजस्ता फाइदाहरू उद्यमीले प्राप्त गर्न सक्छ । एक जना उद्यमीले व्यवसाय स्थापना गर्छ भने अवश्य पनि समाजलाई केही नयाँ कुराहरू दिन खोजेको छ भन्ने बुझिन्छ । त्यस्तो नयाँ कुरामा नयाँ वस्तु हुन सक्छ वा नयाँ उत्पादन विधि हुन सक्छ वा नयाँ बजार पत्ता लगाएको हुन सक्छ ।

उद्यमशीलतालाई उत्पादनको महत्वपूर्ण साधन मानिन्छ । खासगरी नवीन व्यवसायको तयारी, स्थापना र सञ्चालनका लागि इच्छाशक्ति र क्षमता अभिवृद्धि गर्न उद्यमशीलता आवश्यक पर्छ । उद्यमशील संस्कृतिको विकासले नागरिकहरूलाई पेसा र व्यवसायप्रति आकर्षित बनाई जोखिम वहन गर्ने र सिर्जनशील कार्यलाई आर्थिक क्रियाकलापमा आबद्ध गर्न मद्दत गर्छ । स्थानीय स्तरदेखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशीलता दिन उद्यमशीलताको विकास महत्वपूर्ण आयाम हो । नवप्रवर्तक तथा अन्वेषणात्मक वस्तु तथा सेवाको उत्पादन, स्थानीयस्तरमा उपलब्ध श्रम, मानव स्रोत, पुँजी र प्रविधिको उपयोग एवं सीपमूलक तालिम र वित्तीय पहुँचको विस्तारबाट उद्यमशीलता विकास गर्न सकिन्छ । उद्यमशील जनशक्तिलाई सरकारको तर्फबाट लगानीको वातावरण, विभिन्न किसिमका व्यवसायजन्य कोष तथा व्यवसाय सिर्जना गर्ने केन्द्रहरूको स्थापना र व्यवसाय सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराई साना तथा मझौला व्यवसायको थालनी भएको पाइन्छ । क्रमशः यस्ता साना उद्योगहरू व्यवसायिक एवं राष्ट्रिय तथा बहुराष्ट्रिय व्यवसायको रूपमा विकास भएका रणनीति सरकारले लिएको छ । यसैअनुकूल लघु, घरेलु तथा साना उद्योगहरूको स्थापना तथा सञ्चालन गर्न प्रोत्साहित गर्ने तथा वित्तीय पहुँच बढाउने उद्देश्यले विभिन्न कोषको स्थापना र कर्जा कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

उद्यमशील संस्कृतिको कमी, लक्षित समूहको पहिचान हुन नसक्नु, तालिमलाई उद्यमसँग आबद्ध गर्न नसकिनु, सरकारले घोषणा गरेको प्रतिस्पर्धी खुला कोषको कार्यान्वयनमा नआउनु, व्यवसाय सुरु गर्न आधार पुँजीको अपर्याप्तता हुनु, वित्तीय पहुँचको कमी हुनु, व्यवसाय विकास केन्द्र संस्थागत नहुनु, जोखिम आँकलन गर्ने क्षमताको अभाव हुनु, उत्पादनको मूल्य शृंखला उद्यमीको न्यून आबद्धता रहनु, बजारमा मागअनुरूप उद्यमशील र नाफामूलक क्षेत्रको पहिचानको कमी हुनु र विश्वव्यापीकरणले सिर्जना गरेका अवसर र नवीन प्रविधि अवलम्बन गर्न नसकिनु यस क्षेत्रका प्रमुख समस्या हुन् । शिक्षालाई व्यावसायिक बनाई युवा पुस्तामा उद्यमशील संस्कृतिको विकास गर्नु, उद्यमीलाई नवीन प्रविधि र बजार मूल्य शृंखलासँग आबद्ध गराउनु, सीपमूलक र व्यवसायिक तालिमलाई उद्यमशीलतासँग आबद्ध गर्नु, छरिएर रहेका उद्यम विकाससँग सम्बन्धित कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउनु, लघु, घरेलु तथा साना उद्यमीको वित्तीय स्र्रोतमा पहुँच सुनिश्चित गर्नु, व्यवसायीको जोखिम वहन क्षमता अभिवृद्धि गर्नु, परियोजना प्रस्ताव विश्लेषण र मूल्यांकनका आधारमा उत्पादनमूलक उद्योग व्यवसायमा ऋण लगानीका लागि बैंक तथा वित्तीय क्षेत्र अग्रसर नहुनु र कर्जा सुरक्षणमा पर्याप्त नहुनु तथा व्यवसाय जोखिम बिमा प्रभावकारी नहुनु यस क्षेत्रका प्रमुख समस्याहरू हुन् ।

संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहसम्म उद्योग दर्ता तथा उद्यमशीलता र रोजगारसम्बन्धी सेवा तथा नीति कानुन र संस्थागत संरचनाको स्थायी व्यवस्था हुनु, वित्तीय क्षेत्रको विस्तार तथा दायरा बढ्दै जानु, स्वरोजगारी र आन्तरिक रोजगारी सिर्जना राष्ट्रिय प्राथमिकतामा पर्नु, मुलुकमा सक्रिय उमेरका जनसंख्याको अनुपात वृद्धि हुनु, युवा जनशक्तिको उद्यमप्रतिको आकर्षण बढ्नु, लघु वित्तीय संस्थाहरू स्थानीयस्तरसम्म पुग्नुु र यसको दायरा वृद्धि हुँदै जानु, जनस्तरमा स्वरोजगार तथा उद्यम सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जानु, व्यवसाय गर्ने वातावरण सहज बन्दै जानु, औद्योगिक पूर्वाधारको विकास र विस्तार हुँदै जानु, निजी क्षेत्रको विस्तार हुनु र अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको योगदान, वृद्धि हुँदै जानु उद्यमशीलता विकासका लागि अवसर हुन् ।
हाडा अधिवक्ता तथा अवकासप्राप्त अर्थशास्त्रका सहप्राध्यापक हुन् ।

(Visited 10 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School