वरिष्ठ पत्रकार चेतन पन्तको निधन



प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार

रुपन्देहीका वरिष्ठ पत्रकार चेतन पन्तको निधन भएको छ । पत्रकार पन्तको आइतबार राती सिद्धार्थनगर नगरपालिका–६ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँले खसोखास र नेपयोर्कमा पनि लेख-रचना र समाचार लेख्दै आउनुभएको थियो ।

पत्रकार पन्तको निधनप्रति खसोखासले दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना र श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । खसोखासले नेपाली पत्रकारितामा उहाँको निधनले गहिरो क्षति पुगेको समेत उल्लेख गरेको छ ।

स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School