लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २४ चैतमा, पुरस्कार करिब २० लाख

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २४ चैतमा, पुरस्कार करिब २० लाख


१६ चैत, काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिभलअन्तर्गत चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । चैत २३ र २४ गते हुने फेस्टिभलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । पिस म्याराथन दौड अर्को साताको शनिबार हुनेछ ।

 पिस म्याराथनको कूल पुरस्कार राशी १९ लाख १५ हजार रुपैयाँ रहेको छ । दौडमा पुरुष म्याराथनसँगै महिला हाफ म्याराथन, ५ किलोमिटर खुला दौड पुरुष र महिला तथा ५ किलोमिटर विद्यालयका छात्रा र छात्रको पनि प्रतिस्पर्धा हुनेछ ।

म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पुरुष म्याराथनमा पहिलो हुनेले पाँच लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैयाँ हात पार्नेछ । सातौंदेखि दशौं स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

महिला हाफ म्याराथनतर्फ पहिलोले दुई लाख, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैयाँ जित्नेछन् । ५ किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै ५ किलोमिटर छात्रा, छात्रमा शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार, १० हजार र पाँच हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School