लागूऔषध सहित ४१ जना समातिए


अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ४१ जनालाई नियन्त्रणा लिएको छ।

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २४ वर्षीय सन्त बहादुर बस्नेत रहेका छन्।

पक्राउ मध्ये टेक बहादुरलाई ६ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट मंगलबार र सन्त बहादुरलाई ८० ग्राम खैरो हेरोइन सहित ललितपुर महानगरपालिका-७ बालकुमारीबाट बिहीबार पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय २० मिलिग्राम सहित काठमाडौं कोटेश्वर बस्ने भारत बिहार पुर्वी चम्पारण-१७ परेउवा रौक्सौल घर भएका २९ वर्षीय नरेश कुमार ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ०५९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिलो भंगालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २८ वर्षीय जंग बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-६ बौद्ध चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू काठमाडौं चुच्चेपाटी बस्ने २५ वर्षीय अर्जुन मास्के र ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २४ वर्षीय बिशाल सुनुवार रहेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्र.३-०२-००२ प ४०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित आनन खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय ५७ ट्याब्लेट सहित खाजा घर संचालिका सोही ठाउँ बस्ने मकवानपुर घर भएकी २५ वर्षीया गौरी देवी बलामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अबिनाश खत्री समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१७ फोकल्याण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ८५ ट्याब्लेट र कोलिवान ४ हजार १ सय ८५ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आङदावा तामाङ र १९  वर्षीय बुद्ध दर्जी रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी, सुनसरी, रामधुनी नगरपालिका-६ सौरना बस्ने ४८ वर्षीय विजय राजधामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ ग्राम ९ सय ३० मिलिग्राम र नगद ६३ हजार ८ सय २० रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

यसैगरी, सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र नगद १ लाख ८२ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु धामी र ३६ वर्षीय रूद्र बहादुर सुवेदी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, बिर्तामोड नगरपालिका-५ सुब्बा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने रोशन श्रेष्ठ र अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित चुलाचुली गाउँपालिका-३ बस्ने २६ वर्षीय बिवेक राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, मेचीनगर नगरपालिका-१० कालाखुट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय गोरू भन्ने नसरू मिया र ६० वर्षीया अक्लिमा खातुन रहेका छन्। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ रूपाटोल बस्ने ३२ वर्षीय ईन्द्र प्रसाद गिरी र सोही नगरपालिका-७ निलकण्ठ टोल बस्ने ३८ वर्षीया सन्जु खत्री रहेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, मेचीनगर नगरपालिका-१० दनुवार बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अस्पात शेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर घर भएका  २४ वर्षीय हितेश तावाहाङ र १९ वर्षीय निरोज तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लुईटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-७ बोक्तोबारी बस्ने १६ वर्षीय बालकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१ कौसिलानजर बस्ने २६ वर्षीय जोग बहादुर विकलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-१० रामघाटबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २१ एम्पुल र नोर्फिन १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३२ वर्षीय विकास नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

ललितपुर, ललितपुर महानगरपालिका-१६ याङकुली महाबिहार दौबाहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नगद ६ हजार ५० रूपैयाँ सहित सोही महानगरपालिका-११ बंगलामुखी ईखाछे बस्ने भक्तपुर घर भएका २१ वर्षीय दिप्सन दर्शनधारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-९ बस्ने ३० वर्षीय जिबन महर्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० बस्ने ३४ वर्षीय साजन तण्डुकारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ।

रूपन्देही, देवदह नगरपालिका-१० चरङगेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ भेटघाट चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ४० ट्याब्लेट र डाइक्लोमाइन २ हजार २ सय ४० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सुरज ऋषिदेव, २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ बस्ने ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका-२ बस्ने २२ वर्षीय सागर गनगाई रहेका छन्। अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ असार २०८३ १४:५४ शुक्रबार





Source link

Leave a Comment