लघुकथा साहित्यिक महोत्सवमा २६ लघुकथा कृति लोकार्पण

लघुकथा साहित्यिक महोत्सवमा २६ लघुकथा कृति लोकार्पण


नमस्ते आधुनिक लघुकथा मञ्चकाे आयोजनामा चितवनको राप्ती नगरपालिकामास्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा लघुकथा साहित्यिक महोत्सव २०८१ सम्पन्न भएको छ।

नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्राडा चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियो भने विद्यालयका शिक्षक तथा बहिरा विद्यार्थीहरूको समूहले सांकेतिक भाषामा राष्ट्रगान गाएको थियो।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार प्राडा चुडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गरेका थिए। लोकार्पित कृतिहरूमा घनश्याम डल्लाकोटी कृष्णजी शर्माकाे ‘महाकम्प’, यमुना प्रधानाङ्ग मुनाकाे ‘उपहार’, वसन्त अनुभवकाे ‘नेपाली नस्ल’, मीठूकुमारी पाठककाे ‘सुन्दरी’, श्रीकृष्ण पौडेलकाे  ‘लोपाञ्जन’, कर्ण दयालकृत ‘दोपानी’, होमप्रसाद नेउपानेकाे ‘प्रयोगशाला’, सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’ र अवधेश सिंहकृत ‘मरजाद’ रहेका छन्।

त्यस्तै गरी म्यामराज राईकाे ‘बुन्छत’ , कुमार काफ्लेकाे ‘सपना कतिपय’, ज्यो.नानी बिवुकाे ‘इज्जत’, विष्णु पन्थीकाे ‘भेटी’, मुक्ति गौतमकाे ‘चाक चारब्रा’, विष्णु भण्डारी आचार्यकाे ‘बकसपत्र’, अनुग्रह राना मगर पुष्पकाे ‘तमासा’, राजन ग्याल्दाङ घलेकाे ‘मारुनी’ र रञ्जुश्री पराजुलीकाे ‘विभीषिका’ रहेका छन्।

त्यसैगरी विजय चालिसेकाे ‘हात्तीको दाँत’, गङ्गा कर्माचार्य पौडेलकाे ‘अखबार’, लक्ष्मी रेग्मी खनालकाे ‘अन्त्य’, गुप्तबहादुर श्रेष्ठकाे ‘थेरापी’, भूमिका गैरे तिमिल्सिनाकाे ‘नमस्ते’, डा.विदुर चालिसेकाे ‘शताब्दम् महाशक्ति’, गोपाल अश्ककाे ‘लघुकथा प्रक्रिया र पाठ’ र लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन्।

कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिएका वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो। अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथाकुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी रहेका छन्। ‘कथाकुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियो।

 त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियो।

त्यस्तै उक्त  कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियो। ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियो।

साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियो। त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’ का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियो, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेको छ।

त्यस्तै ‘लघुकथालय पुरस्कार-२०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उनकाे उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियो, जसको राशि ११,१११/- रहेको छ। साथै यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान-२०८१’ र ‘वर्ष पाठक सम्मान-२०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियो।

जसको पुरस्कार राशि क्रमशः ७०००/– र ५०००/– रहेको छ । उक्त अवसरमा मञ्चद्वारा प्रकाशित एवम् लोकार्पित २२ कृतिका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान-२०८१’ द्वारा सुशोभन गरिएको थियो।

त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मान द्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मान द्वारा हिमालयन दृष्टि मिडिया प्रालि नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियो।

त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’ द्वारा हिमालयन दृष्टि प्रालिका लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान-२०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मान द्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियो।

त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्ने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक–२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रशंसापत्र प्राप्त गर्नेहरूमा  हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) रहेका छन्।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्राडा चूडामणि बन्धु, कथाकुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारबाट सम्मानित वरिष्ठ साहित्यकार विजय चालिसे, आदर्श लघुकथा साधक र नमस्ते झिल्का पुरस्कार–२०८१ बाट सम्मानित एवम् पुरस्कृत वरिष्ठ साहित्यकार डा.विदुर चालिसे, डेउडा लोक गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ लोक गायक नन्दकृष्ण जोशी, लघुकथा वन्दना गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ गायक आनन्द कार्की, लघुकथालय पुरस्कार-२०८१ बाट पुरस्कृत वरिष्ठ साहित्यकार ललिता दोषी, विमोचित कृतिहरूका कृतिकारहरूमध्येबाट भारतबाट आउनुभएका लघुकथाकार एवम् संस्थाका आजीवन सदस्य मुक्ति गौतम, मञ्चका संरक्षकहरूमध्येबाट मञ्चका संरक्षक एवम् विशिष्ट आजीवन सदस्य अवधेश सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू गोपाल अश्क, नर पल्लव, डा.शंकरप्रसाद गैरे, गङ्गा कर्माचार्य पौडेल, लक्ष्मण अर्याल, डा.शेखर कुमार श्रेष्ठ, रचना शर्मा, विष्णु डल्लाकोटी एवम् बेलिमाया डल्लाकोटी (लघुकथा विकास कोषदाता), विष्णुप्रसाद काफ्ले, यमुना प्रधानाङ्ग मुना, वसन्त अनुभव, मीठूकुमारी पाठक, श्रीकृष्ण पौडेल, होमप्रसाद नेउपाने, कुमार काफ्ले, विष्णु पन्थी, विष्णु भण्डारी आचार्य, सुरेशकुमार पाण्डे, प्रभादेवी पौडेल(हेमलता स्मृति लघुकथा सम्मान–२०८१ बाट सम्मानित व्यक्तित्व), सुनिता निरौला पौडेल, खगेन्द्र बस्याल, तुलसी पण्डित, रामराजा के.सी., कमल पौडेल, विवेक काफ्ले, अनिष पाठक, आयुष बडाल, सन्तकुमार चौधरी लगायत मञ्चका पदाधिकारी, अतिविशिष्ट/आजीवन सदस्यज्यूहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक/सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियो। नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी एवम् कुशल उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्ले गरेका थिए।

‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ-२०८१’ २०८१ सम्पन्न २६ लघुकथा कृतिको एकसाथ लोकार्पण लघुकथा साहित्यिक महोत्सवको प्रथम चरणको कार्यक्रम समापनपश्चात् सोही दिन साँझ ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ-२०८१’ को आयोजना गरिएको थियो। जसमा सुपरिचित वरिष्ठ गायक आनन्द कार्की र वरिष्ठ लोक/देउडा गायक नन्दकृष्ण जोशीले आफ्ना प्रस्तुति दिएका थिए। आफ्ना पुराना चर्चित आधुनिक गीत गाएर वरिष्ठ गायक आनन्द कार्कीले स्टेज तताउँदै उपस्थित दर्शक/श्रोताहरूको मन जित्न सफल भएका थिए।

साहित्यकार वसन्त अनुभवका अनुसार वरिष्ठ लोक गायक÷देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न चर्चित देउडा गीत गाएर सबै दर्शक/श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए। उक्त साङ्गीतिक एवम् सांस्कृतिक साँझमा हरूका चर्चित गायकको गायन सँगसँगै विभिन्न सांस्कृतिक समूहले आआफ्नो प्रस्तुति दिएका थिए। जसमा मगरहरूको सांस्कृतिक कौडा नाच, थारूहरूको सांस्कृतिक फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए।   

प्रकाशित: १७ कार्तिक २०८१ १२:१८ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School