लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा!

लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा!


नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करीब सात दशक बितिसकेको छ। यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्। साँंच्चै भन्ने होभने अव औंला भाँचेर लघुकथाका कृतिहरुको नाम भन्न र लघुकथाकारको नाम सम्झिन त्यत्ति सजिलो छैन। पछिल्लो एक दशक यता भएको प्रविधिको विकास र प्रविधिले विकास गरेको सामाजिक सञ्जालमा अधिकांशको पहुँचले गर्दा पनि देश विदेशबाट सामाजिक सञ्जालमा खुलेका लघुकथा समूहहरुको सकृयताले गर्दा पनि नेपाली साहित्यमा लघुकथाले लेखन, प्रत्यक्ष वाचन र प्रकाशनमार्पmत् बढी भ्mयांगिने मौका पाएको छ र पाइरहेको देखिन्छ।

सामाजिक सञ्जालमा खुलेका लघुकथा समूहहरुले आप्mनो सकृयता बढाउने क्रममा लेखनका लागि लघुकथाकारहरुलाई समय सान्दर्भिक नवीन विषयवस्तुहरु जस्तै बा, आमा, पे्रम,नारी, बालबालिका आदि शीर्षक दिने भएकाले पनि लघुकथा लेखनमा सकृयता आउनुका साथै लघुकथामा नवीन विषयवस्तुले पनि प्रवेश पाएको छ। सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक सञ्जालमा लघुकथाकारहरुको पहुँच र प्रकाशनको सहजताले गर्दा पनि नेपाली साहित्यमा यसरी लघुकथा भ्mयांगिनुमा यी कारक तत्व हुन्भन्दा असत्य नहोला नै। त्यसका अतिरिक्त लघुकथासँग जोडिएर स्थापना भएका विभिन्न संघसंस्थाहरुले पनि आआप्mनो सकृयता मार्पmत् लघुकथाको उन्नयनमा काम गरिरहेको पाइन्छ।

पछिल्लो समयमा नेपाली साहित्यमा नियमित वा अनियमित जुनसुकै प्रकारले प्रकाशन भैरहेका साहित्यिक पत्रिका वा दैनिक अखबारहरुले पनि लघुकथालाई स्थान दिएको देखिन्छ। संस्थागत वा निजी क्षेत्रबाट प्रकाशन भैरहेका थुपै्र पत्रत्रिकाहरुले लघुकथा विशेषाङ्क नै प्रकाशन गरेर यस विधालाई मौलाउन मलजल प्रदान गरिरहेको पाइन्छ। जसरी फुटकर रुपमा लघुकथाको लेखन र प्रकाशन भैरहेको छ त्यही अनुपातमा लघुकथाको कृति पनि प्रकाशन भैरहेको पाइन्छ। तर सामाजिक सञ्जालमा होस् वा पत्रपत्रिकामा छापिएका नै किन नहोउन्, लघुकथा शीर्षक दिइएको सबै रचना लघुकथा भएका छन् त रु तिनलाई लघुकथा मान्न सकिन्छ रु अब लेखनसँगै यो विषयमा स्वस्थ र स्वच्छ वहस पो चलाउने हो कि रु किनभने लघुकथाको नाममा मुक्तक, चुटकिला, शूत्रकथा, ट्वीटरकथा कसैले लेख्छभने यो लघुकथा भयो वा भएन भनेर प्रश्न उठाउँने जिम्मेवारी कसको हो रु पक्कै पनि सर्वप्रथम त सर्जक नै आप्mनो सिर्जनाप्रति सजग र जिम्मेवार हुनुपर्दछ। सिर्जनाअघि नै उसले विधागत संरचनाका बारेमा सामान्य जानकारी प्राप्त गरेकै हुनुपर्दछ। विधागत सचेततालाई आत्मसात नगरी लेखिएको रचना र गरिएको सिर्जना अनाडी चित्रकारको किरिङमिरिङ चित्रकारिताजस्तो मात्र नहोला त रु

लघुकथा लेखनको सन्दर्भमा अहिले सामाजिक सञ्जालका विभिन्न समूह र व्यक्तिगत तर्फबाट पनि प्रशिक्षण दिने कार्य भैरहेको देखिन्छ। लघुकथाको सन्दर्भमा लघुकथाको सिद्धान्तबारे समीक्षक एवम् समालोचकहरुबाट लेखिएका लेखहरुको प्रकाशन भएको पाइन्छ भने ती समीक्षा वा समालोचनाले नयाँ वा स्थापित लघुकथा सर्जकहरुलाई केही न केही त मार्गदर्शन गरेकै हुनुपर्छ। अध्ययन पनि नगर्ने, विधागत चेतनालाई पनि आत्मसात नगर्ने ‘लघुकथा’ लेखेर प्रकाशन गर्न हतार मात्रै गरेर नेपाली लघुकथा साहित्यको स्तर हामीले सोचेको र चाहेको ठाउँमा पुग्ला त?

हुन त नेपाली साहित्यमा नयाँ वा पुराना यथेष्ठ लघुकथाकारहरु देखापरिरहेको बेलामा लघुकथा कसरी लेख्ने? लघुकथा कस्तो रचनालाई भनिन्छ?  लघुकथा लेखनमा केके कुराको आवश्यकता छ र केके कुरा वर्जित छ भनेर सिकाउने गुरुहरु पनि प्रशस्तै देखानपरेका हैनन्? गुरुहरु देखापर्नु नराम्रो हैन बरु हामीले गुरुहरुको कुरा सुन्नुपर्छ, मनमा गुन्नुपर्छ र लेखनमा आप्mनो बाटो आपैmले तय गर्नुपर्छ। किनभने विद्यालय, उच्च विद्यालय र महाविद्यालयहरुमा पनि गुरुहरुले नै अध्यापन, प्राध्यापन गर्छन् र उनीहरुबाटै सिकेर हामीले आफ्नो जीवनलाई स्वतन्त्र ढङ्गले अघि बढाएका हौं। यो कुरालाई मनन गर्दा फरक नपर्ला नै ।

लघु शव्दसँग कथा पनि जोडिएर आएकोक हुनाले यसमा आख्यान त जोडिने नै भयो तर लघु रुपमा वा सानो रुपमा। त्यसैले लघुकथा पूर्ण संरचनायुक्त आख्यान हो। कथाको सिद्धान्तअनुरुप नै लघुकथा लेखिने भएकाले लघुकथाको छुट्टै सिद्धान्त छैन । कथामा पाइने कथानक, कथावस्तु, चरित्रचित्रण, उद्धेश्य, भाषा, शैली, कथोपकन लघुकथामा पनि हुन्छन् र ती तत्व कथाका लागि जस्तै लघुकथाका लागि पनि आवश्यक छन्।

यस सन्दर्भमा समालोचक प्राडा गोपीन्द्र पौडेलको भनाई स्मरण गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ। उहाँ भन्नुहुन्छ, ‘सामान्य अर्थमा लघुकथालाई पुड्को मान्छे र र कथालाई सरदर मान्छेका रुपमा बुभ्mन सकिन्छ। पुड्को मान्छे र सरदर मान्छेका विचमा प्रजातिगत भेद नभएजस्तै कथा र लघुकथाका बिचमा पनि प्रजातिगत भेद नभई प्रक्रियागत भेद हुन्छ। (एक मुठी घाम, लघुकथासङग्रहको भूमिका, पृ। २५ बाट)

हामीले बुभ्mनैपर्ने कुरा के होभने लघुकथा कथाको कलमी हैन। कथा र लघुकथा आपैmमा स्वतन्त्र आख्यान विधा भएकोले कथालाई छोट्याएर अर्थात् कलमी गरेर लघुकथा हुँदैन, बन्दैन। लघुकथाको छुट्टै संरचना छ। छोटो आकारमा निर्माण गरिने यस विधाको विशेषता भन्नु नै थोरैमा धेरै भन्नु हो जसले सुन्दर प्रस्तुति र अधिकांश अनपेक्षित अन्त्यलाई प्राथमिकतामा राखेको हुन्छ। अर्को कुरा लघुकथालाई निश्चित शव्द संख्यामा बाँध्नु पनि एउटा स्वतन्त्त विधाका लागि न्यायोचित हुन सक्दैन। लघुकथा लेखनका लागि अहिले सिक्ने , सिकाउने, भन्ने र भनाईने कुरा भनेको यसको प्रस्तुति र अन्त्यलाई लिएर एक किसिमको हौवा खडा गरिएको छ( 

लघुकथामा रहस्यात्मक प्रस्तुति र झड्का दिने अन्त्य हुनैपर्छ भनेर लघुकथाको बजार तातिएको हैन तताइएको  छभन्दा फरक नपर्ला। लघुकथा लघुकथाको संरचनात्मक आकारमा होस्, रहस्यात्मक प्रस्तुति पनि होस्, पाठक बेहोस नै हुने गरी अन्त्यमा झट्का पनि लागोस्। तर यही नियमभित्र बाँधिएर कति वटा लघुकथा लेख्ने रु उस्तै उठान र उस्तै बैठान भएको अर्थात् एउटै शैलीको कति वटा लघुकथा पढ्ने रु सिर्जनालाई संरचनाको सीमाभित्र स्वतन्त्र छाडिदिने कि रु कठोर नियमको साङ्लोमा सिर्जनालाई बाँधेर सिर्जनाको घाँटी नै निमोठ्ने रु नियम त हामीले नै बनाइएको होभने सिर्जना गर्नै कठिन हुने नियमको हामीलाई आवश्यकता छ त रु हामीले बनाएको नियमलाई हामीले नै समयसापेक्ष बनाउने हो कि रु यस विषयमा विवाद हैन वहस गरौं, गम्भीरतापूर्वक छलफल गरौं र निष्कर्षमा पुगौं । किनकि नियम हामीले‘बनाएका हौं, हामीलाई नियमले बनाएको हैन ।

लघुकथाको सुगन्ध, बा  

माथि लघुकथाको सन्दर्भमा मैले मेरो दृष्टिकोण अगाडि सार्ने प्रयत्न गरेँ। यो सन्दर्भलाई अगाडि ल्याउनुको खास कारणमा सामाजिक सञ्जालमा अत्यन्त सकृय नमस्ते लघुकथा मञ्च, भरतपुर, चितवनको सकृयता र योगदान पनि हो जसले नयाँ पुराना लघुकथाकारहरुलाई  मञ्च प्रदान गरिरहेको छ भने नियमित रुपमा लघुकथाको सुगन्ध प्रकाशन पनि गरिरहेको छ। प्रकाशनका लागि मञ्चले विविध विषयवस्तु अगाडि सारेको छ। कहिले बालबालिका त कहिले ‘बा’ विषयलाई अगाडि सारेर संयुक्त सङ्ग्रह नै प्रकाशन गरिसकेको छ। त्यसका अतिरिक्त आप्mनो बार्षिकोत्सवमा स्रष्टा, द्रष्टा, पाठक र मिडियासमेतलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ। राज्यले गर्नुपर्ने कर्तव्य,  दायित्व र जिम्मेवारी सामाजिक सञ्जालमा खोलिएको एउटा सानो समूहले पूरा गर्दैछ हैन बरु गरिरहेको छ भन्ने सुन्दा र देख्दा सुखद् आश्चर्य लाग्नु स्वाभाविक नै हो जसका लागि नमस्ते लघुकथा मञ्च र यसका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ लगायत मञ्चमा आवद्ध सम्पूर्ण टिमको नै जत्ति प्रशंसा गरे पनि कम हुन्छ। हुन त मञ्चमा आवद्ध सदस्यहरुसँग म व्यक्तिगतरुपमा परिचित छैन तर उहाँहरुको कामको प्रशंसा गर्न मलाई परिचयको अभावले पनि छेकेन।

यहाँ मैले चर्चा गर्न लागेको मञ्चले प्रकाशन गरेको संयुक्त लघुकथासङ्रग्रह लघुकथाको सुगन्ध बा १ को हो। यसको शीर्षकबाटै थाहा हुन्छ यो कृति ‘बा’ को वरिपरि घुमेको छ। सङग्रहमा ११० जना स्रष्टाहरुले बामाथि लघुकथाको सिर्जना गरेका छन् । बा, बुवा, ड्याडी, फादर,अब्बा, पप्स जे सम्बोधन गरे पनि परिवारको जिम्मेवारी वहन गर्ने व्यक्तिको एउटा छवि तपाईहाम्रो आँखा अगाडि आईहाल्छ। आमाको बारेमा संसारमा धेरैभन्दा धेरै रचनाको सिर्जना भएको छ। फुटकर मात्र हैन सयौ पुस्तकहरु ल्ेखिएका छन् तर जीवनभरि आप्mनो रहर मारेर घरपरिवार र सन्तानको रहर पुरागर्ने एउटा जिम्मेवार व्यक्ति बाको बारेमा अत्यन्त कम लेखिएको छ । त्यस्तो स्थितिमा मञ्चको यो प्रकाशन विशेष छ र यस प्रकाशनको जति चर्चा परिचर्चा हुनुपथ्र्यो त्यत्ति भएको पाइन्न।

आपूm फाटेको चप्पल लगाएर हिँडे तापनि छोराछोरीलाई एडिडासको जुत्ता किनिदिने, आजीवन बनीबुतो गरेर भए पनि छोराछोरीलाई निजी विद्यालयमा पढाउने, घरपरिवारका लागि देश र विदेशको टण्टलापुर घाममा आधा अघाएको पेट लिएर खट्ने बाको भावना, चाहना, इच्ँछा, आकांक्षाका बारेमा अभैm धेरैभन्दा धेरै लेखिनु जरुरी छ । किनभने् मनमा जत्ति नै पीडा भए पनि यो समाजले भन्छ मर्द भएर रुनु हुँदैन तर समाजले हैन आप्mनै सन्तानले उचित माया र सम्मान नदिएपछिको स्थितिमा एकजना ‘बा’ को मनमा उठ्ने आँधीबेरीलाई यस्तै कृतिले बाहिर ल्याउन सक्छ । यस कृतिमा बालाई हेर्ने ११० दृष्टिकोणहरु छन् तिनको अध्ययनगर्दा बाको मिहिनेत, रुप, रङ, चाहना, इच्छा, आकांक्षा, सन्तानको कर्तव्य आदिलाई सहजै बुभ्न सकिन्छ । घनश्याम डल्लाकोटीको सम्पादन रहेको सङग्रहमा घनश्याम डल्लाकोटी कृष्णजी शर्मा, इन्द्रकुमार श्रेष्ठ सरित्, डा कपिल लामिछने, केबि पारखी, अनुग्रह राना मगर, टंकबहादुर आले मगर, दीपक लोहनी, नन्दलाल आचार्य, बाबुराम न्योैपाने उत्स, ममता मृदुल, म्यामराज राई, राजकुमार श्रेष्ठ, ललिता दोषी, वसन्त अनुभव, विनोद नेपाल, शारदा पराजुली, शेखर अर्याल, शेखरकुमार श्रेष्ठ, वनमाली निराकार, यमुना प्रधानाङ्ग, सीता विष्ट कार्की , गोम विक्रम आदिका रचना रहेका छन् ।

बाको सेरोफेरोमा घुमेका अधिकांश रचना मर्मस्पर्शी छन् तर लघुकथाको सन्दर्भ उठान गरिएकोले प्रश्न फेरि पनि उही  दोहोरिन्छ, सङग्रहमा सङ्ग्रहित सबै लघुकथाले लघुकथाको मूल्य र मान्यतालाई आत्मसात गरेका छन् त?

नमस्ते लघुकथा मञ्चलाई आगामी दिनमा थप अरु सकृयता र स्तरीयताका लागि अग्रीम शुभकामना। आजलाई यत्ति नै।

तरहरा,सुन्सरी,काठमाडौं 

प्रकाशित: १८ असार २०८१ १०:०९ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School