पुण्यप्रसाद कोइराला (पी.वी.कोइराला २०२६, इनरुवा) को ‘डगल्यान्ड’ लघुकथाको किताब हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको छ। यसमा पचासभन्दा बढी लघुकथा सङ्कलित छन् र कृतिको आकृति सत्तरी पृष्ठकै हाराहारीमा छ। बाहिरी आवरणमा यो लघुकथासङ्ग्रह रहरलाग्दो र लोभलाग्दो पनि छ। लघुकथाकार कोइराला विभिन्न संस्थाबाट पुरस्कृत प्रतिभा भएको कुरा पश्चपृष्ठमा उल्लेख छ। सुरुमा सरर एकदुई लघुकथामा आँखा डुलाउँदा भाषा सरर सर्ने बनेको र कुरो सलक्कै पच्ने स्तरको लाग्छ। यी लघुकथाको सम्पूर्ण अवलोकन नगरी केही भन्न असजिलो हुन्छ। तथापि प्राक्कल्पनामा भरपर्दा कथाहरूले भविष्यमा प्रशंसा पाउने छन्।
विषयप्रवेश
यी लघुकथाको विषय समयसापेक्ष हुनुपर्ने छ, सिलसिला मिलेको भाषा हुनुपर्नेछ। अन्त्यमा पुग्दा अर्को कुनै कुरा घुसेपछि छ्याङ्ग भएर हृदयभित्र छिर्नुपर्ने हुनुपर्छ। यसका सन्दर्भ वा विषय सामाजिक, आर्थिक, राजनैतिक र अन्तरदेशीय हुन सक्छन्।
सामाजिक सन्दर्भका लघुकथा
सामाजिक सन्दर्भलाई आधार मानेर लेखिएका धेरै कथा छन् जसमा ‘होस’ पनि पर्छ। जात, धर्म र आहोदामाथि प्रहार भएको उक्त शीर्षकमा अन्त्यमा ‘मणिपुर’ शब्दले विषय विषयान्तर गर्छ। त्यसको अर्थको खोजी गर्न भारतको वा अन्त कतैको मणिपुर पुगिन्छ जहाँ जातका विषयमा हुलदङ्गा हुन्छ। ‘व्यवस्था’ शीर्षकमा आएको सन्दर्भ हामीसित आवद्ध हुन्छ, हामी अक्षम भएकाले आफूआफूमा झडप हुन्छ जसरी फुटबल खेलाडी अयोग्य भएकाले भिडन्त गर्छन्। ‘पलायन’ शीर्षकमा घरझगडाले ठाउँ पाएको छ, अन्त्यमा प्रसङ्ग नवीन भने छैन। भाषा र प्रतीक भने अन्यन्त मिठो मेलमिलाप गर्छन्। ‘अस्तित्व’ शीर्षकको कथामा सहज विषयलाई प्रतीकात्मक जलप दिइएको छ र सृष्टिकर्ताको आदेश नवीन अहङ्कार भई आउँछ, स्वाद बढ्छ। ‘झर्को’ शीर्षक सहज सन्दर्भमा फरक विषय आएर रोकिएको कथा हो। ‘क्षमता’ कथामा अन्त्यको लुप्त रहस्यले त्यति स्वाद दिँदैन। ‘बालमन’ मनोरञ्जनले भरिएको, सफलताको भव्य चुली छुने कथा भएकाले यस्तै स्वस्थ्य विषयका लघुकथा उत्तम तहमा गणना हुन्छन्। माइत बसेकी महिलाले घर फिर्ने विषयको बालकले पढ्न पाई प्रथम भएको सान भ¥यो।
प्रतीकात्मक पात्र रहने, व्याजस्तुति साथमा हुने र अर्कै प्रसङ्गमा समापन हुने लघुकथा ‘ठेक्का’ पनि हो। ठेक्का लिनेले नै बेइमानी गरेर घुस खानेको फायल ‘ठेक्का’ मा खुलाइन्छ। ‘लट्ठी’ को सन्दर्भ आउँदा आउँदै सुइटरको विषय थपिन्छ, व्यङ्ग्य हुन्छ। संस्कारमाथि नै प्रहार भएको कथा ‘आयातीत’ ले समाजको विकृति पस्कन्छ। ‘मन’ आहारविहारका विषयको कथमा स्वास्थ्य सन्देश दिइन्छ, यसमा नामहरूमा प्रतीकात्मक रीति अवलम्बन गरिएको छ। ‘डगल्यान्ड’ समाजमा कुकुर पाल्ने र सडकमा भुस्याहा कुकुरको आलोचित छन्। ‘छिमेकी’ कथा छिमेकीसँगको सम्बन्धमा आधारित लघुकथा हो। ‘चिन्ता’ शीर्षकमा सरकारले टिकटकको प्रसारण बन्द गरेको प्रसङ्ग देखिन्छ। अन्त्यमा आफूले गरेको भन्दा सरकारले गरेको कदम उचित ठहरिन्छ। ‘दुर्भाग्य’ शीर्षकमा यति तल्लो तहको दाजुभाइ सम्बन्ध देखाइन्छ। यस तितो सत्यमा मन दुख्छ। ‘स्वर्ग’ शीर्षकमा जनावरबाट मानव चरित्र उघ्रिन्छ । ‘रामराज्य’ प्रधानमन्त्रीको भाषणबाट सुरु भए पनि संस्कार असल नभएको क्षणसँग आबद्ध सामाजिक विषयको कथा हो। संस्कारको संरक्षण जरुरी हुने पाठ ‘स्पष्टीकरण’ हो। घुस्याहा–अपराधीको पक्राउ हुन्छ भन्ने आशा गरौँ। ‘चरित्र र खुसी’ त्यसको उदाहरण हो।
सामाजिक समस्या, शहरभित्रका खहरेहरू स्वतन्त्र हिँड्न पाएका छैनन्। साना पारिएका छन् बाढी आएका दिन चन्द्र संस्कृतबाट बजारमा पसेको खहरे बग्दै बग्दै धनकुटे रोड ैरोड बग्न पाउने ‘अधिकार’ निश्चित होस्।
महिलाहरू आत्महत्याको प्रयास गर्छन् तर मर्न पनि आँट चाहिन्छ भन्ने प्रसङ्गमा ‘कारण’ लघुकथा लेखिएको छ। इमानजमान खुस्किएपछि हुने परिणामका विषयको ‘पढाइ’ कथामा वर्तमान समय परिभाषित छ। यस कथाले प्रजाति (च्बअभ) को बुँदा आकर्षित गराउँछ। कथाकारको आफ्नै क्षेत्रको यो समस्या विकराल छ । प्रत्यक्षवाद–विधेयवादमा मुहूर्त (ःयmभलत) जस्तो बुँदाले परदेशतिर भाग्ने जमात देखाउँछ । मूलतः कुनै कथा विशुद्ध सामाजिक धरातलमा उभिएर आजको स्थितिको आलोचात्मक व्याख्या गर्छन्। त्यस प्रकारका कथामा बुढाबुढी अलपत्र पर्ने आजको तितो इतिहास ‘अंशबन्डा’ मा उतारिएको छ। समाजमा भइरहेका अपराधका विषयमा ‘कालो रात’ बोल्छ, ‘लट्ठी’ घरपरिवारमा बुढापाकाको स्थितिमाथि चिन्ता थपिएको लघुकथा हो।
राजनीति मिश्रित लघुकथा
सामाजिक आधारबाटै राजनीति उठेको हुन्छ। अहिले हाम्रो अवस्था अर्काको राजनीति नफापेको स्थितिमा छ। अर्काको कपडा, जुत्ता मागेर लगाएझैं ‘जडौरी’ शीर्षकमा दुवै विषय सरासर पस्छन्। अन्त्यमा पुग्दा राजनीतिसित बाँहा जोडेर रहस्य खुल्दा नेपालको राजनीतिमाथि घोचपेच पुग्छ र लघुकथाको मर्म समाउँछ।
‘स्वाभिमान’ आज जेजस्तो राजनैतिक–प्रशासनिक स्थिति छ,त्यसैको सार हो। जागिरमा प्रशासनको मनोमानी छ, त्यसैको सरल प्रतिबिम्ब यो कथा हो। घुस दिने र लिनेको स्वाभिमान चुँडिन्छ। जे जस्ता प्रसङ्ग छन्, तिनमा राजनीतिमाथि घोचपेच भएको लघुकथा निरन्तर एक हो। नेता भएपछि कमाउ धन्दा बलियो हुने ठहरले घोचपेच गर्छ। राजनैतिक पृष्ठभूमिको कथा ‘पहिचान’ मा नेताका कमजोरी र सबलतामा समीक्षा गरिएको छ। नेताका विषयको कथा भएकाले यसलाई राजनैतिक पृष्ठभूमिका कथा मान्न सकिन्छ । ‘सहिद परिवार’ शीर्षकबाटै जनयुद्धसित नाता राख्छ। सहअस्तित्त्वको कथा ‘सन्तुलन’ मा पात्रहरू जनावर छन्। झगडा गरेझैँ अन्त्यमा मिलेमतोमा खाने दलका नेताको प्रकृति बुझिन्छ। ‘झर्को’ शीर्षकको अन्त्यको उपमा राजनीति हुन्छ । ‘शिक्षक’ शीर्षकमा राजनैतिक कार्यकर्ता आलोचित रहन्छन्। ‘पद’ शीर्षकको कथामा घुस र राजनैतिक नियुक्तिको पोल खुल्छ। ‘सतीको श्राप’ समयसँग परिचय राख्छ। ‘दलदल’ को संवादबाट दलको झगडा उघारिएको छ। नेता र भ्रष्टाचारको उपद्रव खुलासा ‘पोल’ शीर्षकमा गरिएको छ। ‘छनोट’ लघुकथामा रूखको सन्दर्भभित्र खराब चरित्रको नेतामाथि व्यङ्ग्य गरिन्छ। राम्रो जातको आँपको विरुवमा रोप्ने काममा गल्तीले अर्कै जातको रोपिएछ। नातागोताका कारणले कर्मचारी र मन्त्री भ्रष्ट बन्नु पर्ने स्थितिको लघुकथा ‘बाध्यता’ हो। राजनीतिलाई छोएर उठेका पाठहरू धेरै छन् जसमा ‘सालिक’ पनि पर्छ। धरानमा भानुभक्तको सालिक छ जसलाई जीवन्त गराउँदै उनको सम्झनामा सपना देखेको, सुधारका काम गरेको सन्दर्भमा नेताले यातायातका कमजोरी भानुभक्तले भाषामा गरेको सुधारझैँ होऊन् भन्ने कामना छ। नेपालको राजनीतिमा संलग्न पात्रहरूको चरित्रका बारेमा ‘अगुवा’ शीर्षकमा तिखो आलोचना भएको छ। ‘महाजनको लीला’ साहित्य र कलाका क्षेत्रमा हुने अलिकति भन्दै गरिने अन्यायको लघुकथाले साहित्यका समीक्षक हामीमाथि थप्पड लगाएको छ। नेपालको राजनीतिलाई केन्द्रमा पार्दै, मन्त्रीका लाचारीको पोल खोल्दै लेखिएका कथामा ‘भाग’ पनि पर्छ। राम्रो योजना ल्याएर देश बनाउने विषय माथि व्यङ्ग्य गर्दै बिहोस हुने मन्त्रीको स्थितिमाथि हाँसो उडाउने लघुकथा ‘बजेट’ हो। कताकता ‘बजेट’ कथा पढ्दा कृष्ण बजगाईँका कथा पढेको आभास भएको छ, ‘कागजको मन्त्री’ भित्र यही ढपका धेरैओटा कथा छन्। कर्मचारीको घुसखोरीमाथि घोचपेच भएको कथा जिन्दावाद एक हो। अर्को राजनैतिक कथा ‘भोट बैङ्क’ हो। नेताको चरित्रमाथि व्यङ्ग्य पनि हुन्छ। कति कथामा सामाजिक र राजनैतिक विषयको समान साझेदारी हुन्छ। ‘बदला’ शीर्षकमा राजनैतिक नियुक्तिका भरमा, बाजेले राजनीति गरेर नातिले गाउँ मासेका सन्दर्भमा विवाद भएको छ। ‘स्वाभीभक्त’ राजनैतिक क्षेत्रको व्यङ्ग्यप्रधान कथा हो। ठूला नेताका अगाडि बिचका र तल्लो तहका नेताले मुख खोल्न नसकेको हाम्रा नेताहरूको अवस्था बसाहा गोरूमा आरोपित छ। ‘गोठालो’ शीर्षकमा जङ्गबहादुरझैँ फटाहालाई बाटामा ल्याउन सक्ने क्षमताशील नेता नेपालमा नभएको सङ्केत गरिएको छ। जङ्गबहादुर राणाले नेपालको सँुगौली सन्धिमा गुमेका कति जिल्ला फिर्ता मागेको इतिहास आजका नेताले पूरै बिर्सिएको स्थिति छ। ‘कुवाको भ्यागुता’ मा राष्ट्रप्रति भक्ति गर्ने सन्देश सम्पे्रषण हुन्छ। राष्ट्रबाट विदेश गए त्यहाँका नागरिकको नोकर भइन्छ। ‘बहिष्कार’ शीर्षकमा प्रकृति र मानवका विषयभित्र नेताका टोकाटोक पनि समेटिएका छन्। यहाँको समय चिनाउन लघुकथा लेखिएका छन्।
विविध विषका लघुकथा
कुनै कथा सामाजिक र राजनैतिक जस्ता लागे पनि अलग उचाइका पनि छन्, ती शीर्षकलाई विविधमा राख्न सकिन्छ। ‘अस्तित्व’ यसै धर्मको कथा हो जसमा नेपालको भूमि मात्र नसमेटिएर संसारकै नियम आकर्षित भएको छ। आफ्नो इच्छाले पुड्के शरीरलाई अग्लो अब्राहम लिङ्कनको वा ज्यो वाइडेनको जस्तो बनाउन मानवले सकेको छैन। यहाँ काँडाले रूप बदलेर फूल बन्न पाउँदैन। ‘खाता बन्द’ आर्थिक मामिला, मिटर, ब्याज, तिरेर नतिरिने ऋणको ढड्डाको सन्दर्भलाई संवादबाट पुष्टि गरिएको पाठ हो।
‘बसाइँ’ तासका खेलसित जोडिएको हारजितको कथा हो। ‘आयातित’ फरक विषयमा अडिएको लघुकथामा आजको समय गाईको स्थानमा कुुकुर पाल्ने पश्चिमी संस्कारको पर्दा खुलाउने कथा हो। यसले मुहूर्त (ःयmभलत) लाई खुलस्त पारिदिन्छ। यसले विसं २०६० पछिको युग चिनाइन्छ। मानव चरित्रको पठनका लागि ‘भाग्यमानी कुकुरहरू’ मा स्याल, गोही, चिल, गिद्ध आदि पशुका चरित्र मानवले बोकेको देखाउने प्रयास भएको फरक सन्दर्भको पाठ भेटिन्छ।
‘क्रयशक्ति’ अर्थबोधमा कठिनाइ हुने किसिमको कथा पनि छ। ‘निरूत्तर’ अति छोटो कथामा आजको समय चिनाउने एउटा तीर हो भने अर्को तीरले नेतागिरीको फायल खोल्छ। यी कथामा प्रत्यक्षवाद–विधेयवादका क्षण र पर्यावरणजस्ता बुँदा आकर्षित छन्।
निष्कर्ष
कोइराला ‘डगल्यान्ड’ लघुकथाको पुस्तकले समग्रका गतिविधिमाथि सरल व्यङ्ग्य गर्छन्। कतिपय कथामा छोपेर लगिएको एक वस्तु उचित ठाउँमा खोलिएको छ भने कति ठाउँमा बिचैमा खोलिएको भेटिनेछ। कतिपय लघुकथामा पात्रहरू प्रतीकात्मक छन्। जनावर अथवा निर्जीव पात्रहरू भए पनि मानवकै प्रशंसा र आलोचनार्थ आएका साधन हुन्। आजको समाज र राजनीतिको क्षेत्रमा खपिनसक्नु उकुसमुकुस छ। यहाँ यति बेथिति छन्। तिनलाई जति चिरेर देखाए पनि समेट्न कठिन हुन्छ। गहिराइमा छुन कठिन हुन्छ। यहाँका लघुकथाको प्रयास भूमि छुने नै हो।
प्रकाशित: २४ भाद्र २०८१ १२:५४ सोमबार