रूपेश र रणसिंगे च्याम्पियन

रूपेश र रणसिंगे च्याम्पियन


नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

महालक्ष्मी नगरपालिका वडा– ९ को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा रूपेश नेपाल पूर्वच्याम्पियन बद्रीलाल नेपालीलाई पछि पार्दै च्याम्पियन भएका हुन्।

ललितपुर महानगरपालिका वडा–११ का रूपेशले नवौं चरणमा उनै बद्रीलालसँग बराबरी खेलेका थिए। यो नतिजासँगै रूपेशले सात जित र एक बराबरीका साथ साढे सात अंक जोडे। च्याम्पियन रूपेशले २५ हजार रूपैयाँ नगद पुरस्कार पाए।

च्याम्पियन बन्ने क्रममा रूपेशले आठौं चरणमा कमल श्रेष्ठलाई हराएका थिए। त्यसअघि पाँचौं चरणमा सुश्रुत दाहालसँग पराजित भए पनि रूपेशले पुनरागमन गरेका हुन्। थापाथली चेस पार्क क्लबका सुशील चौधरी तेस्रो स्थानमा रहे।

दोस्रो स्थानका बद्रीलालले १५ हजार र तेस्रो भएका सुशीलले १० हजार रूपैयाँ नगद पुरस्कार पाए। झापाका विजेश राजकर्णिकार चौथो स्थानमा र सुश्रुत दाहाल पाँचौं स्थानमा रहे।

महालक्ष्मी नगरपालिकामा आयोजित दुईदिने प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी, झापाका राजन सुवेदी, मकवानपुरका मिलन लामा, ललितपुरका सुरोज महर्जन क्रमशः छैटौंदेखि दशौं स्थानमा रहन सफल भए।

ललितपुरतर्फको प्रतिस्पर्धामा सजिन महर्जन र सञ्जय महर्जन क्रमशः विजेता र उपविजेता भए। प्रतियोगितामा कुल ३७ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको थियो। महालक्ष्मी नगरपालिकाका तर्पmका प्रतिस्पर्धी कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ क्रमशः शीर्ष दुई स्थानमा रहे।

भेट्रानमा नेपाल पूर्वच्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए। जगन्नाथ ताम्राकार दोस्रो स्थानमा रहे। महिलामा श्रीलंकाकी सचिने रणसिंगे च्याम्पियन भइन्। नेपालका सिन्दिरा जोशी र पुनम प्रसाईं क्रमशः दोस्रो र तेस्रो भए। अनरेटेडमा शैलेश श्रेष्ठ र यु– १२ मा अग्रता आचार्य उत्कृष्ट भए।

प्रतियोगिताका विजेतालाई महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन, नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन र महालक्ष्मी नगरपालिका– ९ का अध्यक्ष जयकृष्ण बोगटीले पुरस्कृत गरे।

प्रकाशित: ११ चैत्र २०८० ०७:१३ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School