प्रकाशित मिति : पुस २, २०८१ मंगलबार
रुसको राजधानी मस्कोमा भएको विस्फोटमा जनरल मारिएका छन ।
रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ विष्फोटनमा परि मारिएका हुन । उनका सहकर्मीको को पनि दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।
रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताए ।
प्रवक्ताका अनुसार अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा गरेको छ ।
रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका रुसले बताएको छ ।
पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ ।