राष्ट्रसेवक कर्मचारीलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ को अवार्ड



प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

पाँच जना राष्ट्रसेवक कर्मचारीहरुलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ को अवार्ड प्रदान गरिएको छ ।

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहनु भएको छ ।

पाँच जना आइकन सार्वजनिक भइसकेपछि उहाँहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको एकाउन्टविलिटी ल्याव नेपालका कार्यक्रम निर्देशक सुरेस चन्दले जानकारी दिनुभयो ।

सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो । जसअन्तर्गत, शर्मिला सुवेदी शर्मिला सुवेदी ‘इन्टेग्रिटी विथ कम्पासन,’ बोधराज पाठक ‘इन्टेग्रिटी विथ इनोभेसन’, मनपुरण चौधरी ‘इन्टेग्रिटी विथ करेज’, मीरा कुमारी यादव ‘इन्टेग्रिटी विथ डेडिकेसन’, र मनहर कडरिया ‘इन्टेग्रिटी विथ एक्सन’,टाइटलबाट उहाँहरु सम्मानित हुनु भएको हो ।

“इन्टेग्रिटी आइकन २०२४” बाट सम्मानित हुने पाँचै जनालाई बधाई र शुभकामना दिँदै निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सार्वजनिक सेवामा रहेर असल आचरणलाई आत्मसाथ गरेर काम गर्दैगर्दा कुनैपनि बेला मुल्याङकन हुन्छ भन्ने उदाहरण इन्टेग्रिटी आईकन भएको बताउनु भयो ।

उच्च मनोवल बनाएर काम गर्नसक्ने र सदाचार प्रर्बधन गर्नसक्ने राष्ट्रसेवक देशले खोजिरहेको उहाँले बताउनु भयो ।

इन्टेग्रिटी आईकन नेपालका लागि देशभरबाट ३५९ जनाको मनोनयन भएको थियो । ति मध्येबाट उत्कृष्ट पाँच जना चयन गर्नका लागि ६ जनाको निर्णायक समितिले तथ्य संकलन , व्यबस्थापन र विश्लेषण गरेको थियो ।

११ औ संस्करणका रुपमा सम्पन्न भएको इन्टेग्रिटी आईकन नेपालबाटै सुरु भएको हो । अहिले यो अभियान विश्वका १६ देशमा विस्तार भएको छ ।

राष्ट्रसेवक कर्मचारीलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ को अवार्ड

जवाफदेहिता र पारदर्शीता अभिवृद्धि गर्नका लागि सदाचार प्रर्बधन गर्ने राष्ट्रसेवक कर्मचारीको योगदानलाई उजागर गर्दै अनुसरणयोग्य बनाउन यो अभियान सञ्चालन गरिएको एकाउन्टविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले बताउनु भयो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School