श्रीराम जयन्ती, रामनवमी २४ चैत २०८१ (आज) आइतबार । असल समाज, आदर्श राज्य स्थापनाको प्रेरणा दिने पर्व रामनवमी चैत्रशुक्ल नवमी हो, जुन दिन मध्याह्न त्रेतायुगमा आदर्श पुरुष श्रीरामले माता कौशल्याको गर्भबाट जन्म लिनुभएको थियो । सूर्य वंशमा अयोध्या नरेश दशरथका ज्येष्ठ पुत्रका रूपमा धराधाममा आउनुभएका श्रीराम, चन्द्र वंशमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा कंसको कारागारमा वसुदेव पुत्रका रूपमा श्रीकृष्ण भई धर्ती अवतरित हुनुभएको थियो । काल गणनाअनुसार रामायणको चर्चा श्रीरामको जन्मकथाले साढे १२ लाख वर्ष बिताइसक्दा पनि आदर्श पुरुष र युग परिवर्तनका रूपमा धर्ती पदार्पितहरूको चर्चा कम छैन अहिलेसम्म ।
संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक व्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपस्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखवाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएका प्रसंगहरू पनि यत्रतत्र भेटिन्छन् । सबैै मानिसका लागि वेद सरल, सहज छैन परंन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुँदै संसारभरि फैलिएको छ ।
रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो । भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ । आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ । शोक भय, चिन्ता व्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरूको संकीर्तन नै हो । ब्यवहारपरस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छाडेका छैनन् । अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय वासनासमेत मोहित बन्न पुग्छन् ।
धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट शासकहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई रामनवमीको नामले पुकारिन्छ । दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रत धर्म अर्धांगिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानव जीवनको यथार्थपरक आस्था हो, ब्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, यश आरामलाई सिधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सबैलाई स्मरण गराउँछ । राम वनवास जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन्् । जीवनका लागि योभन्दा ठूलो त्याग के पाइन्छ । बाबुको वचनलाई एक रत्तीभर उल्लंघन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजासमेत हुन् । सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्छ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ट र सर्वाेत्तम शास्त्र हो ।
नेपालभूमि, जानकीको जन्मभूमि जनकराजाको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार जनकपुरक्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसंगवारे प्रश्न राख्दा भगवान्का अंशांश अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो । पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिका उषाकालमा मरीचि आदि ऋषिमुनिहरूलाई अंशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिने’bout शिवगीता, रामगीता, महाभारतलगायत श्रीमद्भगवत् गीतासम्ममा चर्चा भएको छ । सूर्यवंशमा मध्याह्नमा धर्ती अवतरित श्रीरामको जन्मदिन रामनवमीपर्व हामी सबैका लागि महत्वपूर्ण दिन हो ।
संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक व्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुन पुगी तपस्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखवाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएका प्रसंगहरू पनि यत्रतत्र भेटिन्छन्
यस पर्वमा मुलुकभरका राममन्दिर एवं अन्यान्य देव, तीर्थस्थलहरूमा विशेष भीडभाड नै हुन्छ । त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रह्मासामु पुगेको र ब्रह्मा आदि देवताले क्षीरसागरवासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आपूmले धर्तीमा मानव रूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्या नरेश दशरथका कुलमा चार भाइ चारअंशका रूपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन् । सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठसामु दुःख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा श्रृंगी ऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भनेपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चार पुत्ररत्न प्राप्त भएको प्रसंग शास्त्रहरूमा चर्चा भएको छ । रामायणको विविधताअनुसार पायसको चर्चा पनि फरकफरक भएको देखिन्छ । रानी कौशल्या र कैकेयी नजिक रहेकी र सुमित्रा पछि आइपुगेकीले दुई भागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा दुई गर्भ रही लक्ष्मण र शत्रुघ्न दुई पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव पनि उस्तैउस्तै राम र भरतसँग मिल्दोजुल्दो देखिन्छ ।
कौशल्याको प्रसूतिकक्षमा श्रीराम प्रकट हुँदा २० फिट लामो आकार, हातमा शंख, चक्र, गदा, पद्मसहित, श्यामवर्ण, पीताम्बरधारी, मुकुटको पहिरनसाथ हुनुभएको मातालाई यो अद्भुत दर्शनले चकित तुल्याएको, माताको आग्रहमा बाल्यभावमा प्रस्तुत भएपछि कोठामा बच्चा रोएको आवाज आएको तुरुन्तै अन्य रानीका कोठाबाट बच्चाको रोदन सुन्न थालिएको, राजप्रासाद हर्षले विभोर भएको, अनेकौं शुभकामना आदानप्रदान, गोदान, नान्दीमुखी श्राद्ध आदि कर्म भएको, जातसंस्कार कार्यमा प्रचुर धनदान भएको प्रसंग सन्त तुलसीदासले वर्णन गर्नुभएको छ भने जताततै वेदध्वनि, शंख, घण्टका आावाज, भक्तिगीतहरू, भजन, संगीतहरू गुन्जिएका अयोध्याका सारा स्थान सजिएको चर्चा पनि रामायणहरूमा भएका छन् ।
धर्तीमा बालरूप अवतार प्रसंगको दर्शन गर्न नपाएका आकाशका चन्द्रमाले अयोध्या प्रवेश गरी आपूmले सो दृश्य हेर्न नपाएको गुनासो गरेपछि अर्काे अवतार चन्द्रवंशमा, मध्यरात्रिमा, द्वापरयुगमा श्रीकृष्ण अवतार पूरै बाललीला अवतरण दृश्य हेर्न पाइने आश्वासन दिँदा एक युगसम्म आपूm पर्खन नसक्ने दृढता व्यक्त गरेपछि हालै आफ्नो मस्तकमा विराजमान गर्न चन्द्रमालाई आदेश दिँदा श्रीरामको नाम रामचन्द्र बन्न पुगेको, नामले पूर्णता प्राप्त गर्न भक्त चन्द्रमाले सहयोग गरेका र कोमल मस्तकमा चन्द्र शोभा भएको प्रसंग पनि काव्यकारहरूले बडो राम्ररी प्रस्तुत गरेका छन् । श्रीरामको अवतार प्रसंगको चर्चा गर्दा यो सारा दृश्य अयोध्यावासीकै वेशभूषामा रहेर आपूmले अवलोकन गरेको कुरा शिवजीले माता पार्वतीलाई समेत बताउनुभएको छ । रामायणको बालकाण्डले रामलीला अवतारको जन्म प्रसंग रोचक ढंगले बताएको छ, भनिन्छ १ वर्षसम्म श्रीरामको जन्मोत्सव पर्वभरि नै सूर्यास्त नै भएन रे ।
यस’boutमा सन्त तुलसी दासले आफ्नो कृति रामचरित मानसमा बडो सुन्दर ढंगले चर्चा गरेका छन् । श्रीरामका तीन प्रमुख स्वरूपमध्ये आदिभौतिक स्वरूपमा– कर्मयोगी आदर्श मानवका रूपमा चिनिन्छन् भने आदिदैविक स्वरूपमा भन्नुपर्दा उनी व्यापक ब्रह्म हुन् । आध्यात्मिक दृष्टिले उनी ज्ञानरूपी सबैका अन्तरआत्मा हुन् । त्यस्तै, दशरथका तीन स्वरूपमध्ये आदिभौतिक– अयोध्या नरेश धर्मभीरु राजा, आदिदैविकमा भन्नुपर्दा उनी देवांशस्वरूप मनुका सन्तान र आध्यात्मिक रूपमा जीवरूपी दशरथ १० इन्द्रिय मानवस्वरूप भन्ने बुझिन्छ । सरयु नदीका विषयमा चर्चा गर्दा– आधिभौतिक रूपमा देवनदी, आदिदैविक रूपमा देवांशस्वरूपा, आध्यात्मिक रूपमा मानवका सुषुम्ना नाडीहरू हुन् । अयोध्याको चिन्तन गर्दा बजारसहितको ९ प्रवेशद्वार भएको सुन्दर नगरी आदिभौतिक रूपमा बुझिन्छ भने आदिदैविक स्वरूपमा बुझ्दा श्रीविष्णुको साकेतपुरी र आध्यात्मिक रूपमा बुझ्नुपर्दा मानव हृदयरूपी अयोध्या भन्ने बुझिन्छ । त्यस्तै, यज्ञलाई बुझनुपर्दा सकाम कर्मयज्ञ, विष्णुस्वरूप यज्ञ र निष्काम कर्म, भक्ति या ज्ञानयज्ञ भन्ने बुझिन्छ । वशिष्ठ गुरुको चिन्तन गर्नुपर्दा आदिभौतिकमा कुलपुरोहित गुरुदेव, आदिदैविक रूपमा उनी देवांशस्वरूपा र आध्यात्मिक रूपमा भन्नुपर्दा उनी ब्रह्मनिष्ठ भन्ने बुझिन्छ ।
(Visited 16 times, 1 visits today)