यो बर्ष विदेश बसेर १ लाख ३० हजार डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, अर्को बर्ष कति?



प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

यो बर्ष विदेश बसेर १ लाख ३० हजार डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, अर्को बर्ष कति?

कर बर्ष २०२५ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १ लाख ३० हजार डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने प्रावधान रहेकोमा कर बर्ष २०२६ का लागि यो रकम बढाएर १ लाख ३२ हजार ९ सय बनाइएको बिहिबार आईआरएसले घोषणा गरेको छ । १२ महिनाको अवधिमा कम्तीमा ३३० दिन विदेशमा बसेको व्यक्तिले विदेशमा कमाएको रकममा कर छुट प्राप्त गर्नेछन् ।

त्यसका लागि कुनै बर्षको १२ महिना हुन आवश्यक छैन, दुईबर्षको १२ महिनापनि हुनसक्छ । उदाहरणका लागि २०२५ को जुन महिनादेखि २०२६  को जुन महिनासम्म १२ महिनाको अवधिमा ३३० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको भएतापनि यो रकम २०२५ र २०२६  को ट्याक्समा छुट पाउन सकिन्छ ।

यदि कुनै कारणवश अमेरिकामा १२ महिनाको अवधिमा ३४ दिनभन्दा बढी बस्नु परेको खण्डमा भने विदेशमा कमाएको आम्दानीको ट्याक्स तिर्न नपर्ने छुट गुम्न सक्छ । विदेशमा कमाएको आम्दानीमा छुट पाउनका लागि उक्त देशमा बैध रुपमा काम गर्ने अधिकारप्राप्त हुनुपर्छ ।

यो बर्ष विदेश बसेर १ लाख ३० हजार डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, अर्को बर्ष कति?

यो बर्ष विदेश बसेर १ लाख ३० हजार डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, अर्को बर्ष कति?

पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म कुनै विदेशी मुलुकको वास्तविक निवासी रहेको अमेरिकी नागरिकले पनि विदेशमा गरेको आम्दानीमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै अमेरिकाको आयकर सम्बन्धि सन्धी सम्झौता भएको मुलुकको नागरिक अमेरिकाको बासिन्दा भएको खण्डमा पनि उसले विदेशमा कमाएको आम्दानीमा करछुट हुनसक्छ । तर त्यो व्यक्ति पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म विदेशी मुलुकमा बसेको हुनुपर्छ ।

सन् २०१९ मा १ लाख ५ हजार ९ सय डलरसम्म र सन् २०२० मा १ लाख ७ हजार ६ सय डलरसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । त्यस्तै २०२१ मा १ लाख ८ हजार ७ सयको थ्रेसहोल्ड रहेकोमा २०२२ का लागि १ लाख १२ हजारसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । २०२३ मा यो थ्रेसहोल्ड १ लाख २० हजार थियो भने २०२४ का लागि यो थ्रेसहोल्ड १ लाख २६ हजार ५ सय थियो ।





Source link

Leave a Comment