‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ८०४६ डलरसम्म रिफण्ड लिन सकिने, अर्को बर्ष ८२३१



प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

अमेरिकामा करबर्ष २०२५ को ट्याक्स फाइल गर्नेहरूले अर्नड इन्कम ट्याक्स क्रेडिट वापत ८,०४६ डलरसम्म पाउन सक्नेछन्, जुन गत वर्षको ७,८३० तुलनामा बढी हो। कर बर्ष २०२६ का लागि अर्नड इन्कम ट्याक्स क्रेडिटबापत पाइने रकम बढाएर ८ हजार २ सय ३१ डलर बनाइएको छ । जुन आईआरएसले बिहिबार घोषणा गरेको छ ।

कर बर्ष २०२५ को ट्याक्स फाइल गर्ने योग्य बच्चा नभएका एकल व्यक्तिको वार्षिक आम्दानी १९ हजार १ सय ४ डलरसम्म र संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको २६ हजार २ सय १४ डलरसम्म रहेको खण्डमा उनीहरूले अधिकतम ६४९ डलरसम्म यो क्रेडिट पाउनेछन्।

त्यस्तै ५० हजार ४ सय ३४ डलरसम्म आम्दानी हुने एकल वा ५७ हजार ५ सय ५४ डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको एउटा योग्य बच्चा भएमा उनीहरूले ४ हजार ३ सय २८ डलरसम्म क्रेडिट पाउनेछन्।

‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ८०४६ डलरसम्म रिफण्ड लिन सकिने, अर्को बर्ष ८२३१

‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ८०४६ डलरसम्म रिफण्ड लिन सकिने, अर्को बर्ष ८२३१

५७ हजार ३ सय १० डलरसम्म आम्दानी हुने एकल वा ६४ हजार ४ सय ३० डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको दुईवटा योग्य बच्चा भएमा उनीहरूले ७ हजार १ सय ५२ डलरसम्म क्रेडिट पाउनेछन्।

६१ हजार ५ सय ५५ डलरसम्म आम्दानी हुने एकल वा ६८ हजार ६ सय ७५ डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको तीन वा सोभन्दा बढी योग्य बच्चा भएमा उनीहरूले ८ हजार ४६ डलरसम्म क्रेडिट पाउनेछन्।

यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई कर तिर्नुपर्ने भएमा उक्त रकममा यो क्रेडिट रकम कटौती गरेर बाँकी रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा फिर्ता गरिन्छ। यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई कर तिर्नुपर्ने नभएमा सम्पूर्ण रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा रिफण्डका रूपमा प्राप्त हुनेछ।

अर्नड इन्कम ट्याक्स क्रेडिट भनेको कम र मध्यम आम्दानी भएका करदाताहरूका लागि कर छुट हो, जसमा बच्चा भएका करदाताहरूले उच्च रकम प्राप्त गर्न सक्छन्।आईआरएसका अनुसार करिब २० प्रतिशत योग्य करदाताहरूले यो क्रेडिट दाबी गर्न छुटाउने गरेका छन्।





Source link

Leave a Comment