२०, काठमाडौं । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल खो खो संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा चैत २४ देखि २७ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगिताको सह-आयोजकमा सुदूरपश्चिम प्रदेश खो खो संघ रहनेछ ।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डगी, लुम्बिनी, र सुदूरपश्चिमले सहभागिता जनाउनेछ । यस प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन् ।
प्रतियागिताको च्याम्पियनले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टिम ३० हजार र तेस्रो हुने टिम २० हजार रुपियाँ पाउनेछन् ।
प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।