यूएसएआईडीका १० हजार कर्मचारीलाई शुक्रबारदेखि बिदामा पठाइने



प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका हजारौं कर्मचारीलाई शुक्रबार रातिदेखि बिदामा पठाइने भएको छ ।

यूएसएआईडी को वेबसाइटमा पोस्ट गरिएको वक्तव्यमा कर्मचारीहरूलाई बिहीबार अपराह्नसम्म सूचित गरिनेछ भनेर उल्लेख छ ।

ट्रम्प प्रशासनले भनेको छ कि यूएसएआईडीले फजुल खर्च गरिरहेको छ । यसलाई राष्ट्रपति द्वारा निर्धारित नीति प्राथमिकतासँग मेल खान आवश्यकता छ ।

यूएसएआईडीका १० हजार कर्मचारीलाई शुक्रबारदेखि बिदामा पठाइने

एजेन्सीका कर्मचारीहरूले कटौतीका विरुद्ध विरोध जनाएका छन् । उनीहरुले यूएसएआईडीले अनुदान रोक्दा जीवन संकटमा पर्ने र राष्ट्रिय सुरक्षा कमजोर हुने दाबी गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश सहायता रोक्ने निर्णयले विश्वव्यापी सहायता प्रणालीलाई प्रभावित बनाएको छ । जसको प्रभाव विभिन्न देशहरूमा महसुस गरिएको छ ।

१०० भन्दा बढी देशहरूमा यूएसएआईडीले मानवीय सहायता प्रदान गरिरहेको छ । विश्वभरि १० हजार जना कर्मचारीलाई रोजगारी दिएको छ । यीमध्ये दुई तिहाइ कर्मचारी विदेशमा कार्यरत छन् ।

सन् १९६१ मा यूएसएआईडी स्थापना भएको थियो । यसको वार्षिक बजेट करिब ४० अर्ब डलर छ । जुन संघीय खर्चको लगभग ०.६५ हो ।

आफ्नो वेबसाइटमा पोस्ट गरेको वक्तव्यमा यूएसएआईडीले अमेरिकी विदेश मन्त्रालयसँग मिलेर विदेशमा कार्यरत कर्मचारीहरूलाई ३० दिन भित्र फर्कनसक्ने यात्रा व्यवस्थापन र भुक्तानी गर्ने उल्लेख गरेको छ ।

यूएसएआईडीका १० हजार कर्मचारीलाई शुक्रबारदेखि बिदामा पठाइने

विदेश सहायता रोक्ने निर्णयबाट प्रभावित भएका देशहरू मध्ये हाइटी प्रमुख एक हो । अमेरिकाले हाइटीका लागि १३.३ मिलियन डलरको सहायता रोक्ने भएको हो ।

तर बुधबार अमेरिकाले हाइटीका राष्ट्रिय प्रहरी र संयुक्त राष्ट्रसंघ समर्थित अन्तर्राष्ट्रिय मिशनको लागि ४०.७ मिलियन डलरको विदेशी सहायता उपलव्ध गराउने निर्णय गरेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School