प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार
अमेरिकाले सुरक्षा परिषदमा युक्रेन सम्वन्धि प्रस्तावमा कुनै पनि संशोधन आए त्यसका विरुद्ध भिटो प्रयोग गर्ने चेतावनी दिएको छ ।
अमेरिकाले सोमबार क्षेत्रीय अखण्डताको उल्लेख नगरी युक्रेन युद्धको ‘द्रुत अन्त्य’ गर्न आग्रह गर्ने प्रस्तावित सुरक्षा परिषद्को प्रस्तावमा संशोधन आए भिटो प्रयोग गर्ने बताएको हो ।
युरोपेली सहयोगीहरूले अमेरिकी प्रस्तावमा संशोधन हाल्ने संभावना बढेपछि अमेरिकाले यो चेतावनी दिएको हो ।
युक्रेन युद्धका बिषयमा रुस र युरोपेली संघ जो सुकैबाट पनि संशोधन आउछ भने अमेरिकाले भिटो प्रयोग गर्ने विदेश मन्त्रालय श्रोतले बताएको छ ।
यसैबीच संयुक्त राष्ट्र महासभाले तीन वर्षको सङ्घर्षको स्मरण गर्न अमेरिकी प्रस्तावमा मतदान गर्न तयारी गर्दै गर्दा अमेरिकाले युक्रेन र रूसलाई युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजनामा समर्थन गर्न आह्वान गरेको छ ।
अमेरिकाद्वारा पेश गरिएको प्रस्ताव मस्यौदाले द्वन्द्वको शीघ्र अन्त्य गर्न अनुरोध गर्दछ र थप युक्रेन र रूसबीच दीर्घकालीन शान्तिको आग्रह गर्दछ भनेको छ ।
अहिले यही आवश्यक छ र हामी युक्रेन र रूससहितसबै सदस्य राष्ट्रलाई यस प्रयासमा हामीसँग जोडिन आग्रह गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत डोरोथी सियाले भनेका छन ।
युक्रेनमाथि रुसले गरेको आक्रमण उचित ठहरिन्छ भने’ कुनै पनि देश सुरक्षित छैन भन्ने स्पष्ट हुने युक्रेनले बताएको छ ।
युक्रेनले संयुक्त राष्ट्र संघका सदस्यहरूलाई यदि ‘आक्रमण उचित ठहरिन्छ र पीडितलाई उसको लचिलोपन र बाँच्ने इच्छाका लागि दोष दिइन्छ भने कुनै पनि देश सुरक्षित छैन’ भनेको छ ।