युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न अमेरिका र रुस सहमत



प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

अमेरिका र रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न सहमत भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकाबीचमा भएको टेलिफोन कुराकानीमा दुवै नेता युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न सहमत भएको बताइएको छ ।

पुटिनसँग लामो र फलदायी टेलिफोन वार्ता भएको ट्रम्पले बताएका छन ।

युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न अमेरिका र रुस सहमत

ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा रुसका राष्ट्रपति पुटिनले वार्ताका लागि सहमति जनाएको र एक अर्का देशको भ्रमणको निमन्त्रणा दिएको उल्लेख गरेका छन ।

पछिल्लो समय युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पसँग ‘दीर्घकालीन र विश्वसनीय शान्ति’ को विषयमा कुरा गरेका छन् । अमेरिकाका रक्षा मन्त्रीले युक्रेन नेटोमा सामेल हुने संभावना कम रहेको बताइरहेको बेला यो धारणाबाहिर आएको हो ।

जेलेन्स्कीले शुक्रवार म्युनिकमा युक्रेनको रक्षा शिखर सम्मेलनको दौरान उपराष्ट्रपति जे डी भान्स र विदेश मन्त्री मार्को रुबियोसँग भेट्ने बताइएको छ ।

ट्रम्पले यो हास्यास्पद युद्ध बन्द गर्ने समय हो, जहाँ ठूलो मात्रामा र पूर्णतया अनावश्यक मृत्यु र विनाश भएको छ । भगवान रूस र युक्रेनका जनतालाई आशिर्वाद दिनुहोस् भनेर सामाजिक सञ्जालमा लेखेका छन ।

पुटिन र ट्रम्प बीचको फोन कल लगभग एक घण्टा लामो भएको थियो । टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पुटिनले ट्रम्पलाई रुस भ्रमणको निम्ता दिएका थिए ।

युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता गर्न अमेरिका र रुस सहमत

युक्रेन भन्दा बढी शान्ति चाहने कोही छैन । हामी र अमेरिकासँग मिलेर अगाडि बढ्ने योजना बनाउँदैछौं ताकि रुसको आक्रामकता रोकियोस् र दीर्घकालीन, विश्वसनीय शान्ति सुनिश्चित होस्, जेलेन्स्कीले भनेका छन ।

२०२२ को फेव्रुवरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School