प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार
युक्रेनी सेनाले २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । रुसको पक्षमा युद्ध लडिरहेको अवस्थामा ति २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।
ति २ जनालाई पूर्वी यूक्रेनको पोष्टरियन डोनबास क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
२ जना पक्राउ परेको भएपनि अरु धेरै चिनियाँ सैनिकहरु रुसको पक्ष र युक्रेनको विरुद्धमा लड्न कृयासिल रहेको युक्रेनको गुप्तचर निकायले बताएको हो ।
रुस र युक्रेनबीचको युद्धमा शान्तिको पक्षमा रहेको बताइरहेको चीनले आफना सैनिकहरु युद्धका लागि रुस पठाएको घटना बाहिर आएको छ ।
युक्रनले यसै विषयमा चिनियाँ राजदूतलाई छलफलको लागि बोलाएको छ ।
चीनलाई रसियासँग मिलेर युद्धमा संलग्न भएको पहिलो आधिकारिक आरोप यूक्रेनद्वारा लगाइएको हो । रुस र चीनले यस विषयमा कुनै प्रतिकृया दिएका छैनन ।
यूक्रेनी सेनाले डोनबासको पूर्वी क्षेत्रमा पहिचानका कागजातहरूसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यूक्रेनी सेनाले छ जना चिनियाँ सैनिकहरूसँग लडाईं लडेको र ती मध्ये दुईलाई बन्दी बनाएको जेलेन्स्कीले बताए । उनले भिडियो पनि पोष्ट गरेका छन ।
राष्ट्रपति जेलेन्स्कीले शान्तिको पक्षमा रहेका सबै देशहरूबाट प्रतिक्रिया पनि मागेका छन्।
अहिले अनुसन्धान चलिरहेको छ । बन्दीहरू अहिले यूक्रेनी सुरक्षा सेवाको नियन्त्रणमा छन्। मंगलबार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो घटनाले चिन्ता उत्पन्न गराएको बताए ।
चीन रसिया युद्धको प्रमुख समर्थक हो । चीनले नेभिगेसन उपकरण, सेमिकन्डक्टर चिप्स र जेट पार्ट्स जस्ता द्वैध उपयोग सामग्रीहरू रुसलाई आपूर्ति गरेको छ ।
जनवरी महिनामा यूक्रेनले दुई घाइते उत्तर कोरियाली सैनिकहरूलाई रसियाको कूर्स्क क्षेत्रबाट पक्राउ गरेको थियो ।
चीन र रुस राजनीतिक र आर्थिक दृष्टिकोणबाट निकट मित्र भए तापनि चीनले युद्धमा तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
रसियालाई सैन्य सामग्री आपूर्ति नगरेको चीनले पटकपटक बताउदै आएको छ ।