युएससीआईएसबाट आवेदकको ठेगाना परिवर्तनको प्रकृया परिवर्तन, आवेदकले जान्नै पर्नेकुराहरु

युएससीआईएसबाट आवेदकको ठेगाना परिवर्तनको प्रकृया परिवर्तन, आवेदकले जान्नै पर्नेकुराहरु



प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

युएससीआईएसबाट आवेदकको ठेगाना परिवर्तनको प्रकृया परिवर्तन, आवेदकले जान्नै पर्नेकुराहरु

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसले नीति म्यानुअलमा अपडेटहरू घोषणा गर्दै ठेगाना परिवर्तनको प्रकृयालाई परिवर्तन गरेको छ । अब आवेदकलाई ठेगाना अपडेटको लागि आफ्नो युएससीआईएस अनलाइन एकाउन्ट मार्फत स्वसेवा उपकरण प्रयोग गर्न सुझाव दिइएको छ । ठेगाना परिवर्तन भएको खण्डमा तुरुन्तै अपडेट गर्न सुझाव दिइएको हो ।

आवेदकहरुलाई पठाइने पत्र सही तरिकाले पुग्ने सुनिश्चित गर्न एजेन्सीले नीति म्यानुअलमा ठेगाना परिवर्तनको छुट्टै अध्याय थपेको हो । अबदेखि ठेगाना अपडेट केवल व्यक्तिको स्पष्ट अनुरोधमा मात्र हुने युएससीआईएसले स्पष्ट पारेको छ । जसले अघिल्लो अस्पष्टताहरूलाई पनि समाधान गरेको छ ।

विगतमा यदि कुनै सेवाको अनुरोध गर्दा आवेदकको ठेगाना फाइलमा रहेको ठेगानाभन्दा फरक रहेमा युएससीआइएएसले स्वत यसलाई ठेगाना अपडेटको रूपमा मान्दै आफै ठेगाना अपडेट गर्दै आएको थियो । तर यो दृष्टिकोणले भ्रम उत्पन्न गरेको भन्दै नयाँ निर्देशन अनुशार अब कुनै सेवाको अनुरोध गर्दा आवेदकको ठेगाना फाइलमा रहेको ठेगानाभन्दा फरक रहेपनि युएससीआईएसले स्वत ठेगाना परिवर्तन नगर्ने भएको छ । अब ठेगाना परिवर्तन केवल व्यक्तिको स्पष्ट अनुरोधमा मात्र गरिने भएको छ ।

युएससीआईएसबाट आवेदकको ठेगाना परिवर्तनको प्रकृया परिवर्तन, आवेदकले जान्नै पर्नेकुराहरु

संशोधित निर्देशनले अनलाइन उपकरण र स्रोतहरूको विस्तारमा ध्यान केन्द्रित गरेको छ। युएससीआईएसले सहयोग विकल्पहरूको बारेमा जानकारी अपडेट गरेको छ र युएससीआईएसमा सम्पर्क गर्ने तरिकाबारे पनि वेबपेजको लिङ्क समावेश गरेको छ । सरोकारवालाहरूलाई विशिष्ट कार्यक्रममा आधारित सहयोग आवश्यक भएमा सोही निर्देशन अनुशार सम्पर्क गर्नुपर्नेछ ।

युएससीआईले सेवा अनुरोधहरूको लागि जवाफ दिने समयको लक्ष्य पनि संशोधन गरेको छ। पहिलेको लक्ष्य १५ क्यालेन्डर दिन भित्र रहेकोमा अब त्यसलाई १५ व्यापारिक दिन बनाइएको छ । यी अपडेटहरू तत्काल लागू हुनेछन् । नयाँ अपडेटले कुनै पनि पूर्वनिर्देशलाई हटाउने भने यी अपडेटहरू मार्फत एजेन्सीले सरोकारवालाको अनुभव सुधार गर्ने अपेक्षा गरेको छ ।

यस अगाडि हुलाकमा ठेगाना परिवर्तन गर्दैमा हुलाकले युएससीआईएसको पत्र फरवार्ड नगर्ने स्पष्ट पार्दै युएससीआईएसमा नै ठेगाना परिवर्तनबारे जानकारी दिन युएससीआईएसले सेवाग्राहीहरुलाई  सचेत गराएको थियो । त्यस्तै अमेरिकाको हुलाकमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्तन नहुने समेत प्रष्ट पारिएको थियो । युएससीआईएसले हुलाक र युएससीआईएस दुबैमा विवरणहरु अपडेट गर्न सेवाग्राहीहरुलाई सुचित गरेको थियो । हुलाकमामात्र ठेगाना परिवर्तन गरेका कारण वा ठेगाना परिवर्तनबारे युएससीआईएसमा अपडेट नगरेका कारण कैयन सेवाग्राहीले युएससीआईएसका पत्र र सुचनाहरु हराउने गरेका छन् ।

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ ।गतबर्षदेखि युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल सुरु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै अद्यावधिक गर्न सक्छन् । सेवाग्राहीहरुले यो टुलमार्फत ठेगाना अद्यावधिक गर्न प्रक्रियाको गति र दक्षतामा उल्लेखनीय सुधार अनुभव गर्छन् ।

युएससीआईएसबाट आवेदकको ठेगाना परिवर्तनको प्रकृया परिवर्तन, आवेदकले जान्नै पर्नेकुराहरु

यो टुलमार्फत युएससीआईएसमा अनलाइन एकाउन्ट भएका धेरैजसो व्यक्तिहरूले आफ्नो पत्र आउने र भौतिक ठेगाना युएससीआईएससँग पेन्डिङ एप्लिकेसन, पिटिशन वा अनुरोधहरूको लागि एकै ठाउँमा अपडेट गर्न सक्छन् भने धेरै ठाउँहरूमा ठेगाना अद्यावधिक गर्नुपर्ने आवश्यकता हटेको छ । उनीहरुले अब एआर ११ नामको कागजी फर्म भर्नुपर्ने, युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्ने वा युएससीआईएसको फिल्ड अफिसमा जानुपर्ने वा एसाइलम अफिसमा जानुपर्ने बाध्यता पनि हटेको छ । यो टुलले केही अपवाद बाहेक लगभग सबै प्रकारहरूको फारमका लागि स्वचालित रुपमा ठेगाना परिवर्तनहरू स्वचालित गर्छ ।

कुनै पनि विचाराधीन आवेदन, याचिका वा अनुरोधहरू नभएका आप्रवासीहरुले पनि बसाई सराई गरेमा युएससीआईएसलाई सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न यो टुल प्रयोग गर्न सक्छन्। कुनै व्यक्तिको पेन्डिङ केस अनलाइन वा हुलाक मार्फत जसरी पेश गरेको भएता पनि युएससीआईएसको अनलाइन खाता मार्फत यो टुलमा पहुँच गर्न सकिन्छ। भावा, टी, यु लगायतका भिसा अन्तरगत पेन्डिङ वा स्वीकृत आवेदन भएकाहरुले भने यो टुल अहिलेका लागि प्रयोग गर्न सक्दैनन् ।

यो टुल प्रयोग गर्न व्यक्तिहरूलाई युएससीआईएसमा अनलाइन एकाउन्ट चाहिन्छ । उनीहरूको नाम, जन्म मिति र नयाँ भौतिक र पत्राचार ठेगानाहरू प्रविष्ट गर्नुपर्छ । व्यक्तिहरूलाई उनीहरूको विचाराधीन आवेदन, याचिका, वा अनुरोधको बारेमा जानकारी समावेश गर्न पनि प्रोत्साहित गरिन्छ।

युएससीआईएसमा ठेगाना परिवर्तनका लागि कागजीरुपमा   फर्म एआर ११ को पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा  ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।

यदि तपाई घरेलु हिंशा, मानव तस्करी वा अन्य कुनै अपराधको शिकार हुनुभएको छ र तपाईको आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने तपाईले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ भरेर भर्मोन्ट सर्भिस सेन्टरको ठेगानामा पठाउनुपर्छ । त्यस्तै आई ७५१ को वेभर आवेदन दिएकाहरुले एआर ११ भरेर आफ्नो आवेदन जहाँ छ त्यहीको सर्भिस सेन्टरमा पठाउनुपर्छ ।

यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि अनिवार्य ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ ।

कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् ।

तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

तर व्यवहारिक रुपमा भने ठेगाना परिवर्तन नगरेकै कारण देशनिकालासम्मको सजाय गर्न अमेरिकी अधिकारीहरु इच्छुक देखिएको खास रेकर्ड छैन । तर सिद्धान्तमा रहेको कानुन व्यवहारमा आउन के बेर ? त्यसैले समयमै सचेत हुँदा राम्रो ।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School