…यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !


‘मैदानमा तुफान, सुदूरको शान !’ 

पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सले प्रतियोगिताअघि सार्वजनिक गरेको ‘ट्रेडमार्क’ गीतको बोल हो यो। २० दिनसम्म चलेको एनपिएल अवधिभर यो गीतले सामाजिक सञ्जालदेखि क्रिकेट मैदानसम्म धमाल मच्चायो।

गीतले मात्रै होइन्, सुदूरपश्चिम रोयल्सका समर्थक र खेलाडीले पनि गीतजस्तै तुफान मच्चाउन भ्याए। उसै पनि सुदूरपश्चिम एनपिएलमा सर्वाधिक लोकप्रिय टिम देखियो। जसका समर्थकले सामाजिक सञ्जालदेखि मैदानसम्म आफ्नो समर्थनको तुफान देखाउन कुनै कसर बाँकी राखेनन्।

समर्थकको अपार समर्थन पाएका टिमका खेलाडीले पनि प्रतियोगिता अवधिभर आफ्नो खेल कौशल देखाएर तुफान देखाउन भरमग्दूर प्रयास गरे। जसको नतिजा लिग चरणमा खेलेका सात खेलमध्ये ६ मा जित निकाल्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रह्यो। त्यसपछि भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई सजिलै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो।

सुदूरपश्चिमको यो प्रदर्शनमा टिमका लगभग सबैजसो खेलाडीले योगदान दिए। ‘टाइगर’ को उपमा पाएका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो नामअनुसारकै प्रदर्शन गरिरहे। ब्याटिङ, बलिङ र फिल्डिङमा उनको प्रदर्शन अपेक्षा गरेअनुरुप नै देखियो। कप्तानीमा पनि अब्बल नै देखिए।

 अनुभवी ब्याटर विनोद भण्डारीदेखि युवा बलर नरेन साउदसम्म, विदेशी खेलाडी सैफ जैबदेखि ब्रान्डन म्याकमुलन, स्कट कगलाइनसम्मका खेलाडीले मैदानमा आफ्नो तुफान देखाए।

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

क्वालिफायरसम्मका खेलमा जलवा प्रदर्शन गरेको सुदूरपश्चिमले शनिबार जनकपुर बोल्ट्ससँगको फाइनलमा पनि आफ्नो तुफान जारी राख्यो। तर, निर्णायक खेलका केही पक्षमा चुक्दा पहिलो एनपिएल उपाधिको हकदार रहेको सुदूरपश्चिम च्याम्पियन बन्नबाट वञ्चित हुँदै स्तब्ध बनेको छ।

अन्तिम नतिजामा ५ विकेटले जित निकाल्दै जनकपुर बोल्ट्स एनपिएलको पहिलो च्याम्पियन बनेको छ। सुदूरपश्चिम उपविजेतामा चित्त बुझाउन पुगेको छ। 

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

यो सामग्रीमा हामीले तुफानी प्रदर्शन बाबजुद सुदूरपश्चिमको फाइनल हारका मुख्य कारणबारे कोट्याएका छौंः  

ब्याटिङमा मिडिल अर्डर र फिनिसर फ्लप  

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले शनिबार बिहान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए। उत्कृष्ट लयमा रहेका सुदूरपश्चिमका लागि त्यो साहासिक निर्णय थियो।

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

दीपेन्द्रको त्यो साहासिक निर्णयलाई ओपनरद्वय विनोद भण्डारी र सैफ जैबलाई सुरुवात देखि नै सही साबित गर्नेगरी प्रदर्शन गरे। पहिलो बलदेखि नै आक्रामक देखिएका विनोदले पहिलो ओभरमै २ छक्का प्रहार गरेका थिए।

त्यसपछि विनोद र जैब पावरप्लेमा दुई ओभर मेडन खाएबाहेक ११ ओभरसम्म कहीँ रोकिएनन्। उनीहरूले शतकीय साझेदारी गर्दै १२ ओभरमा ११७ रनको तावडतोड साझेदारी गरे।

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

१२ औं ओभर फालेका किशोर महतोको अन्तिम बलमा जैबले लङ अफमा लामो सट प्रहार गर्न खोज्दा क्याच आउट हुनपुगे। आउट हुुनुपूर्व उनले ४३ बल खेल्दै ८ चौका र दुई छक्काको मद्दतमा ६९ रन जोडेका थिए। उनी आउट भएलगत्तै विनोद पनि ४१ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीको सिकार बने।

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

उनीहरू आउट भएपछि सुदूरपश्चिमको मिडिल अर्डर एकपछि अर्को गर्दै ध्वस्त हुँदै गयो। १५ औं ओभरमा हरमीत सिंह (१४ रन), १६ औं ओभरमा ब्रान्डन म्याकमुलन (१४ रन) आउट भए।

फिनिसरका रूपमा आएका कप्तान दीपेन्द्रले पनि खास केही गर्न सकेनन्। उनी १९ औं ओभरको पहिलो बलमा ९ रनको व्यक्तिगत स्कोरमा आउट भए। त्यही ओभरमा आरिफ शेख(१ रन) आउट भए। २० औं ओभर सुदूरपश्चिमले तीन विकेट गुमायो। जसमा पहिलो बलमा स्कट कगलाइन(१३ रन), चौथो बलमा नरेश बुढाऐर(८ रन) र  अन्तिम बलमा इशान पाण्डे (६ रन) आउट भए।

यसरी सुरुका १२ ओभरमा ११७ रन जोड्दै झण्डै २०० रनको लक्ष्य निर्धारण गर्नेतर्फ अघि बढेको सुदूरपश्चिम मिडिल अर्डर र फिनिसरहरू चल्न नसकेर ध्वस्त हुँदा १८४ रनमा रोकियो।

बाउन्ड्री तुलनात्मक रूपमा छोटो रहेको त्रिवि क्रिकेट मैदान ब्याटिङमा राम्रो पिच देखिएको बेला १८५ रनको लक्ष्य कमजोर मानिन्छ। यस्तोमा सुदूरपश्चिमले सम्भव भएको लक्ष्यभन्दा १५/२० रन कम जोड्नु हारको पहिलो कारण देखिन्छ।

मिलान्थाको लाजबाफ ब्याटिङ, बलरको नाकामी

सुदूरपश्चिमका ओपनरजस्तै जनकपुरका ओपनरले पनि सुरुदेखि नै आक्रामक रूप अख्तियार गर्दै बलरमाथि जाइलागे। त्यसमा मुख्यतः श्रीलंकन खेलाडी लहिरु मिलान्थाले लाजबाफ प्रदर्शन गरे। उनलाई फाइनल खेलको कप्तानी गरिरहेका आशिफ शेखले भरमग्दूर साथ दिए।

उनीहरूले आक्रामक स्वरूप देखाउँदा सुदूरपश्चिमका बलर भने रक्षात्मक देखिए। विकेट लिनेगरी प्रयास गरेको देखिएन। बलिङमा न स्पिनरले ‘लाइन’ र ‘लेन्थ’मा बल फाल्न सके न फास्ट बलरले ब्याटरको परीक्षा लिने बल फाले।

स्कट कगलाइनलाई त लेन्थमै बल फाल्न सकस भइरहेको देखियो। उनले एकै ओभरमा पटक–पटक वाइड बल फालिरहे। अतिरिक्त रन मात्रै सुदूरपश्चिमका बलरले १८ खर्चिएका छन्। जसमध्ये १६ त वाइडबाट मात्रै प्राप्त भएको छ।

सुदूरपश्चिमका बलरले अर्को प्रयास नै नगरेको पक्ष ‘योर्कर’ लेन्थको हो। अहिले टी–२० मा योर्कर लेन्थ सबैभन्दा सफल बल मानिन्छ। ‘योर्कर स्पेसलिस्ट’ भनिएका अविनाश बोहराले त लाइन पाउनै मुस्किल भइरहेको देखियो। दीपेन्द्रसिंह ऐरीले फालेको एक उत्कृष्ठ योर्करमा लयमा रहेका जिम्मी निसम बोल्ड भएका थिए। त्यस्ता अरु बल अन्य कुनै बलरले प्रयास गरेको देखिएन।  

झूर फिल्डिङ  

सुदूरपश्चिमको हारको अर्को कारण फिल्डिङमा झूर देखिनु पनि हो। आफूकहाँ आइरहेको बल सफासँग ‘कलेक्ट’ गरे सपाट ‘थ्रोइङ’ गर्न नसकेको, अनावश्यक ‘ओभर थ्रो’ गरेको दृश्य खेलमा देखिएका थिए।  

यसबाहेक पनि दुईवटा महत्वपूर्ण क्याच पनि छुटे।  

दीपेन्द्रले छाडेको मिलान्थाको ‘क्याच’

धेरैले सुदूरपश्चिम हार्नुको मुख्य कारण दीपेद्रसिंह ऐरीले छाडेको मिलान्थाको क्याचलाई भनेर टिप्पणी गरेका छन्। कमेन्टेटेरले पनि दीपेन्द्रले त्यो क्याच छाड्दा ‘कप्तानले एनपिएलको उपाधि’ छाडेको टिप्पणी गरिरहेका थिए।  

...यसकारण फाइनलमा रोकियो सुदूरपश्चिमको तुफान !

१२ औं ओभरमा दीपेन्द्र बलिङमा आउँदा मिलान्था ३७ बलमा ६६ रनमा खेलिरहेका थिए। त्यतिबेला जनकपुरको स्कोर ११७ रनमा दुई विकेट थियो।

सोही ओभरमा दीपेन्द्रले फालेको पहिलो बलमा मिलान्थाको ‘मिस हिट’ भएर बलरतर्फ क्याच उठेको थियो। पछाडि फर्केर क्याच लिन खोज्दा दीपेन्द्रले उक्त क्याच लिन सकेनन्। त्यसपछि मिलान्था झन् आक्रमक भएर ८७ रनसम्म पुगे।

मिलान्था त्यो बेला आउट भएको भए सुदूरपश्चिको खेल जित्ने सम्भावना बाँकी रहन्थ्यो। तर, त्यो क्याच छुटेपछि आउट हुनेबेलासम्म मिलान्थाले खेल एकतर्फी बनाइसकेका थिए।

मिलान्थाबाहेक हर्ष ठाकेरको क्याच पनि ब्रान्डन म्याकमुलनले छाडेका थिए। बाउन्ड्री लाइनमा उनको हातबाट छड्किएर बल छक्का हुन पुग्यो।

यसरी पहिलो सिजनको एनपिएलमा राम्रो खेल्दाखेल्दै पनि निर्णायक खेलका केही पक्षमा चुक्दा सुदूरपश्चिम रोयल्स उपाधि जित्नबाट चुकेको छ। जनकपुरले लिग चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला फाइनलमा सुदूरपश्चिमसँग लियो।

हारपछि कप्तान दीपेन्द्रले खेलमा हारजितलाई स्वाभाविक स्वीकार्नुपर्ने प्रतिक्रिया दिए।

सुदूरपश्चिमले उपविजेतामा चित्त बुझाउँदा ५१ लाख पुरस्कार जित्यो। कप्तान दीपेन्द्रले प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जिते। सुदूरपश्चिमकै अलराउन्डर सैफ जैबले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पाँच लाख नगद र ट्रफी हात पारे।

प्रकाशित: ६ पुस २०८१ १९:४३ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School