यमनमा रहेका हुथी विद्रोही बिरुद्ध अमेरिकाको शक्तिशाली आक्रमण, कम्तिमा १५ जनाको मृत्यु



प्रकाशित मिति : चैत्र १, २०८१ शनिबार

अमेरिकाले यमनमा रहेका हुथी विद्रोहीहरू विरुद्ध शक्तिशाली हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । दर्जन बढी घाइते भएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा रहेका जहाजमाथि हुथीहरूको आक्रमणको प्रतिक्रिया स्वरुप गरिएका बताएका छन ।

ईरानले आर्थिक सहयोग गरेको भनिएका हुथी विद्रोहीहरुले अमेरिकी विमानमाथि मिसाइल प्रहार गर्ने र अमेरिकी सैनिक र सहयोगीहरूलाई लक्षित गरेका कारण अमेरिकाले प्रतिरोध गर्नुपरेको ट्रम्पले आफ्नो ‘ट्रुथ’ सामाजिक सञ्जालमा लेखेका छन् ।

यमनमा रहेका हुथी विद्रोही बिरुद्ध अमेरिकाको शक्तिशाली आक्रमण, कम्तिमा १५ जनाको मृत्यु

यमनमा रहेका हुथी विद्रोही बिरुद्ध अमेरिकाको शक्तिशाली आक्रमण, कम्तिमा १५ जनाको मृत्यु

हुथीहरुको समुद्री लुटपाट, हिंसा र आतंकवाद ले अरबौं डलरको हानि पुर्याएको र मानिसहरूको जीवनलाई जोखिममा पारिरहेको अमेरिकाले बताएको छ ।

हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले आक्रमणहरूमा कम्तीमा १५ जनाको मृत्यु भएको छ र ९ अन्य घाइते भएका पुष्टि गरेको छ । हुथी विद्रोहीहरुले अमेरिकी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन ।

ईरानद्वारा समर्थन प्राप्त हुथी विद्रोही समूहले इजरायललाई आफ्ना शत्रु मानेको छ । हुथी विद्रोहीहरुले निकालेको विज्ञप्तिमा अमेरिका र बेलायतले यमनको राजधानी सानामा ‘दुष्ट’ आक्रमण गरेको उल्लेख छ ।

हुथी विद्रोहीहरूले इजरायल, अमेरिका वा बेलायतसँग जडित जहाजलाई मात्र लक्षित गर्दै आक्रमण गर्दै आएका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School