भारतको केन्द्रीय संसद्को तल्लो सदन लोकसभाको निर्वाचन परिणाम सार्वजनिक भएर सरकार गठन हुने प्रक्रियासमेत सुरु भइसकेको छ । भोलि ९ जुन आइतबारका दिन नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिँदै छ्न् । अधिकांश राजनीतिक विश्लेषकले मोदी पुनः प्रधानमन्त्री बन्ने नै अनुमान गरेका थिए । निर्वाचन परिणामको सर्वेक्षण गर्ने काममा महारथ हासिल पोल्स्टरले र यहाँसम्म कि ज्योतिषीय भविष्यवाणी गर्ने आचार्यले पनि यस्तै अड्कल काटेका थिए । जहाँसम्म मोदी प्रधानमन्त्री बन्ने कुरो छ त्यस हदसम्म बहुसंख्यक अनुमान सही साबित भयो । तर, कसरी बन्छ र कति बहुमत आउँछ भन्ने कुरामा चाहिँ यी सबै नितान्त गलत साबित भए ।
निर्वाचनमा आफंै होम्मिएका पक्षले आआफ्नो पक्ष बलियो भएको दर्शाउन आफ्नो सुविधाअनुसारको दाबी गर्ने नै भए । मतदातालाई प्रभावित गर्न र कार्यकर्ताको मनोबल बढाउन आफ्ना पक्षमा जनमत रहेको देखाउने प्रयास गर्नु पनि स्वाभाविक थियो । चुनावभन्दा अघि व्यावसायिक मानिएका अधिकांश सर्वेक्षणकर्ता र सफल मानिएका ज्योतिषीले समेत मोदीको भारतीय जनता पार्टीले ५ सय ४३ सदस्यीय लोकसभामा कम्तीमा ३ सय १५ सिटमा र भाजपा सम्मिलित गठबन्धनले ३ सय ५० सिटमा विजयी हुने आँकलन गरेका थिए । माथिल्लो सीमा त ४ सयसम्म पनि थियो । उदाहरणका लागि प्रायः सबैले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भाजपाले गत निर्वाचनमा जितेको संख्या ६२ लाई बढाउने नै भविष्यवाणी गरेका थिए । यी धेरैजसो भविष्यवेत्ताको विगतको अनुमानलाई हेर्ने हो भने एक्दमै ठीक रहेको इतिहास छ । एक्सिस माई इन्डियाको विगतका एक्जिट पोललगायत सबैजसो सर्भेहरू सटिक हुने गर्दथ्यो । यो संस्थाले एक्जिट पोलमा यसपटक एनडीए गठबन्धनले ३ सय ६१ देखि ४ सय १ का बीच स्थान जित्ने आँकलन गरेको थियो । एक जना ज्योतिषाचार्य’bout पनि उल्लेख गरौं । सन्तबेत्रा अशोका नामका ती आचार्यले २०१३ मै २०१४ को निर्वाचनको भविष्यवाणी गर्दै भनेका थिए भाजपाले २ सय ८० हाराहारीको सिट जित्छ । साँच्चिकै २ सय ८२ सिट जित्यो । २०१४ मै उनले भविष्यवाणी गर्दै भनेका थिए २०१९ मा भाजपाले ३ सयदेखि ३ सय ५ सिट जित्छ । त्यस निर्वाचनमा भाजपाले ३ सय ३ सिट जित्यो । यसपटक उनले चार वर्ष अगाडि नै भनेका थिए, भाजपा गठबन्धनले ४ सय १८ सिट जित्छ । तर, यसपटक यसखाले व्यावसायिक सर्वेक्षणकर्ताहरू र सुविख्यात ज्योतिषी सबै गलत ठहरिए । भारतीय जनता पार्टीले जम्मा २ सय ४० सिट जित्यो, बहुमतलाई आवश्यक २ सय ७२ पनि छुन सकेन । भाजपा सम्मिलित गठबन्धनले २ सय ९२ सिट जित्यो । मोदी पुनः प्रधानमन्त्री त बने, तर, मुस्किलले वैशाखी टेकेर !
यसपटक यसखाले व्यावसायिक सर्वेक्षणकर्ताहरू र सुविख्यात ज्योतिषी सबै गलत ठहरिए । भारतीय जनता पार्टीले जम्मा २ सय ४० सिट जित्यो, बहुमतलाई आवश्यक २ सय ७२ पनि छुन सकेन । भाजपा सम्मिलित गठबन्धनले २ सय ९२ सिट जित्यो । मोदी पुनः प्रधानमन्त्री त बने, तर, मुस्किलले वैशाखी टेकेर !
कुनै पोल्स्टरको सर्वेक्षण कला वा ज्योतिषीको विद्यामाथि हाँसो गर्नु वा टिप्पणी गर्ने मेरो उद्देश्य होइन । यी दुवै विधाको शास्त्रीय वा वैज्ञानिक आधार छन् । गहन अध्ययन र अनुसन्धानपछि यी विधामा पारंगत भइन्छ भन्ने मेरो स्पष्ट धारणा हो । यी विधामा विगतमा स्थापित र सफल नामहरू यसपटक किन पुरै गलत ठहरिए त ? सायद स्वयं यी विद्वानका लागि थप अध्ययन र अनुसन्धानको पाटो खुल्नेछ । यसरी नै यस्ता विधाहरू परिष्कृत हुँदै पूर्णतातर्फ बढ्ने छुन् !
निर्वाचन परिणामअनुसार ५ सय ४३ सदस्यीय लोकसभामा मोदीको भाजपाले २ सय ४० स्थान जितेको छ जुन बहुमतभन्दा ३२ स्थान कम हो । एनडीए गठबन्धनका अन्य सहयोगी दलको संख्या मिलाउँदा यो संख्या २ सय ९२ पुग्छ जुन बहुमतभन्दा २० बढी हो । उता राहुल गान्धीको कांग्रेसले ९९ सिट हासिल गरेको छ भने उनको सहयोगी दलहरूसमेत जोड्दा २ सय ३४ पुग्छ जुन बहुमतभन्दा ३८ कम हो । भाजपा र कांग्रेसको तुलना गर्ने हो भने त भाजपाको संख्या कांग्रेसभन्दा झन्डै अढाइ गुणा बढी छ र एक्लो भाजपाको कांग्रेस सम्मिलित इन्डिया गठबन्धनभन्दा ६ स्थान बढी छ । स्पष्ट हिसाबले मोदीले चुनाव जितेका छन् र मोदी बिरोधीले हारेका छन् । तर, गत तीन दिनदेखि अनौठो पारा देखिएको छ ।
भारतीय सञ्चार माध्यमको दृष्य र भाष्य दुवै यसरी स्थापित गर्न खोजिँदै छ कि एक्लैले २ सय ४० स्थान जितेको र गठबन्धनका हिसाबले २ सय ९२ अर्थात् बहुमत स्थान जित्ने भारतीय जनता पार्टीले चुनाव हारेको छ र एक्लैले ९९ र गठबन्धनले २ सय ३४ स्थान जित्ने कांग्रेसले चुनाव जितेको छ । साँच्चिकै चुनाव जित्ने मोदी हारे जस्तो बनाइँदै छ भने खास हार्नेलाई खास जितेको जस्तो बनाइँदै छ ! बुझ्न कठिन भएको छ, मोदीले चुनाव जितेर हारेको हो कि हारेर पनि जितेको हो !
भारतको चुनावलाई गहिरिएर हेर्ने हो भने अधिकांश राज्यमा अपेक्षित परिणाम नै आएको छ । उडिसा राज्यमा विधानसभाको लागि भएको चुनावमा त्यहाँको लोकप्रिय नवीन पटनायकको सरकारलाई विस्थापित गरेर भाजपाले स्पष्ट बहुमत प्राप्त गरेको छ । आन्ध्र प्रदेशमा भाजपाको सहयोगी तेलगु देशमले पुनः सत्ता पाएको छ । अरुणाचल प्रदेशमा पुनः भाजपा फर्केको छ । यी राज्यमा लोकसभामा भाजपा र सहयोगी दलले लगभग एकछत्र जितेका छ्न् । मध्यप्रदेशलगायत लगभग १० राज्यको लोकसभाको प्रायः सबै सिट जितेको छ । बंगाल, मगाराष्ट्र र उत्तर प्रदेशभरि तीन राज्यमा भाजपाको प्रदर्शन खराब रह्यो ।
४० सिट भएको बंगालमा पहिलेको १८ सिटको ठाउँमा यसपटक ९ सिट मात्र भयो । यसका पछाडि चाहिँ बंगालका मुख्यमन्त्री ममता बनर्जीको बंगाली अस्मिता र ‘भद्र बंगाल’ केन्द्रित अभियानले निक्कै काम गरेको मानिन्छ । साँच्चिकै चोट पु-याएको चाहिँ महाराष्ट्र र उत्तर प्रदेशले हो ।
लोकसभामा उत्तर प्रदेशबाट ८० र महाराष्ट्रबाट ४८ सिट प्रतिनिधित्व हुन्छ । यी दुई राज्यमा सहयोगी दलको प्रदर्शन त्यति खराब रहेन । तर, भारतीय जनता पार्टीको प्रदर्शन भने अपेक्षाकृत अत्यन्तै खराब रह्यो । पहिले ६२ सिट जितेको उत्तर प्रदेशमा भाजपाले ३३ सिट मात्र जितेको छ । यी दुई राज्यको विशेष उल्लेख गरिँदै छ ’cause यी राज्यहरू भारतीय जनता पार्टीको हिन्दुत्ववादी राजनीतिको मूल थलो मानिन्छ । भारतीय जनता पार्टीको सबैभन्दा उर्वर भूमि मानिएको ठाउँमा यस्तो खराब प्रदर्शन किन रह्यो ? मुसलमान मतदाता भाजपाविरुद्ध एकजुट हुनुलाई एउटा कारण मानिँदै छ । मुसलमान त जहिले पनि भाजपाविरुद्ध छँदै थियो । हिन्दु मतदाताको ठूलो अंशले नछोडेको भए भाजपाको यस्तो खराब अवस्था हुँदैनथ्यो !
अधिकांश राजनीतिक विश्लेषकले मोदी पुनः प्रधानमन्त्री बन्ने नै अनुमान गरेका थिए । निर्वाचन परिणामको सर्वेक्षण गर्ने काममा महारथ हासिल पोल्स्टरले र यहा“सम्म कि ज्योतिषीय भविष्यवाणी गर्ने आचार्यले पनि यस्तै अड्कल काटेका थिए
यसपटक भाजपाको चुनाव जित्ने तीन आधार बताइएको थियो । ती तीन आधार भनेको तीन ‘रा’ अर्थात् राम, रासन र राज थियो । यी तीन आधार विशेषतः उत्तर प्रदेशका लागि बढी प्रासंगिक थियो । राम मन्दिरको निर्माणले हिन्दु आस्थाको पुनर्जागरण, झन्डै ८० करोड जनसंख्यालाई सित्तैमा रासन र चुस्त कानुन व्यवस्थाका कारण गुन्डाराजको अन्त्यलाई तीन ‘रा’ भनिएको हो । यति सब हुँदाहुँदै पनि स्वयं राममन्दिर अवस्थित अयोध्यामा भाजपा किन हा-यो ? वनारस जस्तो निर्वाचन क्षेत्रबाट स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीको जितको अन्तर अत्यन्तै किन घट्यो ? जवाफ हो हिन्दुहरूको ठूलो संख्या भाजपाबाट सुनियोजित ढंगबाट विमुख भयो ।
ठूलो संख्यामा भाजपाको हिन्दु मतदाता घट्नुका पछाडि विदेशी फन्ड र ध्रुव राठी जस्ता युट्युबरको भूमिकालाई जिम्मेवार भनिँदै छ । त्यसो हुँदो हो त देशैभर यस्तै अवस्था देखिन्थ्यो । उत्तर प्रदेश र महाराष्ट्र जस्तो निश्चित क्षेत्रमा र त्यसमा पनि सहयोगी दललाई नछोइ भाजपालाई नै लक्षित गरेर विशेष कार्यक्रम चलाइएको र त्यो चलाउनेले कुनै स्पष्ट सन्देश दिन खोजेको देखिन्छ । त्यो सन्देश सायद यस्तो हो, ‘हामी चुप मात्र लाग्यौं भने पनि तिम्रो हालत खराब हुन सक्छ । हामीले भनेको मानेनौ भने तिमीलाई औकातमा झार्न हामी सक्छौं । अहिले तिमीलाई साइजमा ल्याएर एक मौका दिँदै छौं । तिमीले आफूलाई धेरै ठूलो नठान ।’
पाठकले मोदीलाई यसरी साइजमा ल्याउन सक्ने शक्ति को हो त भन्ने होला । अधिकांश नेपालीका लागि यो धेरै चासोको विषय नहुन पनि सक्छ । तर, पनि आफूलाई लागेको निष्कर्ष बताइदिन्छु । त्यो शक्ति हो भारतीय जनता पार्टीको मेरुदण्ड अर्थात् राष्ट्रिय स्वयं सेवक संघ आरएसएस । कट्टर हिन्दुवादी संगठनलाई मोदीको शैली वा हठ मनपरेको छैन । सम्भवतः ऊ अझै सशक्त ढंगले आफ्नो एजेन्डा चलाउन चाहन्छ ।
सायद मोदीसँग विकल्प पनि छैन । गठबन्धनको बाध्यताअनुसार मोदी नरम हुन्छन् भन्ने अनुमान गर्नेहरूले बुझे हुन्छ, मोदी अझै कडा भएर प्रस्तुत हुन्छन् । त्यो बाटोमा चन्द्रबाबु नायडु वा नितिशकुमार तगारो बन्यो भने आरएसएस तिनीहरूविरुद्ध पनि कडा भएर प्रस्तुत हुने सम्भावना छ । ध्यान दिएर हेर्ने हो भने नायडु र कुमार धेरै आफ्नो सर्त तेरसाउने अवस्थामा पनि छैनन् । नरेन्द्र दामोदरदास मोदी जितेर हारेका छन् कि हारेर पनि जितेका छन् खुट्याउने काम पाठकलाई नै छोडौं ।
(Visited 8 times, 8 visits today)