मोटोपन घटाउन उपयोगी १६ जडीबुटी

मोटोपन घटाउन उपयोगी १६ जडीबुटी


नेपालमा विशिष्ट प्रकारका जडीबुटीहरु पाइन्छ । यस्ता जडीबुटीहरूको सन्तुलित र नियमित सेवन गर्नाले शरीरमा भएको अतिरिक्त बोसो र अन्य विषाक्त पदार्थ बाहिर निस्किएर शरीर स्वस्थ रहन्छ । आफूले सहन सक्ने गरी मात्रा र मापदण्ड पालना गरी नियमित जडीबुटी सेवन गरेमा मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

मोटोपनका केही कारणमा अत्यधिक क्यालोरी भएका खाना, शारीरिक व्यायामको अभाव, व्यस्त जीवन शैली, रासायनिक विषादीको दुष्प्रभाव, आनुवंशिक गुणको प्रभाव आदि हुनसक्छन् ।  टाइप टु डाइबिटिज र हृदयरोगको जोखिम पनि मोटोपनसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । मोटोपनको समस्याबाट जोगिन नेपालमै उपलब्ध केही जडीबुटी प्रभावकारी हुनसक्छन् भन्ने वैज्ञानिक तथ्य पनि छन् ।

अमला : भिटामिन सीको प्रमुख स्रोत अमला त्रिफलाभित्रको एउटा जडिबुटी हो । हर्रोबर्रोसँग मिसाएर वा एकल रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । अमलाको प्रयोगले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । सन् २०१७ मा क्यानडाका वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अमला लगायत त्रिफलाले शरीरको वजन नियन्त्रण गर्न सहयोग गर्छ ।

अमलाको रस  र जौको जमराको रस मिसाएर सेवन गर्दा बोसो सजिलै गल्ने र रगतमा चिनीको मात्रा समेत नियन्त्रण गर्ने सन् २०२२ मा दक्षिण कोरियाका क्यांग ही विश्वविद्यालयका प्राध्यापकले मुसामा गरेको परीक्षणबाट प्रमाणित भइसकेको छ ।

दैनिक ५ देखि ८ ग्राम सुकेको अमला सेवन गर्दा लाभदायी हुन्छ ।

दालचिनी : दालचिनीको धूलो दैनिक सेवन गर्नाले कम्मरको चौडाइ घट्ने, रगतमा लिपिडको मात्रा कम हुने, बोसो पग्लिने जस्ता लाभ प्राप्त गर्न सकिन्छ । मधुमेहका बिरामीमा दालचिनीले इन्सुलिनको मात्रामा सुधार ल्याएको तथ्य अस्ट्रेलिया भएको अनुसन्धानमा फेला परेको छ । यसमा पाइने पोलिफिनोलिक यौगिकहरूले शरीरमा चिल्लो पदार्थको अवशोषणलाई रोक्छ ।

दालचिनीको आधा चम्चा धूलो एक कप पानीमा उमालेर पिउनुपर्छ । यसलाई दिनमा तीन पटकसम्म पिउनाले मोटापन नियन्त्रणमा फाइदा पुग्छ ।

घिउकुमारी : घिउकुमारीको रस सेवन गर्दा ९० दिनमा शरीरको वजन घटेको जापानका वैज्ञानिकहरूले पुष्टि गरेका छन् । यसले शरीरमा चिनीको मात्रा बढ्न रोक्ने र बोसोलाई पगाल्ने गर्छ । दैनिक घिउकुमारी सेवन गर्दा शरीरमा इन्सुलिन वृद्धि हुने, पेट सफा गर्ने, कलेजोलाई राम्रो गर्ने, बोसो घट्दै जाने, रगतमा लीपीड प्रोफाइल सन्तुलित रहने भएकाले तौल नियन्त्रणमा लाभदायक हुन्छ ।

दैनिक दुई-तीन चम्चा घिउकुमारी एक गिलास पानीमा खाली पेटमा २–३ महिना सेवन गर्नाले राम्रो नतिजा पाउन सकिन्छ ।

ग्रन टी : शरीरको खराब कोलेस्टेरोल नियन्त्रणमा राख्न, पाचनयन्त्रलाई तन्दुरुस्त राख्नदेखि तौल नियन्त्रणका लागि ग्रिन टी पिउन सकिन्छ । ग्रिन टीको लगातार ८ देखि १२ हप्तासम्म करिब एक ग्राम एक्ट्रयाक्ट प्रतिदिन सेवन गर्दा सो अवधिमा ३.५ किलो ग्राम शरीरको तौल र ४.१४ सेमी कम्मरको बोसो घटेको तथ्य युरोपियन जर्नलमा प्रकाशित भएको छ । करिब ८०० मिलिग्राम क्याटाचीन र न्यून मात्रामा क्याफिन भएको ग्रिन टी तौल घटाउन प्रभावकारी भएको पाइएको छ । ग्रिन टीका पोलिफिनोल रसायनले पेटमा संकलित चिल्लो पदार्थ र ग्लुकोजलाई शरीरको मुख्य प्रणालीमा प्रवेश हुनबाट रोक्छ ।

उल्लेखित नतिजा प्राप्त गर्न प्रतिदिन ३ देखि ४ ग्राम ग्रिन टीको पात लगातार तीन महिनासम्म पिउनुपर्छ ।

िरा : जिराका फाइदा धेरै छन् । जिराको रसले रगत सफा गर्छ र बोसो पगाल्न मद्दत गर्छ । लिपिड प्रोफाइलका सूचकांकहरु नियन्त्रण गर्छ । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्छ । करिब दुई चम्चा जिरालाई पानीमा भिजाएर रातभरि राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म सेवन गर्दाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ ।

बिहान खाली पेटमा जिरा पानी खाँदा तौल नियन्त्रण हुन्छ । जिराको रसमा थप दालचिनी, मेथी, कागतीको रस, घोडताप्रे, सयपत्री फूल, सईजनको पात, सिस्नोको पात, अदुवा आदि मिसाएर पनि सेवन गर्न सकिन्छ ।

तुलसी : तौल घटाउन कोसिस गर्दै हुनुहुन्छ भने तुलसीको रस पनि लाभकारी हुनसक्छ । तौल बढी भएका व्यक्तिमा गरिएको अनुसन्धानमा प्रतिदिन १० ग्रामका हिसाबले तुलसी १२ हप्तासम्म खाली पेटमा सेवन गर्दा शरीरको तौल, रगतको बोसो लगायत जीवन रासायनिक सूचकांकहरु नियन्त्रण भएको पाइएको छ ।  सोधकर्ताहरूले तुलसीको रसको प्रयोगले रगत सफा पार्ने, पाचन प्रक्रिया गतिशील बनाउने र मधुमेहका बिरामीलाई बढी फाइदा भएको पुष्टि गरेका छन् । दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सूक्ष्म जीवाणुहरूको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले तौल घटाउन लाभकारी मानिन्छ ।

तुलसीको १५–२० वटा पातको काँडा पकाई खाली पेटमा खानाले बढी फाइदा हुन्छ ।

रिच : मरिचमा पाइने पिपरीन नामक मुख्य तत्त्वले शरीरको बोसोलाई पगाल्ने र कलेजोमा बोसो जम्ने प्रक्रियालाई कम गराउँछ । पिपनिरले खासगरी मासुभित्र जमेर बसेको खराब बोसो पगाल्ने तथ्य सन्   २०२० मा चीनका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट खुलेको छ । यसले भोक लाग्ने प्रक्रियालाई पनि कम गर्छ ।

तातो पानीमा वा अन्य खाद्य परिकारसँग मिसाएर यसलाई खान सकिन्छ । एक चिम्टी मरिचको धुलो वा त्यसमा थप आधा चम्चा जिराको धुलो, थोरै वीरेनुन फिटेर बिहान–बेलुका केही हप्ता सेवन गरेमा राम्रो फाइदा मिल्छ ।

धनियाँ : शरीरको मोटोपन नियन्त्रणका लागि धनियाँको दानामा पाइने मिनिरल, भिटामिन लगायत रसायनहरूको प्रमुख भूमिका हुन्छ । धनियाँको दानाको रसले पाचन क्रियालाई मजबुत बनाउने, कलेजोको कार्यलाई सहयोग गर्ने, कोलेस्टेरोलको मात्रा कम गराउने र साथै तौल बढाउने तन्तुहरूलाई वृद्धि हुनबाट रोक्छ ।

दाना दुई चम्चा रातभरि भिजाएको रस वा १०० ग्राम पातको रस बिहान खाली पेटमा ७५ दिनसम्म खानुपर्छ । साथै लसुन वा कागतीको रससँग मिसाएर खाँदा अझ प्रभावकारी हुने कुरा कृषि विश्वविद्यालय पाकिस्तानका शोधकर्ताले उल्लेख गरेका छन् ।

मोटोपन घटाउन उपयोगी १६ जडीबुटी

मेथी : शरीरमा सञ्चित हुने चिनीलाई मेथीले घटाउँछ र बोसोको रूपमा परिणत भएर जम्मा हुन दिंदैन ।  मेथीको दानामा पाइने अघुलनशील रेसाहरूले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ, इन्सुलिनको उत्पादन वृद्धि गराउँछ र तौल नियन्त्रण गर्न सहयोग गर्छ ।

एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरि भिजाएर राख्ने र बिहान खाली पेटमा पानी सहित चपाएर नियमित कम्तीमा १५ दिन र बढीमा ९० दिनसम्म खानाले तौल व्यवस्थापन गर्न सकिन्छ ।

लसुन : लसुनमा पाइने फिनोलिक, सल्फर र टरपीन जस्ता रसायनले शरीरको बोसो पगाल्न मद्दत गर्छ । मोटोपन भएका ४० जना व्यक्तिमा १०० मिलिग्राम प्रतिकेजी शरीरको तौलका हिसाबले दिनको दुई पटक गरी काँचो लसुन लगातार चार हप्तासम्म प्रयोग गर्दा पेटको गोलाइ, कम्मरको चौडाइ, भुँडीको बोसो, कोलेस्टेरोल, टीजी, शरीरको कुल तौल, घटेको कुरा भारतको एसपी मेडिकल कलेजका शोधकर्ताहरु साथै  फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकले पत्ता लगाएका छन् ।

दुई-तीन केस्रा लसुन काटी मनतातो पानीसँग बिहान वा ४-५ केस्रा लसुन पानीमा उमालेर र त्यसमा थप पिपला, पुदिना र कागतीको रस मिसाएर खाएमा तौल नियन्त्रणका लागि प्रभावकारी हुन्छ ।

अदुवा : तौल घटाउन सुकेको अदुवाको सेवन फाइदाजनक हुन्छ । यसले मेटाबोलिजम बढाउँछ र अस्वस्थकर खानेकुराको चाहनाबाट बचाउँछ । अदुवालाई काँचो वा पानीमा उमालेर अन्य जडिबुटीहरू मिसाएर कागतीको रस राखेर चियाको रूपमा समेत खाली पेटमा खाँदा बढी प्रभावकारी हुन्छ । अदुवाको नियमित सेवन गर्दा आफ्नो शरीरको संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ।

एक टुक्रा अदुवा पानीमा उमालेर खाली पेटमा खानाले पाचन प्रक्रिया र जीव रासायनिक प्रक्रियालाई गतिशील बनाउँछ ।

बेसार : बेसारमा पाइने मुख्य तत्त्व कुर्कुमिन हो । जसले रगतको सुगर र शरीरको  मोटोपन नियन्त्रणमा प्रमुख भूमिका हुन्छ । बेसारले शरीरको औसत तौल, टिजी, कोलेस्टेरोल आदि नियन्त्रण गरेको पाइएको छ । बेसारको धूलो २१ सय मिलिग्राम प्रतिदिनका दरले आठ हप्तासम्म खाँदा मधुमेहका बिरामीलाई समेत फाइदा पुग्छ । कुर्कुमिनल शरीरमा सञ्चित विषाक्त पदार्थ बाहिर निस्कन्छ,  मोटोपन वृद्धि गराउने तन्तुहरूको विकास नियन्त्रण गर्छ ।

मनतातो पानीमा एक चम्चा बेसार राखेर घोल्ने र बिहान खाली पेटमा सेवन गर्नाले पेट तथा कम्मरको बोसो पगाल्न मद्दत गर्छ । कागतीको रस पनि मिसाएर खान सकिन्छ ।

सो: सोंफमा भएको फेंकोन र अनिथोल नामक तत्त्वले मोटोपन घटाउन मद्दत गर्छ । परम्परागत रुपमा यसलाई पाचकको रूपमा प्रयोग गर्दै आइएकोमा  आधुनिक चिकित्साले पनि थुप्रै  क्लिनिकल परीक्षणहरूबाट यसलाई पुष्टि गरेको छ । सोंफले पाचनक्रिया र कलेजोको कार्यक्षमता वृद्धि गराउँछ ।  पाचनक्रियामा सुधार आएपछि शरीरले खाद्य पदार्थलाई सजिलै ऊर्जामा परिणत गराउँछ र तौल बढ्न दिंदैन । मोटोपन भएका महिलामा दक्षिण कोरियामा सन् २०१५ मा गरिएको अध्ययनले सोंफको प्रयोग गर्दा खानाको भोक घटेको पाइएको छ ।

दुई चम्चा सोंफलाई रातभरि पानीमा भिजाएर राख्ने वा सिधै पानीमा उमालेर त्यसको रस दैनिक रूपमा खानाले शरीरको तौल कम हुन्छ । सम्भव भएसम्म बिहान खाली पेटमा वा बेलुका सुत्नुभन्दा पहिले खानाले राम्रो नतिजा पाउन सकिन्छ ।

ज्वानो : ज्वानोको बीउमा पाइने थाइमोलले उल्लेखनीय रूपमा शरीरको तौल वृद्धि, भिसेरल फ्याट, लिपिड, एयलटी, ग्लुकोज वृद्धि हुन दिंदैन । यसबाहेक ज्वानोको सेवनले सीरम लिपिड पेरोक्सिडेसनमा उल्लेखनीय कमी देखाएको छ । यसले पाचन प्रक्रिया बलियो बनाउँछ । शरीरमा बढी हुन गई सञ्चित हुन सक्ने विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

एक चम्चा ज्वानोको दाना एक गिलास पानीमा भिजाएर लगातार आठ हप्तासम्म खाली पेटमा खानाले तौल नियन्त्रण हुन्छ ।

कागती : कागतीको पोलिफेनोलको नियमित आहारमा समावेश गर्दा  रगतमा हुने टिजीको स्तर उल्लेखनीय रूपमा कम हुन्छ । शरीरको तौल नियन्त्रणका लागि कागती प्रभावकारी मानिन्छ । दक्षिण कोरियामा गरिएको एक अध्ययन अनुसार १४० ग्राम कागतीको रस, १४० ग्राम निबुवाको रस दुई लिटर पानीमा मिसाई लगातार ११ दिनसम्म खाँदा शरीरको बोसो घटेको, कम्मरको चौडाइ कम भएको र तौल पनि घटेको पाइएको थियो । साथै कोलेस्टेरोल, एलडीएल र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ ।

मनतातो पानीमा एउटा सिङ्गो कागतीको रस, स्वादका लागि पुदिना र थोरै मात्र गुण राखेर बिहान खाली पेटमा खानाले तौल घट्छ ।

मोटोपन घटाउन उपयोगी १६ जडीबुटी

सोमलता : सोमलतामा रहेको ईफेड्रोन नामक तत्त्वले स्नायु प्रणालीमा प्रभाव पारी खानाको रुचि कम गरिदिन्छ । साथै पेटमा खाना पचाउन सहयोग गर्ने सूक्ष्म जीवाणुलाई समेत गतिशील बनाउँछ र शरीरको तापक्रम वृद्धि गराई बोसोलाई पगाल्छ भन्ने तथ्य विश्व स्वास्थ्य संगठनले समेत पुष्टि गरेको छ । इटालीको पादोभा विश्वविद्यालयका वैज्ञानिकहरूले समेत ईफ्रोड्रोनले कोलेस्टेरोल, एलडीएल र टीजी घटेको तथ्य प्रमाणित गरेका छन् ।

प्रतिदिन अधिकतम १५० मिलिग्राम प्रतिदिन ईफेड्रोन वा २ ग्राम सोमलताको धुलो सेवन गर्नाले तीन महिनामा यसको नतिजा प्राप्त हुन्छ ।

(प्रा. डा. ज्ञवाली औषधय जडिबुटी विज्ञ हुन् ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School