नेपालको सबभन्दा जेठो त्रिभुवन विश्वविद्यालयमा इतिहासमै पहिलोपटक २०८० सालमा २०, २१ र २२ पुस गरी तीनपटक विज्ञापन खुला गर्दै र सच्याउँदै गरी उपकुलपतिमा दल त्यागको स्वघोषणा र त्रिविको चौतर्फी सुधार मेरिटोक्रेसीको आधारमा विभिन्न नियुक्तिहरू गरी पठनपाठनको गुणस्तरबाट गरिनेछ भनिएको थियो । तर, दल त्याग भनिए पनि माओवादी केन्द्रको ‘शिक्षा तथा मानवस्रोत’ नामक २२ नम्बर विभागको क्रमसंख्या १६ मा नाम रहेका प्राडा केशरजंग बरालको तात्कालीन कांग्रेस–माओवादीको संयुक्त सरकारका प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २०८० फागुणमा त्रिविको भीसीमा नियुक्ति गरिए पनि हालसम्म त्रिविमा अपेक्षाकृत सुधार छैन । केही विषयका परीक्षाफल भने चाँडो प्रकाशित गरिएका छन् तर नेपाल सरकारसँग आफ्नै रोजाइका रेक्टर प्राडा खड्क केसी (नेपाल प्रगतिशील प्राध्यापक संगठन) र रजिस्ट्रार प्राडा केदार रिजाल (प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल, प्रप्रासंघ) निकट विगतमा विचार राख्नेबाट नियुक्त गराएको भनिए पनि आजको दिनमा रेक्टर र रजिस्ट्रारहरूले भीसीको चरम दबाबमा काम गर्नुपरिरहेको सुनिन्छ । रेक्टर र रजिस्ट्रारद्वयले भीसीको घरमा कार्यालय अघि जानुपर्ने, अनेरास्ववियू (क्रान्तिकारी) माओवादीको भ्रातृ संगठनबाट विभिन्न नियुक्तिमा दबाब खेप्नुपर्ने र दल त्यागको स्वघोषणा गरेको भीसी स्वयंले सोही अनेरास्ववियू (क्रान्त्रिकारी)लाई पूर्वभीसी कसैले नदिएको विपरीत अधिवेशन गर्नलाई न केवल त्रिवि स्मृतिभवन दिए अपितु सँगै रहेको त्रिवि प्राध्यापक संघको कार्यालय पनि उनीहरूको निर्वाचन कक्ष बनाउनलाई भीसी कार्यालयको दुरुपयोगमा कर्मचारी प्रशासनले पनि दिन लगायो ।
यता, त्रिविमा सुधार आउनुको साटो टाइम्स हायर एडुकेसनको लिस्टमा त्रिविको स्तर दिनानुदिन खस्किँदो छ भने गत भदौमै करिब २ सय कर्मचारीलाई सरुवा गरिँदा रोजीखोजी भीसी, रेक्टर, रजिस्ट्रार, सूचना, सेवा आयोग, योजना निर्देशनालय सबैमा माओवादीनिकट र मान्छे नपुगे एमाले निकटलाई सेट मिलाइएको सर्वत्र गुनासो छ । हुन त भीसीको विज्ञापनकै बेला सरोकारवालाहरूले प्रचण्ड सरकारको गलत क्रियाकलापविरुद्ध विमति नराखेको होइन तर नसुनेझैं गरी पेलेर गयो भन्ने सरोकारवालाहरूको गम्भीर सिकायत छ । जस्तै, दल त्यागसहित प्राध्यापक र डाक्टर उम्मेदवारहरूको भीसीको विज्ञापनको सर्च कमिटीमा केवल उपप्राध्यापक र माओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट केन्द्रीय बुद्धिस्ट स्टडिजकी विभागीय प्रमुख चन्द्रकला घिमिरेलाई राखियो भने ऐनले नचिनेको विज्ञ समितिमा डाक्टर नरहेको यूजीसीका सदस्य–सचिव प्रा. शंकर भण्डारी (नेपाल प्रगतिशील प्राध्यापक संगठन, एमाले)लाई राखेर अन्तर्वार्तासमेत लिइयो । अरू त अरू, कुल ४१ जना उम्मेदवारमध्ये १४ जनाको लेफ्ट–डेमोक्रेट गरी नाटकीय शैलीमा सर्ट लिस्टिङ गरियो र अन्तिम तीन जनाको नाम सिफारिसमा भने प्राडा चित्रबहादुर बूढाथोकी, प्राडा केशरजंग बराल (दुवैजना विगतमा माओवादी विचारनिकट) र प्राडा टंकनाथ धमला (एमालेनिकट भनिएका) गरिए, जसमा डेमोक्रेट शून्य पारियो । जबकि, त्रिविमा पछिल्लोपटक गत साउन महिनामै संसदीय निर्वाचनमा प्रप्रासंघ एक्लैले ५ मध्ये ३ सिट गरी ६० प्रतिशत उपस्थिति रहेको जनाएको छ । सर्च र विज्ञ कमिटी कतै पनि डेमोक्रेटलाई राखिएन । अन्तिम तीन नाम सिफारिसमै एक जना उम्मेदवारका ३ हजार शब्दको भिजनपत्र र ५ हजार शब्दको वर्क प्लानपत्र विज्ञ समूहकै एक जनाले लेखिदिएर आफैंले मार्किङ पनि गरेको सिकायत प्रत्याशीहरूबाटै सुनिन्छ । यस अवस्थामा त्रिविको समसामयिक कुरा कसरी सप्रिँदै राम्रो गर्ने हो, नेतृत्व भीसीले नेपाल सरकार र सार्वजनिक सञ्चारमा जे प्रतिबद्धता जनाए, ती’bout के हुँदै छ जस्ता कुरा संक्षिप्तमा राख्दै राम्रोतिर लाने नै यस लेखको मुख्य आशय हो ।
त्रिवि -याङकिङ’bout
संसारमा विश्वविद्यालयहरूको स्तरीकरण गर्ने विभिन्न निकायहरू छन्, जसमा केही निश्चित तरिकाहरू–प्यारामिटर्स हुन्छन् । उदाहरणका लागि यस वर्षमा सीडब्लूयूआरले गरेको ¥याङकिङमा नेपालको त्रिवि (सन् २०२४) संसारका २० हजार ९ सय ६६ वटामध्ये १७३२औं स्थानमा छ, पर्सेन्टाइल टौप ८ दशमलव ३ प्रतिशत, एसियामा ६४४औं स्थानमा, अनुसन्धानमा १६५६औं, नेपालमा पहिलो स्थानमा र ओभरअल स्कोर ६७ दशमलव १ छ । यसले ¥याङकिङका लागि शिक्षा, रोजगार, फ्याकल्टी जनशक्ति र अनुसन्धानलाई आधार बनाउँछ । तर, विश्वमा यस्तो ¥याङकिङको उच्चत्तम महत्व लन्डनस्थित टाइम्स हायर एडुकेसनले गरेकोलाई लिइन्छ ।
त्रिविमा सुधार आउनुको साटो टाइम्स हायर एडुकेसनको लिस्टमा त्रिविको स्तर दिनानुदिन खस्किँदो छ भने गत भदौमै करिब २ सय कर्मचारीलाई सरूवा गरिँदा रोजीखोजी भीसी, रेक्टर, रजिस्ट्रार, सूचना, सेवा आयोग, योजना निर्देशनालय सबैमा माओवादीनिकट र मान्छे नपुगे एमाले निकटलाई सेट मिलाइएको सर्वत्र गुनासो छ
स्तम्भकारले बुझेनुसार प्रथमपटक त्रिविमा कम्तीमा ३ वर्षको लगातारको मिहिनेतपछि तत्कालीन डेमोक्रेट भीसी प्राडा तीर्थराज खनिया (साल २०७२–२०७६ सम्म)ले ¥याङकिङका आधारहरू वैज्ञानिक अनुसन्धान, शिक्षाको गुणस्तर, खोजबिनलगायत धेरै कुरा पत्ता लगाएर त्रिविलाई पनि विश्वस्तरमा राख्ने पवित्र सोचले अघि बढेका थिए । ¥याङकिङमा हजारभन्दा बाहिर परेका विश्वविद्यालयबाट अक्सफोर्ड, क्याम्ब्रिज वा एमआईटी (अमेरिका) जहाँ जाँदा पनि फेरि स्नातकोत्तर पढ अनि बल्ल विद्यावारिधि गर्न पाउँछौं भनेर नेपालका विद्यार्थीलाई हदैसम्म दुःख भोग्नुपथ्र्यो । खनियाले आफ्नो कार्यकालमा त्रिविलाई हजारभित्र पारिसकेका थिए र उनको लक्ष्य ५ सयभित्रमा ल्याउनु थियो, किनकि निश्चित ¥याङकिङभित्र परेका विश्वविद्यालयबाट मास्टर्स उत्तीर्णले एकैचोटी पीएचडी भर्ना हुने, स्कलरसिपमा यति पाउने, शुल्कमा छुट वा अन्य सुविधा पाउने भन्ने हुन्छ । ¥याङकिङमा भने टप १०, टप १००, टप ५००, टप १०००, हजारभन्दा पर १ हजार २ सय अनि १ हजार ५ सय पर गरिन्छन् । तर, यसपालि अर्थात् सन् २०२४ मा आगामी सन् २०२५ का लागि गरिएको टाइम्स हायर एडुकेसनको ¥याङकिङमा त्रिवि भने १ हजार ५ सयभन्दा पर पर्न गएको छ, जुन ¥याङकिङ नभई मात्र लिस्टिङ भयो । अतः लिस्टेड युनिभर्सिटीको ¥याङ्क नम्बर नभई केवल नाम हुन्छ कि संसारमा यो पनि युनिभर्सिटी छ र सुविधा केही नपाई उच्च ¥याङकिङ भएका युनिभर्सिटीमा त्रिविका उत्पादनले पढ्न पनि अप्ठ्यारो हुन्छ ।
खनियापछि त्रिविमा लेफ्ट भीसी प्राडा धर्मकान्त बास्कोटाको पालामा त्रिविको स्तर टाइम्स हायर एडुकेसनमा झरेर हजारदेखि १ हजार २ सयभित्र गयो भने हाल त्रिवि सुधार्छु, दलगत राजनीति हटाउनेछु, मेरिटोक्रेसीलाई स्थापित गर्नेछु भन्ने प्रणका साथ विज्ञापनबाट नियुक्त भीसी प्राडा केशरजंग बरालको पालामा त्रिवि १ हजार ५ सयभन्दा पर पुगिसक्यो । तर, कसैलाई केही मतलव छैन । त्रिविको स्तरोन्नति अर्थात्, त्रिविलाई माथि उकास्नका लागि उल्लिखित केही आधारका अलावा रिसर्च साइटेसन, पब्लिकेसन, संसारमा के परिवर्तन ल्यायो त्रिविले, त्रिविमा विदेशी विद्यार्थी र प्राध्यापक बढाउने, टुल्सहरू बढाउने, रिसर्चको पेटेन्ट राइट्स देखाउने (जस्तै, कोरोनाको समयमा अक्सफोर्डले भ्याक्सिन बनायो), नेपालका विद्यार्थीलाई विदेशमा पठाउनुपर्ने, कोर्सको अन्तर्राष्ट्रियकरण गरिनुपर्ने आदितर्फ ध्यान दिनुपथ्र्यो, जुन दिइएन ।
आज सवाल उठेको छ कि डेमोक्रेट भीसी खनिया आफैंले नेपालबाट त्रिविलाई टाइम्स हायर एडुकेसन विश्व मान्यताप्राप्तमा २०७४ सालपछि केपी शर्मा ओली सरकारको पालामा चरम असहयोग पाएर पनि स्वयंको पैसाले पहिला बैंककको टिकट काटी एक प्रकारले लुकेर लन्डन पुगीकन त्रिविको ¥याङकिङ थालेर हजारभित्र पारेकालाई वामपन्थी भीसीहरू बास्कोटा र हालका बरालले पनि १ हजार ५ सयभन्दा पनि पर धकेलिदिएकामा जिम्मा कस्ले लिने ? ज्ञातव्य छ, सो बेला खनिया प्रशासनकी रेक्टर (माओवादीबाट) सुधा त्रिपाठी डराएर लुकेकी थिइन् किनकि कुलपति ओलीले नेपाल संस्कृत विश्वविद्यालयका भीसी प्राडा कुलप्रसाद कोइरालालाई जायज शैक्षिक कार्यक्रममा क्यानडा जानबाट एमाले नहुँदा त्रिभुवन विमानस्थलबाट अप्रमाणपूर्वक फर्काएका थिए ।
सावधिक पदमा सत्ताकब्जा
उल्लिखित विज्ञापनका भीसी प्राडा केशरजंग बरालका केही स्वघोषणा र वाचाहरूमाझ त्रिविमा कुनै उपलब्धि उनका कार्यकालमा हुनसकेको देखिँदैन, बरू ५–६ महिनासम्म चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानहरूतर्फ डीनसमेत नियुक्त गर्न सकेका छैनन् । गत १७ भदौमा प्रथमपटक ‘त्रिवि सावधिक पदमा नियुक्ति विनियम, २०८१’ अनुसार विज्ञापन गरेर एक सातासम्म काटकुट पार्दै सूचना दिएकोदियै गरेको विभिन्न अध्ययन संस्थान र संकायका डीनहरू, सिनास र योजना निर्देशनालयका निर्देशकहरू, देशैभरका लागि ६ वटा परीक्षा सहनियन्त्रक अनि हाल रिक्त करिब १७ वटा क्याम्पस प्रमुख सावधिक पदहरूमा क्याम्पस प्रमुख र विज्ञान प्रविधि अनि व्यवस्थापन संकायका डीनहरूको सर्ट लिस्टिङबाहेक प्रायमा दलीयकरण गरी प्रथम प्राथमिकता माओवादीनिकटलाई र पछि एमालेलाई दिएको पाइन्छ । चिकित्सातर्फका डीनमा १ नम्बरमा वामपन्थी नपर्दा र इन्जिनियरिङतर्फ २ नम्बरमा सर्ट लिस्टका प्रबल दाबेदार पनि वामपन्थी नपर्दा भीसी बरालका प्रशासनले एमालेले इन्जिनियरिङ नछोड्ने भएछ र हामीलाई माथिबाट मेडिसिन लिनैपर्ने प्रेसर छ भनी रजिस्ट्रार र विज्ञ तथा छनोट समितिका सदस्यहरूलाई दबाबमूलक जनाउ प्रप्रासंघलाई दिइएको बुझिन्छ । कतिसम्म भने मानविकीको डीनमा डाक्टर शब्द किन नामअगाडि नलेखेको भनेर डेमोक्रेट एक जनाको नाम नै फालेर छनोट समितिका एक वामपन्थी सदस्य प्राडा राजकुमार पोखरेलले सामाजिक सञ्जालमा लेख्न पनि भ्याए ।
उता, क्याम्पस चिफ सेलेक्सन कमिटीमा दल त्यागको घोषणा गरी भीसी बनेका बरालले विगतमा माओवादी कोटाबाट परीक्षा नियन्त्रण कार्यालय बल्खुमा डेपुटी कन्ट्रोलर बनेका पाटन क्याम्पसका प्राडा सञ्जयकुमार मिश्रको नाम राखेका छन् जसको पक्षधरता, अनैतिकता र गैरकानुनी गतिविधिका प्रमाणसहित यस पदको विज्ञापन निकाय रेक्टर अफिसमा यही स्तम्भकारले निवेदन दिई हटाउन पहल गर्दा भीसीकै नाम जोडेर नहटाइएको जवाफ आउँछ । मिश्र पाटनको बहालवाला प्राध्यापकले पाटनकै क्याम्पस प्रमुख र म आफैं पनि उम्मेदवार र निवेदक रहेकामा नेपालजस्तो कानुनी राज्यमा कसरी बनाउन मिल्छ ? कतिसम्म बुझिन्छ भने विभिन्न पदका सर्च कमिटीहरूबाहेक ऐनले नचिन्ने विज्ञ कमिटीहरू भागबन्डामै सर्च कमिटीझैं बनाइएका छन्, जसमा संयोजक भीसी बरालनिकट छन् र १०–१२ घण्टाअघि मात्र कसको नाम सर्ट लिस्ट गर्ने हो ? सो नाम दिइन्छ, जस’bout स्वयं रेक्टर र रजिस्ट्रार पनि बेखबर रहन्छन् । सवाल उठ्छ, यस्ता गतिविधिलाई माओवादीको त्रिविमा हाल सत्ताकब्जा नभने के भन्ने त ?
त्रिवि नै धरासायी हुने अवस्था
माथि वर्णित घट्नाहरूझैं आज त्रिविलाई सार्वजनिक प्रतिबद्धता गरेनुसार भीसी केशरजंग बरालले स्तर उकास्ने, शैक्षिक गतिविधि बढाउने, मेरिटोक्रेसीमा काम गर्ने, टाइम्स हायर एडुकेसनमा स्तरोन्नति गराउने नभई तथा कुनै पनि क्रिएटिभ वा कन्स्ट्रक्टिभ काम नभई केवल दलगत मान्छेलाई विज्ञापनको नाटकमा नियुक्ति बाँडिँदै छ । स्वयं भीसी बरालकै नियुक्ति २ नम्बरमा सिफारिसले कसरी १ नम्बरकालाई उछिन्न सफल भए भन्ने सवाल प्राज्ञिकजगतमा छँदै छ तर निरन्तरता फेरि त्यसकै छ । त्यस्तै, त्रिवि पदाधिकारी र नेपाल सरकारसँग खराब सम्बन्ध छ । सभाबाट बजेट पास गराउन नसक्नेले थप लगानी त्रिविमा कहाँबाट ल्याउने ? आज काठमाडौं विश्वविद्यालयमा बरू अन्तर्राष्ट्रिय प्राज्ञिक बहसहरू हुन्छन् तर त्रिविमा छैन । न परीक्षा प्रणालीमा सुधार छ, न त्रिविको स्वायत्तता नेपाल सरकारको हस्तक्षेपबाट जोगिएको छ । एकातिर त्रिविको सेवा आयोगमा लोकसेवा आयोगको हस्तक्षेप छ भने अर्काेतिर त्रिविका सम्पत्ति नयाँ विश्वविद्यालय खोल्ने नाममा सरकारले वा व्यक्तिहरूले भाडामा लिई भाडा पनि नदिने, खाली पनि नगर्ने गरेर खोसिरहेका छन् । यस्ता थुप्रै अन्य अवस्थाहरू अझै देखिन्छन्, जसमा वर्तमान भीसी बरालका प्रशासन त्रिविमा ‘नेतृत्वविहीन’जस्तो छ, जुन अझ उच्च शिक्षाका लागि निराशाजनक भइरहेको छ । यसको जिम्मा लोकतन्त्रमा कि नियुक्तिदाता दलका प्रधानमन्त्रीले जिम्मेवार भई लिनुप¥यो, कि स्वयं भीसी प्राडा केशरजंग बरालले ।
यस्तो अवस्थामा अन्तर्वार्ताका क्रममा र सार्वजनिक सञ्चारमा बोलेझैं सकारात्मक सुधार दलीय भक्ति त्यागेर निष्पक्ष भई बराल प्रशासनले तत्काल काम थाल्नुप¥यो वा त्रिविलाई निकास दिनुप¥यो, न कि दलगत भर्तीकेन्द्र बनाउने भनेर आमप्राध्यापकमाझ चर्चा र आक्रोश पनि छ । यीह उचित पनि हो किनकि प्रप्रासंघ नेपालका महासचिवले लेटरहेडमा नै सावधिक पदमा भइरहेको यस सत्ताकब्जा अभियानविरुद्ध सच्चिन नत्र परिणाम भोग्न तयार रहन भनिसकेको अवस्था छ ।
(लेखक पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन्)
(Visited 8 times, 1 visits today)