मुलुक यो अवस्थामा पुर्‍याउने को हो ? : RajdhaniDaily.com


राष्ट्रघाती लुटेराका निम्ति लोकतन्त्र नै अवसर बन्यो । जनअभिमत स्वेच्छाचारिताको लाइसेन्स भयो । सुखी सम्भ्रान्तले सीमा नाघ्यो, विलासिता चुलियो । आवागमनमा अघि–पछि लाग्ने लावालस्करले बादशाह शैलीलाई नै बिस्र्याइदियो । राष्ट्रघाती लुटेराको नजरमा नेपाल भूस्वर्ग भइसक्यो । आमनेपाली पनि आफैंजस्तै सम्भ्रान्त बनिसके । मुलुकमा चमत्कारी परिवर्तन ल्यइएकाले नयाँ नेपाल हेर्नलायक बन्यो । पर्यटन व्यवसाय फैलिएर प्रतिव्यक्ति आयमै अभिवृद्धि भयो । नकाबधारी राजनीतिज्ञको जीवनशैली र व्यवहारले यही बताइरहे पनि आमनेपालीका निम्ति भने सत्ता सञ्चालककै बदनियतले लोकतन्त्र अभिशाप बन्न पुगेको छ । यसको दोषी लोकतन्त्र आफैं हो वा लोकतन्त्र सञ्चालक राष्ट्रघाती लुटेरा ? आलेख यही विषयवस्तुमा केन्द्रित छ ।

व्यवस्था आफैंमा सफल हुँदैन । सञ्चालककै कार्यशैली, व्यवहार र सुधारवादी सोचले नै व्यवस्था सफल बनाउँछ । हाम्रो लोकतन्त्र स्वार्थी समूहका निम्ति फलिफाप, जनताका निम्ति अभिशाप कोद्वारा बनाइयो ? भन्ने कुरा सर्वसाधारण नागरिकले नै बताउँदै आएका छन् । जनता नै जानकार भइसकेकाले त्यस्ता राष्ट्रघाती लुटेराको विकल्पको खोजीमा नेपाली जनता सडकमा उत्रिसकेका छन् । यसको पछिल्लो दृष्टान्त गत २५ फागुनमा काठमाडौंमा एकत्रित भएको जनसमूहलाई लिनुपर्छ । सो जनप्रदर्शनलाई सबैले आआफ्नै ढंगले व्याख्या गरे पनि त्यो जनलहर लोकतन्त्रविरुद्धको नभई, सोह्र वर्ष लोकतान्त्रिक शासनमा लुट मचाउने राष्ट्रघाती लुटेराविरुद्धको हो भन्ने स्तम्भकारको मान्यता छ ।

लोकतन्त्र स्थापित गरी लुट मचाएका लुटेराले पहिले यस्तै गीत गाउँथे ः ‘लोकतन्त्र आए हामीले छानेकै जनप्रतिनिधिले जनचाहनाअनुरूपै राज्य सञ्चालन गर्छन् । त्यसपछि सबै जनताको हित र कल्याण हुन्छ । कोही गरिब कोही धनी हुँदैनन्, सबै समान हुन्छन् । जनताका समस्या सबै समाधान भएर जनता सम्भ्रान्त बन्छन् । प्रशासनिक कामकार्यका लागि सिंहदरबारसम्म धाउनु पर्दैन, आआफ्नै गाउँस्तरमा सिंहदरबारबाट हुने कार्य सम्पन्न हुन्छ । देशको विकास र जनताको समृद्धि एकैसाथ आउँछ ८÷१० वर्षमै नयाँ नेपालको निर्माण गरिन्छ ।’ यदि सत्तासीन व्यक्तिमा स्वार्थ र बदनियत थिएन भने लुटेराले गाएको विगतको यही गीत जनताले व्यवहारमै सफल बनेको अनुभूति गर्न पाउँथे ।

दोस्रो जनआन्दोलनको नारा बनेको उल्लिखित गीतबाटै प्रभावित करिब ७० प्रतिशत जनताले नै समर्थन गरेर लोकतन्त्र स्थापित पनि गरे । तर, छद्मभेषी लुटेराले १७ वर्षसम्म लोकतान्त्रिक शासन सञ्चालन गर्दा जनअपेक्षा पूरा गर्नु त परै जाओस् सर्वसाधारण जनतालाई जीवनगुजारासम्म गर्न नसक्ने अवस्थामा पु¥याए । आफू र आफन्तलाई भने सम्भ्रान्तको शिखरमा चढाए । योभन्दा ठूलो धोका र राष्ट्रघात अरू के हुन सक्ला ? लुटाहा प्रवृत्तिलाई संरक्षण गर्ने, लुटेरा समूहकै नेतृत्व गर्ने नाइकेहरू जसले पालोफेरोमा सहमति र समझदारीको भरमा राज्य सञ्चालन गर्दा मुलुकको आर्थिक अवस्था जर्जर बनाए । यो अवस्था सिर्जना गर्ने जिम्मेवार व्यक्ति लोकतन्त्र हाँक्ने कथित दलीय शीर्षस्थ नेताहरू नै हुन् ।

लोकतान्त्रिक सत्तालाई अवसर ठान्ने ठूला तीन दलकै नाइकेको व्यवहार एवं कार्यशैलीसँग असन्तुष्ट दलीय नेता कार्यकर्ता अलगिने क्रम पनि तीव्र रूपमा बढिरहेको छ । स्मरण रहोस्, दोस्रो जनआन्दोलन २०६२÷०६३ मा सक्रिय भई लागेका नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले दलकै औसत ६० प्रतशित नेता–कार्यकर्ता अहिले सक्रिय राजनीतिबाटै अलगिएका छन् । दलीय शीर्षस्थ नेतृत्वले सबै नेता–कार्यकर्तालाई समान नठान्नु यसको प्रमुख कारण थियो । आफन्त, अरौटे–भरौटे र चाकडीदारलाई अंकमाल गर्दै लाभान्वित गराउने अरूलाई पराई ठान्ने नाइकेको व्यवहारले मुलुकमा लुटको राजनीति स्थापित भयो । सिद्धान्त र सेवाको राजनीति गर्ने व्यक्तिलाई यो स्वीकार्य नहुनु स्वाभाविक हो । यसैले उनीहरू सक्रिय राजनीतिबाट अलगिँदै गए । अवसरवादीहरूले भने जुर्मुराउँदै उठ्ने मौका पाए । जनतालाई शोषण गर्न र मुलुक लुट्न पारंगत व्यक्तिहरू भने दलीय शीर्षस्थ नाइकेका प्रिय पात्र बन्दै आए । अहिले त यिनै राष्ट्रघाती लुटेराको सञ्जाल सुसंगठित रूपमै देशव्यापी रूपमा विस्तार भइसकेको छ । गत २५ फागुनको जनजागरण र असन्तुष्टि यसकै विकल्पको खोजी हो ।

राष्ट्रघाती लुटेराका नाइकेले प्रतिस्पर्धात्मक रूपमा मुलुक लुटी अहिले कुन अववस्थाम पु¥याएका छन् ? यस’boutमा विगतमै सार्वजनिक भइसकेको एक तथ्यांकलाई दृष्टान्तका लागि समीक्षात्मक रूपमा यहाँ राखिएको छ हेरौं । मुलुकको जनसंख्या करिब ३ करोड पुगिसकेको सबैमा विदितै छ । जनसंख्याअनुसारको हाम्रो विद्यमान पारिवारिक संख्या करिब ६८ लाख छ । यस तथ्यांकले प्रतिपरिवारको सदस्य संख्या पाँच देखाउँछ । ६८ लाखमध्येका करिब २० लाख परिवार वित्तीय संस्थाका ऋणी छन् । यो तथ्यांकले मुलुकको जनसंख्याको ३२ प्रतिशत गरिबीको रेखामुनि पर्छन् । २० लाख घरपरिवारले वाणिज्य बैंक एवं अन्य वित्तीय संघसंस्थाबाट लिएको ऋणको कुल अंश ५० खर्ब छ । त्यसमध्ये पनि करिब ४५ खर्ब ऋण वाणिज्य बैंकबाट मात्र प्रवाह भएको छ । वाणिज्य बैंकले वितरण गरेको ४५ खर्बमध्ये २३ खर्ब उद्योग व्यावसायी, ठूला व्यापारीसँगै सम्बन्धित छ । सोबाहेकको बाँकी ५ खर्ब वित्तीय संघसंस्था सम्बद्ध ऋण सर्वसाधारण व्यक्तिले लिएका छन् । ३२ प्रतशित सामान्य नागरिकले लिएको ऋण भने २२ खर्ब मात्रै छ । तर, वाणिज्य बैंकबाट प्रवाह भएको ४५ खर्बमध्ये २३ खर्ब वा आधाभन्दा बढी ऋण मात्र सय जना उद्योग व्यावसायी र ठूला व्यापारीले लिएको तथ्यांकले देखाउँछ । अब पाठकमहानुभावहरू नै भन्नुहोस् सहुलियत दरको व्यावसायिक कर्जाबाट कुन समूह लाभान्वित भइरहेको छ ? उद्योगको नाममा लिएको सबहुलियत कर्जा न उद्योगमै प्रयोग भएको छ न गुणस्तरीय उत्पादन नै सरल मूल्यमा उपभोक्तासम्म पु¥याइएको छ । उद्योग व्यावसायीहरूले उद्योगधन्दाको नाममा लिएको यही सहुलियत कर्जा नै सरकारी जग्गा कब्जा गर्न, ठेक्कापट्टा गर्न, आयात निर्यात गर्न र तस्करी गर्नमा प्रयोग गरी दोहोरो फाइदा लिइरहेका छन् । यस्तो हुनुको मुख्य कारण पनि सत्ता सञ्चालक लुटेराका नाइकेको स्वार्थ उद्योगपतिसँग जोडिएरै भएको हो । उद्योगलाई विद्युत् महसुल नलिने प्रधानमन्त्री ओलीको आशयको रहस्य पनि यही नै हो ।

सय जना धनाढ्य उद्योगपति र ठूला व्यापारीले लिएकै सहुलियत कर्जालाई अझै विस्तारित गरी हेर्ने हो भने एउटै व्यक्तिको नाममा ६० अर्बभन्दा बढी ऋण प्रवाह भएको देखिन्छ । यसरी कमसल धितो राखी सस्तो दरमा ऋण लिने अग्रपंक्तिका उद्योग व्यावसायीमा (१) जगदम्बा ग्रुप (२) बुद्ध एयर (३) ज्योति ग्रुप (४) संघाई ग्रुप (५) चौधरी ग्रुप (६) पञ्चकन्या ग्रुप (७) आईएमई समूह (८) अग्नि एयर (९) विशाल ग्रुप (१०) भाटभटेनी ग्रुप (११) गोल्छा ग्रुप (१२) सम्राट ग्रुप (१३) दुगड ग्रुप (१४) लक्ष्मी ग्रुप (१५) मुरारका ग्रुप (१६) लक्की ग्रुप (१७) गोल्यान ग्रुप (१८) ह्याचरी ग्रुप र (१९) यती समूहलगायतका १९ ग्रुप अग्रस्थानमा आउँछन् । यस अतिरिक्त करिब ८० जना ‘ख’ वर्गका उद्योगपति र व्यापारी यो ऋण लिनेमा पर्छन् । सोह्रवर्षे लोकतन्त्र सञ्चालक नाइके नेकपा एमालेका केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादीका, पुष्पकमल दाहालसँग यी १९ ग्रुपका तस्कर नाइकेहरूको अप्राकृतिक साँठगाँठ छ ।

व्यवस्था आफैंमा सफल हुँदैन । सञ्चालककै कार्यशैली, व्यवहार र सुधारवादी सोचले नै व्यवस्था सफल बनाउँछ । हाम्रो लोकतन्त्र स्वार्थी समूहका निम्ति फलिफाप, जनताका निम्ति अभिशाप कोद्वारा बनाइयो ? भन्ने कुरा सर्वसाधारण नागरिकले नै बताउँदै आएका छन्

लाभकै विनिमयको कारण नजरिया व्यापारिक घरानाका कतिपय तस्करलाई नै दलीय शीर्षस्थ नाइकेले लाभको खातिर राजनीतिक उच्च ओहदामा सम्मानित गराउँदै ल्याएको सबैमा अवगतै छ । राष्ट्रमा लुट मच्चाई राज्यलाई परनिर्भर र भिखारी बनाउने, राज्यलाई भ्रष्ट राज्यको बिल्ला भिराउने, अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको छवि बिगार्ने, मित्रराष्ट्रकै विश्वास गुमाउने र देश र देशवासीलाई कंगाल बनाई आफू र आफन्तलाई सम्भ्रान्त बनाउने राष्ट्रघाती लुटेराका प्रमुख नाइकेहरू भनेकै दलीय कथित शीर्षस्थ नेता र कहलिएका उद्योग व्यावसायी र व्यापारीहरू नै हुन् । जसले देश र जनतालाई नै भिखारी बनाएका छन् ।

लोकतन्त्रलाई राष्ट्रघाती लुटेराले अवसर बनाएकै कारण जनमानसमा वितृष्णा उत्पन्न भएको हो । वास्तवमा सिद्धान्ततः लोकतनन्त्र आफैंमा नराम्रो होइन । यसमा चाहे राजावादी होस् वा गणतन्त्रवादी मात्र होइन राजा नै अटाउन सक्छन् । तर यसको लागि सबै राजनीतिकर्मीको मानसिकता निश्कलंक, सुवामुखी हुन आवश्यक छ । अहिले संघीयताअन्तर्गतका संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारमा सामेल हुने व्यक्तिहरूमध्ये करिब ९० प्रतिशत लुट्नकै निम्ति राजनीतिमा लागेका व्यक्ति छन् । औसत १० प्रतिशतले भने वास्तविक जननेताकै भूमिका अपनाउँदै आएका छन् जसले राजनीतिक इज्जत धान्दै छन् । अहिले सडकमा देखिएको मास गतिविधि यिनै ९० प्रतिशत लुटेराविरुद्धकै हो । राष्ट्रघाती लुटेराउपरको जनआक्रोश अहिले चुलिएको छ ।

जनमतलाई स्वेच्छातारिताको औजार ठान्ने प्रभावशाली दलका नाइकेहरू नै अहिले लुटेराहरूका ओस्ताजकै नाइके बनेका छन् । राष्ट्रिय स्तरका तीन चारवटा दलभित्र लुटेराका ओस्ताजहरू त धेरै छन् । ओस्ताजले दलमा मात्र होइन राज्य प्रशासनमै आफ्नो प्रभुत्व स्थापित गरिसकेका छन् । मुख्य ओस्ताजको नाइकेले दिने हुकुमी आदेशलाई सहायक ओस्ताजहरूले दलभित्र र राज्य प्रशासनमा कार्यान्वयन गराउँछन् । तर्क र बहस कसैले गर्न पाउँदैनन् । विमति जनाउनेले कारबाहीमा मात्र होइन पार्टीबाटै निष्कासित हुनुपर्ने अवस्था छ । नेकपा एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली अहिले दलीय ओस्ताजको नाइके मात्र होइन सत्तासीन दल र ओस्ताजहरूमध्येकै मुख्य नाइके मानिन्छन् । नेकपा एमाले पार्टीभित्रका राधिका शाक्य, ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, राजेश बज्राचार्य र सूर्य थापा क्षेत्री सो दलका अन्य ओस्तजहरू हुन् । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, आरजु राणा देउवा, बालकृष्ण खाँडलगायतका कतिपय व्यक्तिको भूमिका दलीय ओस्ताजकै रूपमा छ । यो प्रवृत्ति अधिकांश दलमा विस्तारित भइसकेको छ । यसमध्ये कतिपय दलकै नेता कार्यकर्ता पनि ओस्ताज प्रवृत्तिको विरुद्धमा छन् ।

ओस्ताज नाइकेले पार्टीको संगठनात्मक शृंखला नै आफ्नो कब्जामा लिएका छन् । केन्द्रीय कमिटी, सचिवालय र हाई कमान्ड त देखाउने दाँत मात्र हुन् । उनीहरूको कर्तव्य त ओस्ताज नाइकेको आदेश कार्यान्वयन गर्ने मात्र हो । यो लोकतान्त्रिक दलभित्रकै गैरलोकतान्त्रिक व्यवहारको पराकाष्ठा हो । स्वेच्छाचारी प्रवृत्तिले करिब एक दशकदेखि नै मुलुक आर्थिक मन्दीतिर धकेलिँदै आएको छ । रोजगारी ठप्प नै छ । शिक्षा र स्वास्थ्यको निम्ति छुट्याइने अर्बांै बजेट दुरुपयोग भइरहेको छ । स्तरयुक्त शिक्षाकै निम्ति विद्यार्थी भने बिदेसिन विवश छन् । मुलुकमा सालिन्दा ५ लाख रोजगार उत्पादन हुन्छन् तर त्यसमध्येका करिब २०÷२५ हजारले मात्र रोजगारीको अवसर पाउँछन् । अरू सबैलाई सरकारले नै बिदेसिन बाध्य पार्दै आएको छ । कृषियोग्य फाँटहरू बाँझिएका छन् । श्रमजीवीहरू विदेशिएका छन् । कृषि र उद्योगको अवस्था दयनीय छ । पर्यटन व्यवसाय उकासीन सकेको छैन । आन्तरिक उत्पादन निराशाजनक भएपछि आयात अत्यधिक बढेको छ । व्यापारघाटा तीव्र दरमा वृद्धि भइरहेको छ । शिक्षा स्वास्थ्य र यातायात क्षेत्र धराशायी बनेको छ । प्रभावशाली मानिएका राजनीतिक दलहरू नै शीर्ष नेतृत्वको कारण जनताको नजरबाटै गिर्दै गएका छन् । सीमित धनाढ्य समूहकै राजनीतिमा वर्चस्व भएकाले पुँजी निर्माणबाट आमनागरिकले अलगिनुपर्ने अवस्था छ । राष्ट्रिय पुँजी नै धनाढ्य समूहको कब्जामा परेको माथिको दृष्टान्तले नै प्रमाणित गर्छ ।

राज्य सञ्चालक राष्ट्रघाती लुटेराले समाजवाद, आर्थिक तथा सामाजिक न्यायका ’boutमा दिने भ्रामक वक्तव्य जनताकै निम्ति घातक बन्दै छ । भ्रामक वक्तव्यले दलीय नाइकेलाई आफैं जनताबाट नंग्याएको छ । राष्ट्रघाती लुटेराले लगाउने नारा उनीहरूकै परिवार, सहयोगी, आसोपासे र खेताला, दलाल र कार्यकर्ताकै निम्ति मिल्दो छ तर यसलाई सर्वसाधारण जनतासम्म पुग्नै दिइएको छैन । प्रभावशाली दलकै ओस्ताजका नाइकेहरू क्रमशः केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो समयमा भइरहेको सार्वजनिक संस्थाको विनाशमा उद्यत देखिएका छन् । एकातिर मुलुकमा लुटेराका नाइकेले आर्थिक प्रदूषण फैलाइरहेका छन् भने अर्कोतिर नेपाल वायु प्रदूषणमा विश्वकै अति प्रदूषित सातौं मुलुक र राजनधानी काठमाडौं आठौं प्रदूषित राजधानी बनेको छ । जनता भने राजनेता र प्रकृति प्रदूषणले उकुसमुकुस जीवन गुजारा गर्न विवश छन् ।

राष्ट्रघाती लुटेराकै भरौटेको समाजमा बाहुल्य छ । लोकतन्त्रमा जन्मिएका नवसामन्तले राज्य प्रशासन नै पकडमा पार्दा जनताले जनप्रशासन र न्यायकै अनुभूति गर्न पाएका छैनन् । विकास निर्माणमा हुने कमीसनखोरीले योजना परियोजना लथालिंग छन् । निर्माणको दायित्व लिने कम्पनी र ठेकेदारले राज्य सञ्चालकलाई खरिद गरी निश्चिन्त बस्छन् । समयमै निर्माण सम्पन्न किन भएन ? प्रधानमन्त्री नै औंल्याउन सक्दैनन् । जनताले भने सधैं सास्ती भोगिरहेका छन् । ठूला योजना, परियोजना र महत्वपूर्ण राष्ट्रिय प्रतिष्ठान आफैं सञ्चालन गर्ने हिम्मत सत्तासीन व्यक्तिमा छैन । यस्ता राष्ट्रिय सम्पत्ति विनास गर्ने क्रम बढिरहेको छ । सार्वजनिक सरकारी जग्गा सबै लुटेराले कब्जा गरिसकेका छन् । समानुपातिक विकास निर्माण राष्ट्रघाती लुटेराकै नारामा सीमित छ । पछिल्लो एक दशकमै मात्र वैदेशिक ऋण चार गुणाले बढेको छ । तर मुलुक भने भिखारी भइरहेको छ । मुलुक यो अवस्थामा पु¥याउने लोकतान्त्रिक शासक अरू कोही नभए केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड) नै भएको जनप्रतिक्रिया पनि उनीहरूले सुनेकै छन् । जनताबाट मात्र होइन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीकै नेता कार्यकर्ताबाट आइरहेको यो टिप्पणी यदि गलत भए वर्तमान एवं पूर्वसम्माननीय प्रधानमन्त्री तीनै जनाले सामूहिक रूपमै बताइदिनुहोस् मुलुकलाई यो अवस्थामा पु-याउने को हो ?

(Visited 15 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School