प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार

अमेरिकी वायुसेना बी-१ ल्यान्सर बमवर्षक विमान । तस्वीर : जस्टिन ट्यालिस/एएफपी-रासस
अमेरिकी–इजरायली युद्धको सुरुवातदेखि पोर्चुगलले अब्जोर्सस्थित लाजेस हवाई अड्डामा अमेरिकी विमानहरूको ७६ पटक अवतरण र आफ्नो क्षेत्रफलमा २५ पटक हवाई उडानको अनुमति दिएको छ। तर, नागरिक पूर्वाधारमा बम बारी गर्ने उद्देश्यले विमान प्रयोग गर्न नपाइने स्पष्ट सर्त राखिएको छ ।
पोर्चुगलका विदेश मन्त्री पाउलो रांजलले संसदीय सुनुवाइमा अमेरिकी पक्षले यो सर्त पालना गरेको र यो नेटो मित्र राष्ट्रबीचको “वफादार सहयोग” को भावना अनुसार भएको स्पष्ट पारेका छन् । तर, केही अवसरमा अमेरिकी विमानको अवतरण अस्वीकृत गरिएको पनि उनले उल्लेख गरे।
यस्तै, स्पेन, फ्रान्स, इटाली, अस्ट्रिया र स्विजरल्याण्डले इरान युद्धसँग सम्बन्धित अमेरिकी सैन्य विमानहरूको आफ्नो हवाई क्षेत्र वा आधार प्रयोगमा सीमा लगाएका वा अस्वीकृत गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई मङ्गलवार वासिङ्टन समय अनुसार बेलुका ८ बजे (तेहरान समय अनुसार बुधवार बिहान ३ः३०) सम्म गल्फ तेलमा गरेको नाकाबन्दी अन्त्य गर्न आदेश दिएका छन्। यदि इरानले आदेशको पालना नगरेको खण्डमा अमेरिकाले इरानका सबै पुल र विद्युत् गृहहरू नष्ट गर्ने धम्की दिएको छ।
रांजलले भने, “हामी कुनै पनि नागरिक पूर्वाधारमा आक्रमणको पक्षमा छैनौं र यसलाई लाजेस हवाई अड्डा प्रयोगको सर्त बनाएका छौं। लिस्बनले अमेरिकी–प्रतिक्रिया आवश्यक र अनुपातिक भएको खण्डमा, अमेरिकामा आक्रमण भएमा सैन्य कार्यका लागि आधार प्रयोग गर्न अनुमति दिन्छ । तर, यसले नागरिकलाई लक्षित गर्नु हुँदैन।”
उनले थपे, “पोर्चुगल सरकारले सधैँ यसलाई पारदर्शी रूपमा व्यवस्थापन गरेको छ। हामी अनुमति दिने बेला र अमेरिकी विमानहरूको उडानको बेला स्पष्ट जानकारी दिन्छौँ, अन्य (युरोपेली) सरकारहरूले आफैँले उचित ठाने अनुसार गर्छन्।” रांजलले पोर्चुगल इरान सङ्कटको कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्याए ।