माओवादी आन्दोलनको एकता र पुनर्गठनको औचित्य

माओवादी आन्दोलनको एकता र पुनर्गठनको औचित्य


पूर्व माओवादी धारहरूमा यो बेला एकताको चर्चा चुलिएको छ। यो विषयले नेपाली सञ्चारमाध्यममा पनि राम्रो स्थान पाइरहेको छ। नेपालको राजनीतिक वृत्तमा माओवादी घटकहरूको पुनर्मिलन र एकताको मुद्दाले सबैको ध्यान केन्द्रित गर्ने कुरा पनि स्वाभाविकै छ। बरु एकताबद्ध माओवादी आन्दोलनको जति बहस हुने गरेको छ, त्यति नै आन्दोलनको पुनर्गठनको बहस भने छायामा परेको जस्तो देखिएको छ। पार्टीहरू आफैँमा एकताबद्ध हुने कुरा, मिल्ने कुरा, सहकार्य गर्ने कुरा राजनीति भित्रका सुन्दर पक्ष नै हुन्। यो आलेखमा एकताबद्ध माओवादी आन्दोलन र पुनर्गठनको आधारहरूबारे केही विषय उठान गर्न खोजेको छु। 

ऐतिहासिक विरासत

विभिन्न भँगालोमा विभाजित अहिलेका पूर्वमाओवादी मूलतः पुष्पलाल हुँदै मोहनविक्रम नेतृत्वको चौथो महाधिवेशन स्कुलिङका उत्पादन हुन् । ऐतिहासिक विरासत(लिगेसी)को कुरा गर्दा बहुसङ्ख्यक घटकसँग पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएको अनुभव छ । यी घटकहरू कुनै न कुनै कालखण्डमा भावना, विचार र सहकार्यका साथ एउटै मोर्चामा थिए । यी घटकको सबैभन्दा ठुलो समानता भनेको जनयुद्धको लिगेसी बोकेको कम्युनिस्ट पार्टी हुनु नै हो।

अहिले संविधानमा लिपिबद्ध गणतन्त्र, धर्म निरपेक्षता, समावेशी–समानुपातिक प्रणाली, सङ्घीयता जस्ता विषय सबै माओवादी घटकका साझा उपलब्धि हुन् । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना माओवादी आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि हो ।

साझा उपलब्धि

दीर्घकालीन जनयुद्धको कार्यदिशामार्फत नेपालमा १० वर्षसम्मको सशस्त्र सङ्घर्ष, ठुलठुला बलिदानको कीर्तिमान, हजारौँ सहिद तथा बेपत्ताहरूको त्यागमा जनआन्दोलन हुँदै अहिले संविधानमा लिपिबद्ध गणतन्त्र, धर्म निरपेक्षता, समावेशी–समानुपातिक प्रणाली, सङ्घीयता जस्ता विषय सबै माओवादी घटकका साझा उपलब्धि हुन् । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना माओवादी आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि हो । जसको स्वामित्व सबैले ग्रहण गरेका छन् ।

साझा गन्तव्य

सबै पूर्वमाओवादीहरूको सम्मेलन, महाधिवेशन वा केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदनहरू अध्ययन गर्दा सबैको गन्तव्य साझा छ । सबै वैज्ञानिक समाजवादमा जान तयार देखिन्छन् । नेपालको सन्दर्भमा कस्तो समाजवादी कार्यक्रम अपनाउने भन्ने सन्दर्भमा पनि भौगोलिक र सामाजिक विशिष्टताको आधारमा मौलिक समाजवाद (नेपाली विशेषताको समाजवाद)को बारेमा त्यति धेरै विमति देखिँदैन । केही कार्यनीतिक विषयबाहेक समाजवादमा जाने कुरामा माओवादी घटकहरूको स्वर एउटै सुनिन्छ । साझा गन्तव्य एकताको सबैभन्दा बलियो आधार हो ।

कार्यदिशाको प्रश्न

लक्ष्य, गन्तव्यमा पुग्न अपनाउने माध्यम वा हिँड्ने बाटो कार्यदिशा हो । माओवादीहरू मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलन नै कार्यदिशाका कारण विभाजित हुने गरेको छ । माओवादी आन्दोलनको कुरा गर्दा दीर्घकालीन जनयुद्धको कार्यदिशामा असहमति राख्दै नारायणकाजी श्रेष्ठहरू जनयुद्धमा सहभागी भएनन् । पहिलो संविधानसभाको विघटनपछि कार्यदिशाको बेमेलकै कारण माओवादीमा सबैभन्दा ठुलो विभाजन देखा पर्‍यो । केही कार्यनीतिक असमझदारीका कारण पनि आन्दोलनले क्षति बेहोरिरहेको छ । तर तत्कालीन कार्यनीति र कार्यदिशामा सहमति हुनेहरूले एउटै मोर्चाबाट अगाडि जानुको विकल्प छैन । शान्तिपूर्ण, जुझारु र सशक्त संघर्ष तथा प्रतिस्पर्धाबाट पनि सामाजिक रूपान्तरणको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ, भन्नेमा मत मिल्नेहरूको एकता जरुरी छ । एउटै यात्रा गर्न तयार हुनेहरूको मिलन हुने कुरा अनिवार्य छ ।

संसदीय प्रणालीप्रतिको दृष्टिकोण

प्रायः सबै पूर्वमाओवादीहरू नेपालको राजनीतिक अस्थिरता र सङ्क्रमणको मूल कारणमध्ये संसदीय प्रणालीलाई पनि एक प्रमुख कारण मान्ने गर्दछन् । संसदीय प्रणालीको स्थानमा कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने सबैको साझा मत रहँदै आएको छ । जुन कुरा २०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभामा प्रतिस्पर्धा गर्दै गर्दा पार्टी घोषणापत्रमा पनि लेखिएको पाइन्छ । 

तर आफ्नो बस्तुगत स्थिति र देशको राजनीतिक शक्ति सन्तुलनका कारण संसदीय प्रणालीलाई तत्काल विस्थापित गर्न सक्ने वातावरण नभएपछि कसरी बुझ्ने भन्ने सन्दर्भमा विमति आएपछि आजको परिस्थितिको सृजना भएको हो । संसद् वा निर्वाचनलाई एउटा जन पक्षीय संघर्षको मोर्चाको रूपमा उपयोग गर्दै तत्कालका लागि अगाडि जाने विषयमा साझा धारणा राख्नेहरूको सहकार्य हुन जरुरी छ । निर्वाचन उपयोग गर्ने कुनै पनि माओवादी घटक एक्ला एक्लै उपयोगको कार्यनीति लिनुभन्दा साझा मोर्चामार्फत प्रस्तुत हुनु नै मनासिब र वस्तुसंगत देखिन्छ ।

साङ्गठनिक प्रणाली

जनयुद्धको तयारी, जनयुद्धको समय र त्यसपछि आजसम्मको माओवादी आन्दोलनको साङ्गठनिक प्रणाली भनेको राजनीतिक फौजी मानसिकतामा आधारित नेतृत्व केन्द्रित प्रणाली हो । आज सबै घटकहरूमा नेतृत्वलाई नै प्रधान रूपमा स्थापित गरिएको छ । पार्टी एकता भनेको विचारमा एकता, भावनामा एकता, सङ्गठनमा एकता र कार्यक्रममा एकता हो । सहकार्य र सह–अस्तित्वमा नै एकताको आत्मा लुकेको हुन्छ । साङ्गठनिक व्यवस्थापनको जटिलताको कारण आन्दोलनको मर्मलाई मर्न दिनु हुँदैन भन्ने मान्यता स्थापित गर्न सबै घटक तयार हुनुपर्ने ऐतिहासिक आवश्यकता बनेको छ। तसर्थ सङ्गठनमा आवधिक नेतृत्व, पुस्ता समायोजन, सहकार्य र प्रतिस्पर्धा, क्षमता अनुसारको भूमिका र तथ्यको आधारमा सत्य पत्ता लगाउने मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा अवलम्बन गर्न जरुरी देखिन्छ । विधिको विकासद्वारा सङ्गठनमा पर्ने गरेका गाँठाहरू फुकाउँदै उत्तराधिकारी निर्माणमा जानुको विकल्प देखिँदैन ।

इतिहासको समीक्षा

माओवादी घटकहरूले जनयुद्धदेखि गणतन्त्र र गणतन्त्रदेखि आजसम्मको आफ्नो आन्दोलनको निर्मम होइन मैत्रीपूर्ण समीक्षा गर्नुपर्छ । सबैका आ–आफ्ना भोगाइ, अनुभव र सकारात्मक तथा नकारात्मक शिक्षा छन् । तीनलाई पुँजीकृत गर्ने वातावरण तयार गर्नु आवश्यक छ । यसले एकताबद्ध आन्दोलन निर्माण गर्ने र बहसलाई परिणाममा रूपान्तरण गर्न बल पुर्‍याउँदछ । अबको समीक्षा सम्बन्धमा दरार ल्याउने भन्दा पनि असमझदारीहरू घटाउने र नयाँ सम्भावनाको खाजी गर्ने खालको हुनुपर्दछ ।

नीति निर्देशक सिद्धान्त

सबै माओवादी घटकहरूको नीति निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद वा माओ विचारधारा नै हो । तर यसलाई बुझ्ने, व्याख्या गर्ने र लागु गर्ने सवालमा एकरूपता भने पाइँदैन । बल प्रयोग, वर्ग सङ्घर्ष, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद र समाजवाद कम्युनिस्ट आन्दोलनको आत्मा हो । तर यी विषयलाई जडतामा बुझेर विकास गर्न खोजिएन भने समस्या पैदा हुन्छ । मार्क्सवादको विकास र रक्षाको प्रश्न आजको कम्युनिस्ट आन्दोलनको प्रमुख विषय बनेर आएको छ । ऐतिहासिक आवश्यकताले कुनै समयमा स्थापित सबै मूल्यमान्यताले सधैँभरि उही तरिकाले काम गर्न नसक्ने भएकाले सबै माओवादी धारहरूले सैद्धान्तिक प्रष्टतासहित विचारको विकासलाई नयाँ उचाइमा उठाउन जरुरी भएको छ ।

वर्तमान विश्वमा विशुद्ध पुँजीवाद वा विशुद्ध शास्त्रीय समाजवाद भेट्न गाह्रो बन्न पुगेको छ । पुँजीवादीहरू ‘सर्भाइभल अफ द फिटेस्ट’ को मान्यताबाट ‘वेल्फर स्टेट’ (केही नहुनेहरूको पनि राज्य छ भन्ने मान्यता) सामाजिक न्यायको मान्यतामा आइसकेको र समाजवादीहरू पनि मिश्रित अर्थतन्त्र हुँदै प्रतिस्पर्धात्मक एकीकृत स्वामित्वमा आएको तथ्य आज लुकाएर लुक्ने स्थिति छैन ।

अन्तर्राष्ट्रिय शक्ति सन्तुलन सम्बन्धी बुझाइ

विगतको माओवादी आन्दोलनमा रुस, चीनलाई कसरी बुझ्ने वा भारत, अमेरिकालाई कसरी हेर्ने भन्ने सन्दर्भमा पनि ठुलठुला मतभेद रहेको पाइन्छ । वर्तमान विश्वमा विशुद्ध पुँजीवाद वा विशुद्ध शास्त्रीय समाजवाद भेट्न गाह्रो बन्न पुगेको छ । पुँजीवादीहरू ‘सर्भाइभल अफ द फिटेस्ट’ को मान्यताबाट ‘वेल्फर स्टेट’ (केही नहुनेहरूको पनि राज्य छ भन्ने मान्यता) सामाजिक न्यायको मान्यतामा आइसकेको र समाजवादीहरू पनि मिश्रित अर्थतन्त्र हुँदै प्रतिस्पर्धात्मक एकीकृत स्वामित्वमा आएको तथ्य आज लुकाएर लुक्ने स्थिति छैन । तसर्थ पुँजीवाद या समाजवाद विश्व प्रतिस्पर्धाका वैचारिक आधारहरू भए पनि आजका शक्ति राष्ट्रहरू आफ्ना आर्थिक, सैन्य, भूगोल, प्रविधि र कूटनीतिलाई कसरी अन्तर्राष्ट्रिय मान्यता दिलाउने र प्रभुत्व कायम राख्ने भन्ने ध्याउन्नमा अगाडि बढेको छ भन्ने कुरामा हेक्का राख्नु पर्दछ । भौगोलिक अखण्डता, सार्वभौमिकता, सन्तुलित कूटनीतिक सम्बन्ध, पञ्चशीलको सिद्धान्त जस्ता मान्यताहरूको आधारमा राष्ट्रिय स्वार्थलाई प्रवर्द्धन गर्ने कुरामा एउटै मत बनाउन जरुरी हुन्छ ।

ऐतिहासिक आवश्यकता

आजको वर्तमान परिस्थिति र आवश्यकताले पनि सबै बाम दललाई एकै ठाउँमा उभिनु जरुरी रहेको देखाएका छ । त्यसैमाथि समान पृष्ठभूमि, समान भावना, समान उद्देश्य भएकाहरू एक ठाउँ आउनुको विकल्प छैन । विभिन्न धारमा विभाजित माओवादी आन्दोलनले दशकभन्दा बढी समय छुट्टाछुट्टै यात्रा गरिसक्दा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकिरहेको छैन । बरु निरन्तर शक्ति क्षयीकरण भइरहेको छ । संसदीय मोर्चा र सडकको मोर्चाबाट छुट्टाछुट्टै हिँड्दा आन्दोलनले गति लिन सकेन । तसर्थ सडक, सदन र सरकारको उपयुक्त संयोजनको आवश्यकता माओवादी आन्दोलनले महसुस गरेको छ ।

जो जतासुकै होस्, देशी–विदेशी चलखेलद्वारा पूर्वमाओवादीहरूमाथि घेराबन्दी गर्ने प्रयत्न भइरहेकै छ । जनयुद्ध कालीन मुद्दाको विषय होस् वा अरू कुनै राजनीतिक मुद्दाहरूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर माओवादी नेतृत्व र आन्दोलनप्रति प्रहार गर्ने कार्यहरू आज पनि जारी छ । आन्दोलन विभाजन भएपछि मनोविज्ञान विभाजन हुन्छ । मनोविज्ञान विभाजन भएपछि प्रतिरोध क्षमतामा ह्रास आउँछ । प्रतिरोध क्षमता नै कमजोर भएपछि विरोधीहरूले प्रहार गरी नै हाल्छन् । त्यसैले साझा उपलब्धि रक्षाको लागि, आउँदै गरेको महासङ्कटको सामनाको लागि पनि समयले माओवादी घटकहरूलाई अनिवार्य एक ठाउँमा ल्याउँदै छ ।

‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ । जसले माओवादीको नयाँ ब्राण्डिङ् र साझा पहिचान कायम गरोस् ।

आन्दोलन पुनर्गठनको प्रश्न

अब कुनै पनि माओवादी धारलाई इतिहासको गीत गाएर मात्र ब्याज खाने सुविधा छैन । इतिहासमा गरेका योगदान र खेलेको भूमिकाको कारण देश र आन्दोलन यो स्थितिमा आइपुगेको अब कसैले अस्वीकार गर्न सक्दैन । तर आजको पुस्ताको नेतृत्व गर्ने नीति, नेतृत्व र सङ्गठन कसरी निर्माण गर्ने भन्ने विषय नै आन्दोलनको पुनर्गठनको चुनौतीको विषय हो । एकताको बहस चलिरहँदा पुनर्गठनको विषय ओझेलमा पर्नु हुँदैन । जति आज माओवादीहरूको एकताको आवश्यकता छ, त्यो भन्दा बढी आवश्यकता आन्दोलनमा प्राण भर्ने पुनर्गठनको छ । यसले विचारमा, सङ्गठनमा, कार्यक्रममा, नारामा नयाँपनको माग गर्दछ । ‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी दाह्राहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ । जसले माओवादीको नयाँ ब्राण्डिङ् र साझा पहिचान कायम गरोस् ।

माओवादी आन्दोलन अस्तित्व रक्षाको संकटमा अझै पुगिसकेको छैन । बरु यो छिन्नभिन्न भएको छ । सायद आज माओवादी नपुगेको कुनै देश छैन, माओवादी नभएको कुनै गाउँ वा सहर छैन । यहाँ समस्या एकीकृत आन्दोलन निर्माण गर्ने कुरामा देखिएको छ । यसलाई नयाँ आधारमा नयाँ एकता कायम गरेर नयाँ उचाइ दिन सकियो भने यो भरभराउँदो हुनेछ । कम्युनिस्ट आन्दोलनमा नै नयाँ उत्साह पैदा हुनेछ र नयाँ एकीकृत बाम आन्दोलनको आधार तयार हुनेछ ।

लेखक गुरुङ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य हुन् ।  

प्रकाशित: २८ कार्तिक २०८१ १३:१२ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School