मध्ये चैतमा पनि हिउँदमा झैँ वर्षा, कहिले झुल्किन्छ घाम ?


यस वर्ष मध्ये चैतमा पनि हिउँदे वर्षा झैँ हल्का वर्षा र मध्यम वर्षा भइरहेको छ। यसबाट चैत महिनामा पनि हिउँदमा झैँ चिसो छ।

मौसमविद्हरूका अनुसार यो प्रि मनसुनको समय हो। तर प्रि मनसुनमा हुने वर्षाका सङ्केत यसपटक त्यति देखिएको छैन। प्रि मनसुनमा मेघ गर्जन, चट्याङ र हावा हुरी आउने गर्छ। तर  यसपटक हल्का वर्षा र मध्यम वर्षा मात्र भइरहेको छ।मेघ गर्जन, चट्याङ र हावा हुरी त्यति देखिएको छैन।

मौसमविद्हरूका अनुसार प्रि मनसुनमा बिहान घाम लाग्ने, दिउँसो बदली सुरु हुने, साँझ पख चट्याङ, हावा हुरी र हल्का वर्षा हुने गर्छ। तर यसपालि बिहानै हल्का तथा मध्यम वर्षा हुने र दिउँसोभरि बदली लाग्ने क्रम चलिरहेको छ। यस्तो हुँदा हुँदै पनि यसपालि भइरहेको हल्का तथा मध्यम वर्षा प्रि मनसुन मानिएको मौसमविद्हरूको भनाइ छ।

‘अहिलेको वर्षालाई हिउँदे वर्षा भन्न मिल्दैन। प्रि मनसुन नै भन्नुपर्छ। यद्यपि, यसपालि साँझ पख मेघ, गर्जन, चट्याङ र हावाहुरी देखिएन। तराईका थोरै ठाउँमा हल्का हावाहुरी आएको समाचार पाएका हौ’, वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नागरिकन्यूजसँग भनिन्।

उनका अनुसार आगामी शनिबार रातीसम्म यही अवस्था रहन्छ। आइतबार बिहानबाट पनि त्यति ठुलो परिवर्तन हुँदैन। आइतबार पछि पनि बदली लाग्ने सम्भावना रहिरहने उनको भनाइ छ।

मानन्धरका अनुसार स्थानीय बायु र पश्चिमी बायुको मिश्रित प्रणालीका कारण कोसी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा विगत केही दिनदेखि हल्का, मध्यम वर्षा तथा बदली भइरहेको छ।

‘स्थानीय बायु र पश्चिमी बायुको मिश्रित प्रभावको कारण अहिले उच्च चाप र न्यून चापीय क्षेत्र निर्माण भइरहेको छ’, उनले भनिन,‘जसबाट हल्का तथा मध्यम वर्षा भइरहेको छ।’

हल्का तथा मध्यम वर्षा तथा बदली भइरहेकोले यसपालि मध्य चैतमा पनि चिसो बढेको मौसमविद्हरूको भनाइ छ। उनीहरूका अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरी जाडो महिना हुन। यसैगरी मार्च, अप्रिल र मे महिना प्रि मनसुन तथा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिना सक्रिय मनसुन र अक्टोबर र नोभेम्बर महिनालाई मौसमवादहरूले पोस्ट मनसुन मान्ने गरेका छन्।

पूर्वानुमान महाशाखाका अनुसार यसपालि हिउँदे वर्षा केही ढिलो भएको छ। हिउँदे याम सकिनु भन्दा एक दिन फागुन १४ सम्म पनि काठमाडौँ लगायत केही ठाउँमा हिउँदे वर्षाको मापन गरिएको थियो।

मौसमविद्हरूका अनुसार यस वर्ष चिसो पनि पोहर सालको तुलनामा २०/२१ दिन पर सरेको छ। गत वर्ष सबैभन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबैभन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८ मा मापन गरिएको छ। जनवरी २८ मा चिसो २ दशमलव १ डिग्री पुगेको थियो।

पोहरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा बायु मण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको मौसमवादहरूको भनाइ छ।

वातावरणविद्हरूका अनुसार हिउँदे वर्षाले प्रदूषण घटाइ वातावरण सन्तुलन गर्न ठुलो मद्दत पुर्‍याउँछ। त्यसमा पनि काठमाडौँ जस्तो प्रदूषण भएको ठाउँमा वर्षा आवश्यक भएको वातावरणवीद्हरूको भनाइ छ।

चिसो याममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्।

प्रकाशित: १५ चैत्र २०८० १७:३८ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School